Answers On/OffJS required
Group A
- Q.१. समूह 'क' मा दिइएका शब्दको अर्थ समूह 'ख' बाट पहिचान गरी जोडा मिलाउनुहोस् :
समूह 'क' समूह 'ख' धडाधड काम गर्ने साधन विख्यात लगातार औजार नाम चलेको परिवेष्टित दश वर्षको अवधि संसार चारैतिरबाट घेरिएको A.समूह 'क' समूह 'ख' धडाधड लगातार विख्यात नाम चलेको औजार काम गर्ने साधन परिवेष्टित चारैतिरबाट घेरिएको - Q.२. दिइएको अनुच्छेदबाट उपयुक्त शब्द पहिचान गरी खाली ठाउँ भर्नुहोस् :मानवीय संवेदनाको युगीन लय पक्रेर कलाकृति सिर्जना गर्ने कलाकार बिरलै जन्मिन्छन्। कलाका जादुले संसारमा नयाँ नयाँ कीर्तिमान स्थापित गरेसँगै उन्नाइसौं शताब्दीको उत्तरार्धतिर युरोपको स्पेनमा एउटा अद्भुत प्रतिभाशाली बालकको जन्म भयो ।क. 'जगत्' को पर्यायवाची शब्द....... हो ।ख. 'मृत्यु' को विपरीतार्थी शब्द .......हो ।ग. अनेकार्थी शब्द...... हो ।घ. 'सय वर्षको अवधि' बुझाउने सिङ्गो शब्द .........हो ।A.क. 'जगत्' को पर्यायवाची शब्द संसार हो ।ख. 'मृत्यु' को विपरीतार्थी शब्द जन्म हो ।ग. अनेकार्थी शब्द जन्म हो ।घ. 'सय वर्षको अवधि' बुझाउने सिङ्गो शब्द शताब्दी हो ।
- Q.३. दिइएको अनुच्छेदबाट एउटा उखान र एउटा पारिभाषिक शब्द पहिचान गरी तिनलाई वाक्यमा प्रयोग गर्नुहोस् :विदेशको रमझम र टाढाको वन हरियो देखिन्छ भने झै हो । विदेश जानेले आफू नमरी स्वर्ग देखिन्न भन्ने उखान बुझ्छन् । लुकीछिपी गैरकानुनी ढङ्गबाट विदेशिनेहरू पछि कानुनको फन्दामा पर्दा पुर्पुरामा हात राखेर पछुतो मानेको देखिएको छ ।A.उखान : आफू नमरी स्वर्ग देखिन्नवाक्य : आफू नमरी स्वर्ग देखिन्न भन्ने उखान अनुसार परिश्रम नगरी सफलता पाइँदैन ।पारिभाषिक शब्द : कानुनवाक्य : हरेक नागरिकले कानुनको पालना गर्नै पर्छ ।
- Q.४. दिइएका प्रश्नको उत्तर दिनुहोस् :क. दिइएका शब्द समूहबाट शुद्ध शब्द छानी लेख्नुहोस् :अ. सीर्सक, शीर्षक, सीर्शक, षीर्षकअ. भऱ्याङ, भर्याङ, भर्याङ, भरयाङख. दिइएको वाक्यलाई शुद्ध पारी सार्नुहोस्ःविद्यालयको कार्यक्रममा मेरा मीत्रले सभाध्यक्ष निर्णायक मण्डल र गुरुलगाएत सम्पुर्णलाई सम्बोधन गर्न भुलेपछि सबै रिसाउँदै थिए ।A.शीर्षकभर्याङविद्यालयको कार्यक्रममा मेरा मित्रले सभाध्यक्ष, निर्णायक मण्डल र गुरु लगायत सम्पूर्णलाई सम्बोधन गर्न भुल्दा सबै रिसाइरहेका थिए ।
- Q.५. रेखाङ्कित शब्दको शब्दवर्ग पहिचान गरी लेख्नुहोस् :नेपालीले नेपाललाई माया गर्नुपर्छ नत्र त अरूले पनि हामीलाई हेप्छन् भन्दै मेरो साथी दृष्टान्त राईले मलाई सम्झायो ।A.माया = संज्ञानत्र = अव्ययअरूले = संज्ञापनि = अव्ययहेप्छन् = क्रियामेरो = सर्वनाम
