Answers On/OffJS required
Group A
- Q.समूह 'क' मा दिइएका शब्दको अर्थ समूह 'ख' बाट पहिचान गरी जोडा मिलाउनुहोस् :
समूह 'क' (शब्द) समूह 'ख' (अर्थ) आँत तयार विलक्षण अविवेकी पामर लहराले बनेको उद्यत अठोट असाधारण अन्तःकरण A.समूह 'क' (शब्द) समूह 'ख' (अर्थ) आँत अन्तःकरण विलक्षण असाधारण पामर अविवेकी उद्यत अठोट - Q.२. दिइएको अनुच्छेदबाट उपयुक्त शब्द पहिचान गरी खाली ठाउँ भर्नुहोस् :प्राकृतिक साधन र प्राकृतिक देन नै सम्पदा हो । नेपाल प्राकृतिक सम्पदाका दृष्टिले अत्यन्त समृद्ध राष्ट्र हो । नेपालको शिरमा अटल बनेर उभिएका हिमशृङ्खला, गर्भ र छातीमा बग्ने अनन्त जलप्रवाह खनिजको भण्डार, देशलाई सदैव सौन्दर्यको उचाइमा पुऱ्याउने तथा अर्थको स्रोत जुटाउने वनजङ्गल, वन्यजन्तु नै नेपालका प्राकृतिक सम्पदा हुन् । यिनको समुचित सदुपयोगबाट नै नेपाललाई समुन्नत र वैभवशाली बनाउन सकिन्छ ।क. 'ऐश्वर्य' को पर्यायवाची शब्द .....हो ।ख. समूहवाची शब्द .....हो ।ग. 'कङ्गाल' को विपरीतार्थी शब्द .....हो ।घ. अनेकार्थी शब्द ......हो ।A.क. 'ऐश्वर्य' को पर्यायवाची शब्द वैभव हो ।ख. समूहवाची शब्द हिमशृङ्खला हो ।ग. 'कङ्गाल' को विपरीतार्थी शब्द समृद्ध हो ।घ. अनेकार्थी शब्द वन हो ।
- Q.३. दिइएको अनुच्छेदबाट एउटा उखान र एउटा अनुकरणात्मक शब्द पहिचान गरी तिनलाई आफ्नै मौलिक वाक्यमा प्रयोग गर्नुहोस् :आलु खाएर पेडाको धाक लगाउने साथीहरूको मेख मार्दै मेहनती शारदाले परीक्षामा प्राप्त गरेको सफलताबाट उसका अभिभावक खुसीले गद्गद् भए । अकबरी सुनलाई कसी लगाउनु पर्दैन भन्दै मेधाबी विद्यार्थी शारदाले सबैको नाक राखेकामा आफूलाई धेरै खुसी लागेको कुरा उनका शिक्षकले मुसुमुसु हाँस्दै सबैलाई बताए ।A.उखान : नाक राख्नुवाक्य : रमेशले खेलमा जितेर परिवारको नाक राख्यो ।अनुकरणात्मक शब्द : मुसुमुसुवाक्य : उसले गल्ती गर्दा आमा मुसुमुसु हाँस्नुभयो ।
- Q.४. दिइएका प्रश्नको उत्तर दिनुहोस् :क. दिइएका शब्द समूहबाट शुद्ध शब्द छानी लेख्नुहोस् :अ. संक्षिप्त, सन्क्षिप्त, सङ्क्षिप्त, सम्क्षिप्तआ. शास्वत, शाश्वत, साश्वत, शाष्वतख. दिइएको वाक्यलाई शुद्ध पारी लेख्नुहोस्ःकसैलाई कर्जा दिनु तिनी आफ्नो सिद्धान्तको विरूद्ध ठान्थे तिनका मतअनुसार कर्जामा गएको रूपियाँ आफु आउँदा झगाडाबोकी ल्याऊँछ ।A.सङ्क्षिप्तशाश्वतकसैलाई कर्जा दिनु तिनी आफ्नो सिद्धान्तको विरुद्ध ठान्थे । तिनका मत अनुसार कर्जामा गएको रुपियाँ आफैं आउँदा झगडाबोकी ल्याउँछ ।
- Q.५. दिइएको अनुच्छेदमा रेखाङ्कन गरिएका शब्दवर्ग पहिचान गर्नुहोस् :गरिबले वनभोज खान पाउँदैनन् । धनीहरूले वनभोज खान पुग्ने पैसाले गरिब मानिसको घरखर्च नै चल्छ । उनीहरूका बारेमा गम्भीर भएर समाजमा रहेका धनी व्यक्तिहरूले सोचिदिने हो भने गरिबी अन्त्य गर्न सरकारलाई पनि निकै सजिलो हुन्थ्यो नि !A.गरिब → संज्ञाउनीहरू → सर्वनामभएर → अव्ययहो → क्रियाधनी → संज्ञानि → निपात
- Q.६. दिइएका प्रश्नको उत्तर दिनुहोस् :क. दिइएको अनुच्छेदबाट दुईओटा उपसर्ग व्युत्पन्न र दुईओटा प्रत्यय व्युत्पन्न शब्द पहिचान गरी तिनको निर्माण प्रक्रियासमेत लेख्नुहोस् :उसले दर्शक बनेर घुम्तीमा साइकलवालाले पैसा खसालेको हेरिरहेको थियो । एउटा मोटो मान्छे गाउँले भेषमा निराश पारामा हिँड्दै आयो । त्यो मान्छेले निश्चय नै पैसा टिप्छ भन्ने सोच्दै उसले निकै उत्सुक भएर बाटतमै हेरिरह्यो । त्यो मान्छेले पैसा देखेर पनि बेवास्ता गरेर हिँडेपछि ऊ अचम्मित भयो ।ख. दिइएको अनुच्छेदबाट एउटा समस्त शब्द पहिचान गरी विग्रह गर्नुहोस्, एउटा विग्रह पदावली पहिचान गरी समस्त शब्द बनाउनुहोस् र द्वित्व भएर बनेका दुईओटा शब्द पहिचान गरी निर्माण प्रक्रियासमेत देखाउनुहोस् :बाँसघारीमा पहिलेपहिले निकै डाङ्ग्रे कराउँथे । बाटामास्तिर मकैबारीमा पनि दुम्सी आउँथ्यो । भान्दाइ दुम्सी लखेट्न टिन ठटाएर बस्नुहुन्थ्यो । दुई ओटा मुख भएको थैलीमा लुकाएर ल्याएको ससाना सिक्का पैसा दिएर मलाई मिठाई र बिस्कुट किन्न पठाउनुहुन्थ्यो । म सरासर पसलमा गएर माइलाबासँग लुक्दै कुनाकुनै मकैबारीमा पुग्थें ।A.उपसर्ग व्युत्पन्न :बेवास्ता (बे + वास्ता), निश्चय (नि + श्चय)प्रत्यय व्युत्पन्न :उत्सुक (उत्सु + क), निर्माण (निर्मा + ण)समस्त शब्द :बाँसघारी विग्रह : बाँसको घारीविग्रह पदावली : दुई ओटा मुख भएको थैलीसमस्त : द्विमुखी थैलीद्वित्व भएर बनेका शब्द :पहिलेपहिले (पहिले + पहिले)सरासर (सर + सर)
- Q.७. तलको अनुच्छेदलाई अपूर्ण भविष्यत् कालमा परिवर्तन गरी लेख्नुहोस् :इन्जिनियर बनेकाहरू विदेशबाट फर्किए । डाक्टरहरू उता जान छोडे । यो देशलाई माया गर्ने किसान भने कहिल्यै बाहिर गएनन् । शिक्षक भने सधैं देशमै बसे ।A.इन्जिनियर बनेकाहरू विदेशबाट फर्किँदा हुने थिए । डाक्टरहरू उता जान छोड्ने थिए । यो देशलाई माया गर्ने किसान भने कहिल्यै बाहिर नजाने थिए । शिक्षक भने सधैं देशमै बस्ने थिए ।
- Q.८. कुनै एक प्रश्नको उत्तर दिनुहोस् :क. सङ्केतार्थकका फरक फरक क्रियापद प्रयोग गरी जलवायु परिवर्तनबारे चार वाक्यमा वर्णन गर्नुहोस् ।ख. दिइएका वाक्यलाई लिङ्ग परिवर्तन गरी पुनर्लेखन गर्नुहोस् :तँ असाध्यै मेहनत गर्छस् । त्यसले पनि मेहनत त गरेको नै हो । त्यसले किन राम्रो परिणाम ल्याउन सकेन ? तिनी पनि पहिले त असफल नै भएका हुन् नि पछि सफल भए क्यारे !A.
- जलवायु परिवर्तनले प्राकृतिक सन्तुलन बिगार्छ ।
- यसले खेतीपातीमा असर पुर्याउँछ ।
- जलवायु परिवर्तनले जनजीवन कठिन बनाउँछ ।
- यसबाट अनेकौँ समस्या जन्मिन्छ ।
तँ असाध्यै मेहनत गर्छेस् । उसले पनि मेहनत त गरेकी नै हो । उसले किन राम्रो परिणाम ल्याउन सकिन ? तिनी पनि पहिले त असफल नै भएकी हुन् नि, पछि सफल भइन् क्यारे ! - Q.९. कोष्ठकमा दिइएका सङ्केतका आधारमा वाक्य परिवर्तन गर्नुहोस्क. नेताले कार्यकर्ताहरूलाई शान्त बनाउँथे । (कर्मवाच्य)ख. सानी बहिनीले स्वस्थानी पढेकी हुनेछे । (प्रेरणार्थक)ग. दाइ वा म मामाकहाँ जाने हो । (वाक्य विश्लेषण)घ. उडन्ते साथीको लहैलहैमा मूल्यवान् समय खेर नफाल्न आमा आग्रह गर्नुहुन्छ । (प्रत्यक्ष कथन)A.कार्यकर्ताहरूलाई नेताद्वारा शान्त बनाइन्थ्यो ।सानी बहिनीलाई स्वस्थानी पढ्न लगाइएको हुनेछ ।यो विकल्पात्मक वाक्य हो ।आमाले भन्नुभयो, “उडन्ते साथीको लहैलहैमा मूल्यवान् समय खेर नफाल।”
- Q.१०. दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :बाहिरी शत्रुलाई उठ्न दिनाको मूल कारण घरझगडा हो भन्ने वाक्यको ठुलो टीका टिप्पणीसमेत सुरू गजराज मिश्रले गर्नुभएपछि मेरो मनले पनि त्यसमा पुस्ट्याइँ गर्यो । यता चौबिसीहरूले सङ्गठन गर्न थालेको गुप्ती खबर सुनियो । हुँदाहुँदै पाल्पा, पर्वत र तनहुँको सङ्गठनको बल्दो अग्निमा सरदार बलि बानियाँ र कोही फौजले समेत देशका निमित्त बलिदान दिएका कुरा हुरी बनेर आयो । चितवनको रक्षाका निम्ति बसेका रामकृष्ण कुँवर केही फौज लिई तनहुँतिर गएको खबरले केही आश्वासन दियो । त्यसपछि मानवता र परिस्थितिको समेत ख्याल राखी यी देवरलाई नुवाकोटबाट छुटाई यहाँ ल्याएर भने, “राजकुमार, यसरी हामीले आगो बन्नु ठिक होइन । आपसी फुट नै जातिको पतनको चिह्न हो । यसले गर्दा व्यक्ति र समाजलाई मात्र होइन किन्तु देशलाई पनि गहिरो चोट लाग्ला जस्तो देखिन्छ । यदि ससुराज्यूबाट उठाइबक्सेको एकताको र राष्ट्रियताको जगमा मन्दिर खडा गर्न सकेनौँ भने हामीले बाँच्नु मर्नु हो । उसैले अब अतीतका सारा विरोधी विचारलाई बिर्सेर खाली देशभक्तिको सोझो बाटो लागौँ ।”प्रश्नहरू :क. अनुच्छेदको चौथो वाक्यलाई अकरणमा बदल्नुहोस् ।ख. अनुच्छेदको रेखाङ्कन गरिएको शब्दको कारक र विभक्ति पहिचान गरी लेख्नुहोस् ।ग. माथिको अनुच्छेदको दोस्रो वाक्यलाई संयुक्त वाक्यमा परिवर्तन गर्नुहोस् ।घ. अनुच्छेदमा रेखाङ्कित वाक्यलाई आलङ्कारिक पदक्रममा बदलेर पुनर्लेखन गर्नुहोस् ।A.चितवनको रक्षा गर्न बसेका रामकृष्ण कुँवर केही फौज लिई तनहुँतिर गएको खबरले केही आश्वासन दिनु भएको थियो ।कारक : करण कारकविभक्ति : -का निमित्तयता चौबिसीहरूले सङ्गठन गर्न थाले र त्यसको गुप्ती खबर सुनियो ।व्यक्ति र समाजलाई मात्र होइन, देशलाई समेत गहिरो चोट लाग्छ जस्तो देखिन्छ यसले गर्दा ।
- Q.११. दिइएको गद्यांश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :चिकित्सा क्षेत्र समाज र मानवसेवा गर्नुपर्ने अति संवेदनशील क्षेत्र हो र यसमा अलिकति पनि तलमाथि वा हेलचक्याइँ भयो भने जनमानसमा त्यसको नकारात्मक प्रभाव पर्छ । बडो दुःखकै कुरा हो, हाम्रा चिकित्सकहरू सुगम ठाउँ छाडेर जिल्ला, गाउँ, दुर्गम ठाउँ नजाने वा गए पनि फर्किहाल्ने प्रवृत्तिका खबरहरू हामीकहाँ बरोबर आइरहन्छन् । चिकित्सक अभावको यो रोग निको हुनुको साटो झन् झन् बल्कँदै जानु बिडम्बना नै हो र आवश्यक र दक्ष जनशक्तिका रूपमा राज्यलो चिकित्सक उत्पादनमा ठुलो लगानी गर्दै नआएको पनि होइन । मानवीय सेवाको संवेदनशील व्यवसायमा लागिसकेपछि एवम् रोगी, दुःखी असहायको सेवा सुसारमा लागिरहनुपर्ने जिम्मेवार दर्जामा रहेको वर्गबाटै यस किसिमको लापरवाही या हेलचेक्र्याइँ देखाइन्छ भने अरू वर्गबाट समाज र जनताले के अपेक्षा गर्ने ? एक त मुलुकमा पर्याप्त चिकित्सा सेवा, सुविधा र चिकित्सकहरूको कमी छ, त्यसमाथि भएको दरबन्दीअन्तर्गत पनि उनीहरू हाजिर हुँदैनन् । रोगीले खेज्दा भेटिंदैनन् र स्वास्थ्य सहायकले चिकित्सकको भूमिका निर्वाह गर्नुपर्छ । सम्बद्ध पक्षले कडाइका साथ कारबाही प्रक्रिया थाल्नै पर्छ भन्ने जनभावनलाई नजरअन्दाज गरिनु हुन्न ।प्रश्नहरू :क. कुन रोगलाई बिडम्बनापूर्ण मानिएको छ ?ख. कस्तो मानिसले स्वास्थ्य सेवा दिनुपर्ने बाध्यता छ ?ग. जनभावनालाई कदर गर्न के गर्नुपर्छ ?घ. चिकित्सकहरू ग्रामीण क्षेत्रमा के कारणले जान मान्दैनन् ?A.चिकित्सक अभावको रोगलाई बिडम्बनापूर्ण मानिएको छ ।स्वास्थ्य सहायकले स्वास्थ्य सेवा दिनुपर्ने बाध्यता छ।जनभावनालाई कदर गर्न कडाइका साथ कारबाही प्रक्रिया थाल्नुपर्छ ।चिकित्सकहरू ग्रामीण क्षेत्रमा सुगम ठाउँ छाड्न चाहँदैनन्, गए पनि फर्किहाल्छन्।
- Q.१२. कुनै एक प्रश्नको उत्तर दिनुहोस् :क. दिइएको विवरणका आधारमा एक जीवनी तयार पार्नुहोस् :नाम : गोविन्दबहादुर मल्ल ‘गोठाले'जन्म : वि. सं. १९७९ असार २६, ओमबहाल, काठमाडौँआमा र बुबा : आनन्दमाया मल्ल र ऋद्धिबहादुर मल्लशिक्षा : आई. एस्सीकृति : (क) कथा : कथा सङग्रह (२००३), कथैकथा (२०१६), प्रेम र मृत्यु (२०३९), बार कथा (२०५२) (ख)उपन्यास : पल्लो घरको झ्याल (२०१६), अपर्णा (२०५३) (४) (ग)नाटक : भुसको आगो (२०१८), दोष कसैको छैन (२०२७), च्यातिएको पर्दा (२०३९), भोको घर (२०३४)संलग्नता : शारदा पत्रिकाको सम्पादक, जोरगणेश छापाखानाका निर्देशक, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य, प्रेस काउन्सिलका सदस्य, निर्वाचन आयोगका सदस्य नेपाली लेखक सङ्घका अध्यक्ष, नेपालको पहिलो दैनिक, 'अखबार आवाज' का प्रधान सम्पादक- सिद्धिचरण श्रेष्ठ, गोपालप्रसाद रिमाल र लक्ष्मीप्रसाद देवकोटाको सङ्गतले साहित्यमा लागेका - नाटक, कथा र उपन्यासमा एकसाथ कलम चलाएका- विश्वेश्वरप्रसाद कोइरालाले सुरू गरेको मनोवैज्ञानिक यथार्थवादी धारामा कलम चलाएकापुरस्कार : त्रिभुवन प्रज्ञा पुरस्कार (२०४२), वेदनिधि पुरस्कार (२०४६), पहलमानसिंह स्वाँर पुरस्कार (२०५७) आदि मृत्यु : वि.सं. २०६७, मङ्सिर २७ख. विपक्षीका मतको खण्डन गर्दै 'वैदेशिक रोजगार रहर नभई बाध्यता हो' भन्ने विषयको पक्षबाट आफ्ना गहकिला तर्कहरू प्रस्तुत गरी वादविवाद लेख्नुहोस् ।A.गोविन्दबहादुर मल्ल ‘गोठाले’ को जन्म वि.सं. १९७९ असार २६ गते काठमाडौँको ओमबहालमा भएको हो । उनका बुबा ऋद्धिबहादुर मल्ल र आमा आनन्दमाया मल्ल हुन् । उनले आई.एस्सी. सम्म अध्ययन गरे । उनले कथा, उपन्यास र नाटकमा कलम चलाए । उनका प्रमुख कृतिहरूमा कथैकथा, प्रेम र मृत्यु, पल्लो घरको झ्याल, अपर्णा, भुसको आगो, च्यातिएको पर्दा आदि पर्दछन् । उनी साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका लेखक थिए । उनी शारदा पत्रिकाका सम्पादक र अखबार आवाजका प्रधान सम्पादकसमेत भए । उनलाई त्रिभुवन प्रज्ञा पुरस्कार, वेदनिधि पुरस्कार, पहलमानसिंह स्वाँर पुरस्कार आदि पुरस्कारहरू प्राप्त भए । वि.सं. २०६७ मङ्सिर २७ मा उनको निधन भयो ।विषय: “वैदेशिक रोजगार रहर नभई बाध्यता हो”म भनूँछु कि वैदेशिक रोजगार धेरै नेपालीका लागि रहर होइन, बाध्यता हो। पहिलो कुरा, हाम्रो देशमा रोजगारीको पर्याप्त अवसर छैन। युवाहरूले गाउँमा काम पाएर जीवन धान्न सक्दैनन्।दोश्रो कुरा, धेरै परिवारको आर्थिक अवस्था कमजोर छ। बच्चा पढाउने, घर खर्च चलाउने र स्वास्थ्य खर्च पुरा गर्न वैदेशिक रोजगार गर्न बाध्य छन्।तेस्रो कुरा, केही व्यक्तिहरू वैदेशिक रोजगारलाई रहर भन्न सक्छन्, तर उनीहरूको अनुभवले देखाउँछ कि बाध्यता बिना घरको आवश्यकता पुरा गर्न सकिन्न।त्यसैले, वैदेशिक रोजगार केवल व्यक्तिगत चाहना होइन, आर्थिक आवश्यकता र परिवारको जीवन धान्नको लागि अनिवार्य छ।
- Q.१३. तलका कुनै एक प्रश्नको उत्तर दिनुहोस् :क. नेपालकै पर्यटकीय आकर्षणका रूपमा रहेको फेवाताल संरक्षण अपरिहार्य रहेको र यसका लागि मापदण्ड लागू गर्न सर्वोच्च अदालतले आदेश दिँदासमेत स्थानीय निकायले त्यसको कार्यान्वयन गराउन नसकेको अवस्थामा यसको अनिवार्य कार्यान्वयनका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराइदिन आग्रह गर्दै नयाँ पत्रिका दैनिकका सम्पादकलाई एउटा चिठी तयार पार्नुहोस् ।ख. बागलुङ जिल्लाका ढोरपाटन आसपास केन्द्रबिन्दु भई ६.२ रेक्टर स्केलको भूकम्प गएको व्यहोरा समेटी एक समाचारको नमुना तयार पार्नुहोस् ।A.सम्पादकज्यू,नयाँ पत्रिका दैनिक, काठमाडौंम हार्दिक अनुरोध गर्दछु कि फेवाताल नेपालको प्रमुख पर्यटकीय आकर्षण हो। यसलाई संरक्षण गर्न सर्वोच्च अदालतले आदेश दिइसकेको छ। तर स्थानीय निकायले यसको कार्यान्वयनमा ध्यान नदिँदा ताल प्रदूषित हुँदै गएको छ। यसले वातावरण र पर्यटन दुवैमा नकारात्मक प्रभाव पार्छ।तसर्थ, सम्बन्धित निकायलाई आवश्यक कदम चाल्न ध्यानाकर्षण गराइदिनुहुन अनुरोध गर्दछु।— एक विद्यार्थीसमाचार शीर्षक: बागलुङमा ६.२ रेक्टर स्केलको भूकम्प, जनजीवन प्रभावितबागलुङ जिल्ला, ढोरपाटन आसपास केन्द्रबिन्दु भएर आज बिहान ६.२ रेक्टर स्केलको भूकम्प गएको छ। भूकम्पका कारण केही घरहरू भत्किएका र विद्युत सेवा अवरुद्ध भएको जनाइएको छ। स्थानीय प्रशासनले आपतकालीन उद्धार टोली परिचालन गरेको छ। अहिले सम्म मानवीय क्षति र घाइतेको विवरण आउन बाँकी छ। प्रशासन र स्थानीय बासिन्दाले सचेत रहन सबैलाई आग्रह गरेका छन्।
- Q.१४. दिइएको अनुच्छेदबाट चारओटा बुँदा टिप्नुहोस् :नेपाल आयुर्वेदिक औषधीका लागि भूस्वर्ग मानिन्छ । नेपालका आयुर्वेदिक महत्त्वका जडीबुटीले नेपालमा समृद्धिको ढोका खोल्न सक्छन् । नेपाल बहुमूल्य र घातक रोग निको पार्ने जडीबुटीको अजस्र भण्डार हो । रामायणमा वर्णन भएअनुसार युद्धमा लक्ष्मण घाइते हुँदा सञ्जीवनी बुटी लिन नेपालको हिमालय क्षेत्रमा पठाइएको प्रसङ्ग पनि स्मरणीय छ । हनुमानले अनेकौँ जडीबुटीबिच सञ्जीवनी बुटी चिन्न नसकेर सिङ्ग्र पहाड उठाएर लगेका र त्यो जडीबुटी खुवाएपछि लक्ष्मणलाई सन्चो भएको थियो । यसबाट परापूर्व कालदेखि नै नेपाल आयुर्वेदिक जडीबुटीको भूस्वर्ग रहेको पुष्टि हुन्छ । आयुर्वेद चिकित्सासम्बन्धी अध्ययन र अनुसन्धान प्रविधिलाई व्यापक बनाउने उद्देश्यका साथ विभिन्न शैक्षिक संस्था स्थापना भएका छन् ।A.
- नेपाल आयुर्वेदिक औषधिका लागि भूस्वर्ग हो ।
- यहाँ बहुमूल्य जडीबुटीको भण्डार छ ।
- सञ्जीवनी बुटीको प्रसङ्गले नेपालको महत्त्व देखाउँछ ।
- आयुर्वेदिक अध्ययनका लागि शैक्षिक संस्था स्थापना भएका छन् ।
- Q.१५. दिइएको अनुच्छेदलाई एक तृतीयांशमा सारांश लेख्नुहोस् :देवकोटाको जागिरे जीवनयात्रा पनि नदी मेँ एकनासले कहिल्यै बगेन । उनको जीवनमा कहिलेकाहीँ कहालीलाग्दा दुःखैदु ख निम्तिए । देवकोटा ३४ वर्षको उमेरमै नेपाली भाषानुवाद परिषद्मा नेपाली पुस्तक लेखकका रूपमा जागिरे भए । यो जागिरे अवधि उनको लेखनयात्राको स्वर्गकाल रह्यो । यसै समयमा नै उनले उत्कृष्ट खालका महाकाव्य र खण्डकाव्यका साथै थुप्रै कविता, गीत, बालकविता, कथा र निबन्ध रचना गरेका छन् । देवकोटाको महासागर जस्तो प्रतिभा राणाहरूको निरङ्कुशताको साँघुरो सुरूङभित्र कसरी बग्न सक्थ्यो र ? मुलुकमा जति वेला प्रजातन्त्र प्राप्तिका लागि कान्तिको आगो सल्किँदै थियो, त्यति वेला उनले पनि विद्रोहको बाटो समाते र उनि वि.सं. २००४ मा प्रजातान्त्रिक आन्दोलनमा संलग्न भए । उनी घरपरिवार कसैलाई थाहा नदिई वनारसतर्फ प्रवासिए । त्यहाँबाट निस्किने 'युगवाणी' पत्रिकामार्फत निरङ्कुशता विरूद्ध युगले चाहेको विद्रोहको वाणी फुके ।A.सारांश (एक तिहाइ):देवकोटाको जागिरे जीवन सधैं स्थिर रहेन । उनी ३४ वर्षमै नेपाली पुस्तक लेखक बने र यस अवधिमा महाकाव्य, खण्डकाव्य, कविता, गीत, कथा, निबन्ध आदिको उत्कृष्ट सिर्जना गरे । पछि प्रजातान्त्रिक आन्दोलनमा संलग्न भई वनारसतर्फ प्रवासिए र ‘युगवाणी’ पत्रिकामार्फत निरङ्कुशताको विरोध गरे ।
- Q.१६. तलक प्रश्नको उत्तर दिनुहोस् :क. दिइएको कवितांश पढी सोधिएको प्रश्नको उत्तर दिनुहोस् :छिमेकी अगेनाबाट आगो ओसारेर सुरू हुने यहाँको दिनगोठमा, वुस्तभाउलाई घाँसपात हालेर केटाकेटी हुन्छखेतमा गोरू नारेर तन्नेरी हुन्छप्रश्नहरू :क. गाउँको एक दिन कसरी बित्छ ?ख. दिनलाई मानिसको जीवनसँग कसरी तुलना गरिएको छ ?ख. तलको गद्यांश पढी सोधिएको प्रश्नको उत्तर दिनुहोस् :पिकासोका घरमा भित्तामा केही सस्ता र सामान्य खालका चित्र देखेर उनको एक जना साथीले हाँसैहाँसोमा पिकासोलाई भनेछन् “आफ्नो घरका भित्तामा आफ्ना चित्र किन नराखेको नि, के तिमीलाई आफ्ना चित्र मन पर्दैनन्,” पिकासोले जवाफ दिएछन्, “हैन भित्र ! मलाई मेरो चित्र निकै मन पर्छन् तर ती निकै महङ्गोमा बिक्छन् । म ती महङ्गा चित्र किन्न सक्दिनँ ।” यसरी उनी हाँसो र ठट्टामा सोधिएका प्रश्नको उत्तर पनि कलात्मक रूपमा नै दिन्थे ।प्रश्नहरू :क. पिकासोले किन आफ्ना चित्र घरका भित्तामा नराखेका हुन् ?ख. पिकासोका चित्र के कारणले महङ्गोमा बिक्री हुन्छन् ?A.गाउँको दिन छिमेकी अगेनाबाट आगो ओसारेर सुरू हुन्छ। गोठमा वुस्तभाउलाई घाँसपात हालिन्छ। केटाकेटी खेतमा गोरू नरेर काम गर्छन्। गाउँलेहरू बिहानदेखि साँझसम्म मेहनत र दैनिकीमा व्यस्त हुन्छन्।दिनको बिताइलाई मानिसको जीवनसँग तुलना गरिएको छ। बिहानको आगो र काम सुरु हुनु बच्चादेखि जवानसम्मको कर्म र जीवनशैलीको प्रतीक हो। यसले मानिसको जीवनका विभिन्न चरण र संघर्षको प्रतिनिधित्व गर्दछ।पिकासोले आफ्ना चित्र घरका भित्तामा नराखेका हुन्, किनभने ती चित्र धेरै महँगोमा बिक्री हुने भएकोले। घरमा राख्दा विक्रि हुने सम्भावना कम हुन्छ।उनका चित्रहरू कलात्मक र दुर्लभ छन्। चित्रकारको प्रतिष्ठा, चित्रको मौलिकता र सृजनात्मक मूल्यका कारण ती महँगोमा बिक्री हुन्छन्।
- Q.१७. 'घरको माया' एकाङ्कीको पात्र लालको ठाउँमा तपाईं हुनुभएको भए स्वदेश फर्कनुहुन्थ्यो कि फर्कनुहुँदैनथ्यो र किन ? तर्कसहित प्रस्ट पार्नुहोस् ।A.म लालको ठाउँमा भएँ भने म स्वदेश फर्कन्थेँ। कारण, घर र देशसँगको माया, परिवारको माया र आफ्नो जरा असाध्यै महत्वपूर्ण हुन्छ। विदेश गएर आर्थिक लाभ लिने भए पनि मनको शान्ति र सांस्कृतिक पहिचान स्वदेशमै बस्दा मात्र प्राप्त हुन्छ। यसले व्यक्तिको मूल्य र सामाजिक जिम्मेवारी पनि पुरा गर्छ।
- Q.१८. तलका कुनै एकको व्याख्या गर्नुहोस् :क. जसका कर्मले लिन्छन् उच्च जीवनका पथ तिनैका पथमा हिँड्छन् मान्छेहरू सगौरवख. अर्काको हातबाट कुनै काम लिनु छ भने आफ्नो बाबु साक्षी राखेर तपाईंले पर्खनुपर्छ ।A.यस कविताको अर्थ हो: जो मानिसको कर्म उच्च, योग्य र सम्मानजनक हुन्छ, ती मानिसको मार्ग जीवनमा गौरवपूर्ण र सफलता ल्याउने हुन्छ। मानिसले आफ्नो कर्ममार्फत जीवनको उद्देश्य र मार्ग तय गर्छ। जसले परिश्रम, इमानदारी र ज्ञान प्रयोग गर्छ, त्यसको जीवन उचाइमा पुग्छ।यो अर्थ दिन्छ कि कुनै काम अरूबाट गराउनुअघि आफ्नो जिम्मेवारी स्पष्ट गर्नु आवश्यक छ। काम गर्दा पारदर्शिता र सत्यता अपनाउनुपर्छ। आफ्नो बाबुलाई साक्षी राखेर काम गर्नु भनेको विश्वसनीयता र पारदर्शिता सुनिश्चित गर्नु हो।
- Q.१९. कुनै एक प्रश्नको समीक्षात्मक उत्तर दिनुहोस् :क. तलको अंश पढी सोधिएको प्रश्नको उत्तर दिनुहोस् :तिलगङ्गा आँखा प्रतिष्ठान विश्व स्वास्थ्य सङ्गठनको सहयोगी केन्द्रका रूपमा स्थापित छ । सन्दुक रुइतले यसलाई भविष्यमा आँखाको विश्वविद्यालयका रूपमा रूपान्तरण गर्ने सपना बुनेका छन् । उनको नेतृत्वमा रहेको तिलगङ्गाको समूहले नेपालका अन्य अस्पताल तथा देश विदेशमा समेत घुम्ती शिविर सञ्चालन गरेर पनि सेवा दिइरहेको छ । हाल नेपालले गर्वको साथ आँखाको लेन्स र आँखाको नानीमा आत्मनिर्भर भई विश्वभर नेपालको प्रतिष्ठा बढाइरहेको छ । आगामी दिनमा उनी अन्य देशमा पनि तिलगङ्गा जस्तै आँखा अस्पाताल र अनुसन्धान शाखा खोल्ने योजनामा छन् ।प्रश्न :अ. एउटा सामान्य देशको सामान्य नागरिकले पनि विश्वलाई चकित पार्ने गरी स्वदेशमै बसेर प्रविधिको क्षेत्रमा चमत्कार गर्न सक्छ भन्ने कुरालाई रूइतको योगदानका सापेक्षमा समीक्षा गर्नुहोस् ।ख. तलको कथांश पढी सोधिएको प्रश्नको उत्तर दिनुहोस् :श्रीधरकी सानी छोरी रमाले आएर रून्चे मुख लाएर भनी, “ठुलाबा ! बालाई व्यथाले चाप्यो । हजुरलाई बोलाउन पठाउनुभएको ।” छोरीको कुरो सुन्नेबित्तिकै पढाउन छोडेर रमाको हात समाउँदै मुरलीधर भाइका घरतिर गए । श्रीधर खाटमा कोल्टे परेर सुतिरहेका रहेछन् । दाज्युलाई देखेर बडो कष्टसँग उठेर गहभरि आँसु झारेर ढोगिदिए । भाइका आँखामा आँसु छचल्किरहेको देखेर मुरलीधरको पनि गहभरि आँसु भो । चार वर्षपछिको यी दुई दाजुभाइको पुनर्मिलन सारै दःखलाग्दो देखियो ।प्रश्न :अ. धनसम्पत्तिभन्दा नातासम्बन्ध महान् हुन्छ भन्ने कुरा कर्तव्य कथामा मुरलीधरले निर्वाह गरेको भुमिकाका आधारमा विश्लेषण गर्नुहोस् ।A.सामान्य देशको नागरिक पनि विश्वमा योगदान पुर्याउन सक्छ। सन्दुक रुइतले तिलगङ्गा आँखा प्रतिष्ठानलाई विश्वस्तरीय सेवा दिने केन्द्र बनाएका छन्। घुम्ती शिविर, अनुसन्धान र स्वदेशमै उपचार सुविधा स्थापना गरेर उनले नेपालको स्वास्थ्य क्षेत्रमा उदाहरण प्रस्तुत गरेका छन्। यसले देखाउँछ कि सामान्य व्यक्ति पनि दृढ संकल्प, मेहनत र सिर्जनशीलताले विश्वलाई चकित पार्ने काम गर्न सक्छ।मुरलीधरले देखाएको प्रेम र कर्तव्यले देखाउँछ कि धनसंपत्तिभन्दा नातासम्बन्ध महान् हुन्छ। दाजुभाइको पुनर्मिलनले परिवार, माया र सम्बन्धलाई महत्व दिनुपर्छ भन्ने शिक्षा दिन्छ। पैसाले नसक्ने काम माया, ममता र जिम्मेवारीले गर्न सक्छ।
- Q.२०. कुनै एक शीर्षकमा कम्तीमा १५० शब्दसम्मको निबन्ध लेख्नुहोस् :क. रेमिट्यान्स र नेपाली अर्थतन्त्रख. मेरो संस्कृति : मेरो गौरवग. ऊर्जा सङ्कट र विश्वA.नेपालमा रेमिट्यान्स अर्थतन्त्रको मुख्य आधार बनेको छ। विदेशमा काम गर्ने नेपालीहरूले पठाउने पैसा परिवारको जीवनयापन, शिक्षा, स्वास्थ्य र घरधन्दा चलाउन ठूलो भूमिका खेल्छ। रेमिट्यान्सले देशको मुद्रा सञ्चिति, बैंकिङ प्रणाली र राष्ट्रिय उत्पादनलाई सहयोग गर्छ।तर रेमिट्यान्समा निर्भर रहँदा देशभित्र रोजगारी सृजनामा कम ध्यान जाने खतरा हुन्छ। यसले आर्थिक विकास असन्तुलित बनाउन सक्छ। सरकारले रेमिट्यान्सको सदुपयोग गर्दै उद्यमशीलता र स्थानीय उद्योग प्रवर्द्धन गर्न योजना बनाउनुपर्छ।त्यसैले रेमिट्यान्सले नेपाली परिवारको जीवनस्तर सुधार गर्ने मात्र होइन, राष्ट्रिय अर्थतन्त्रमा पनि ठूलो योगदान दिन्छ। यसको सही व्यवस्थापनले दीर्घकालीन विकास र सामाजिक समृद्धिमा सहयोग पुग्छ।नेपालको संस्कृति बहुआयामिक र गौरवशाली छ। हाम्रो भाषा, धर्म, परम्परा, भेषभूषा र पर्वहरूले नेपाली जनतालाई पहिचान दिन्छ। संस्कृतिले हाम्रो व्यवहार, सोच र सामाजिक सम्बन्धलाई आकार दिन्छ। नेपाली समाजमा जातीय, भौगोलिक र धार्मिक विविधता भए तापनि साझा संस्कार र मूल्यहरूले हामीलाई एकताबद्ध बनाउँछन्।मेरो संस्कृति मलाई आत्मसम्मान र नैतिक मूल्य सिकाउँछ। दशैं, तिहार, छठ, इन्द्रजात्रा जस्ता पर्वले हाम्रो जीवनमा आनन्द र एकता ल्याउँछन्। म ठूला र साना दुवै संस्कृतिक अभ्यासमा सहभागी भई आफ्नै संस्कृति संरक्षण गर्छु।मैले महसुस गरेको कुरा यो हो कि हाम्रो संस्कृति मात्र हाम्रो पहिचान होइन, हाम्रो गौरव पनि हो। विदेशी संस्कृतिलाई अंगाल्दा पनि आफ्नो संस्कृतिप्रति प्रेम र सम्मान राख्नु हाम्रो कर्तव्य हो। मेरो संस्कृतिलाई म गर्वका साथ अगाडि बढाउँछु र अन्यलाई पनि सिकाउँछु।विश्व अहिले ऊर्जा सङ्कटका चुनौतीसँग जुधिरहेको छ। बढ्दो जनसंख्या, औद्योगिकीकरण र प्रविधिको प्रयोगले ऊर्जा माग बढाइरहेको छ। तर प्राकृतिक स्रोत सीमित छन्। तेल, ग्याँस, कोइला र अन्य पारम्परिक ऊर्जा स्रोतले पर्यावरणमा प्रदूषण बढाउँछन्।ऊर्जा सङ्कटले विकास, उद्योग, शिक्षा र स्वास्थ्य क्षेत्रमा असर पार्छ। गरीब र ग्रामीण क्षेत्रका मानिसहरूलाई विद्युत र ईन्धनको पहुँच सीमित हुन्छ। यसले सामाजिक असमानता र आर्थिक ढिलाइ निम्त्याउँछ।विश्वले नवीकरणीय ऊर्जा, जस्तै सौर्य, पवन र जलविद्युतमा ध्यान दिनुपर्छ। ऊर्जा संरक्षण र दक्ष उपयोग पनि अत्यावश्यक छ। ऊर्जा उत्पादन र खपतमा विश्वव्यापी सहकार्यले मात्रै ऊर्जा सङ्कट समाधान गर्न सक्छ।यसरी ऊर्जा सङ्कट केवल एउटा आर्थिक समस्या मात्र होइन, वातावरणीय र सामाजिक चुनौती पनि हो। यसको समाधानमा सरकार, समाज र व्यक्तिगत सचेतनाको आवश्यकता छ।
Practice Without Boundaries.
Premium gives you full access, zero ads, and unlimited custom paper generation. Study your way, every day.