- Q.६. दिइएका प्रश्नको उत्तर दिनुहोस् :क. दिइएको अनुच्छेद पढी दुईओटा उपसर्ग व्युत्पन्न शब्द र दुईओटा प्रत्यय व्युत्पन्न शब्द पहिचान गरी निर्माण प्रक्रियासमेत देखाउनुहोस् :हिमाली दृश्य र प्रकृतिको अवलोकन गर्न पाइने अनि नेपालीको हार्दिक सद्भावमा चुर्लुम्म डुब्न पाइने हुनाले नै त विदेशीहरू नेपाललाई आफ्नो पर्यटकीय गन्तव्य बनाउँछन् ।ख. दिइएको अनुच्छेदबाट एउटा समस्त शब्द पहिचान गरी विग्रह गर्नुहोस्, एउटा विग्रह पदावली पहिचान गरी समस्त शब्द बनाउनुहोस् र द्वित्व भएर बनेका दुईओटा शब्द पहिचान गरी निर्माण प्रक्रियासमेत देखाउनुहोस् :कक्षाकोठामा गुरुआमाको आगमन ढिला हुँदा छात्र र छात्रा मिलेर सरसल्लाह गरी कक्षाको कार्यलाई आलोपालो गर्दै अगि बढाउन तम्तयार बन्दा विद्यालयका प्राचार्य खुसी हुनुभयो ।A.उपसर्ग व्युत्पन्न शब्द१. अवलोकन → अव + लोकन२. हार्दिक → हार्दय + इकप्रत्यय व्युत्पन्न शब्द१. विदेशी → विदेश + ई२. पर्यटकीय → पर्यटक + ईयसमस्त शब्द : कक्षाकोठा → विग्रह : कक्षाको कोठाविग्रह पदावली → समस्त शब्द : छात्र र छात्रा → छात्रछात्राद्वित्व शब्द :१. आलोपालो → आलो + पालो (द्वित्व)२. तम्तयार → तम + तय्यार (द्वित्व/पुनरावृत्ति)
- Q.७. दिइएको अनुच्छेदलाई भूतकालको अज्ञात पक्षमा परिवर्तन गर्नुहोस् :बुधेश्वर परीक्षा दिएर गाउँ जान्छ । ऊ त्यहाँ साथीभाइलाई भेट्छ । ऊ घरको काममा आमाबुबालाई सघाउँछ । बुधेश्वरसँग आमाबुबा खुसी हुनुहुन्छ ।A.परीक्षा दिइयो र गाउँ गइयो । त्यहाँ साथीभाइ भेटियो । घरको काममा आमाबुबालाई सहयोग गरियो । बुधेश्वरसँग आमाबुबा खुसी हुनुहुन्थ्यो ।
- Q.८. कुनै एक प्रश्नको उत्तर दिनुहोस् ।क. आज्ञार्थक भावका फरक फरक क्रियापद प्रयोग गरी चार वाक्यमा आफ्नो भाइलाई मेहनतका साथ पढ्न निर्देशन दिनुहोस् ।ख. दिइएका तृतीय पुरुषका वाक्यलाई प्रथम पुरुषमा परिवर्तन गरी पुनर्लेखन गर्नुहोस् :परीक्षा नजिक आएपछि मात्र उनी पढ्न थाल्छन् । अगिपछि उनी घुमेर समय बिताउँछन् । उनी नव आगन्तुक साथीलाई स्वागत गर्छन् । उनको यो बानीलाई सबैले राम्रो मान्छन् ।A.१. भाइ, नियमित पढ् ।२. समय नष्ट नगर ।३. पाठमा ध्यान दे ।४. मेहनत गरेर पढ् ।परीक्षा नजिक आएपछि मात्र म पढ्न थाल्छु । अगिपछि म घुमेर समय बिताउँछु । म नव आगन्तुक साथीलाई स्वागत गर्छु । मेरो यो बानीलाई सबैले राम्रो मान्छन् ।
- Q.९. कोष्ठकमा दिइएको सङ्केतका आधारमा वाक्य परिवर्तन गर्नुहोस् :क. तिमी शैक्षिक भ्रमण गएर धेरै कुरा सिक्यौ । (वाक्य विश्लेषण)ख. मत छमछमी नाचें । (भाववाच्य)ग. फुर्बा भरतताल घुम्छन् । (प्रेरणार्थक)घ. भोलि मौसम बदलिएर असिनापानी आउँने कुरा ज्योतिषीले बताए । (प्रत्यक्ष कथन)A.कर्ता = तिमीक्रिया = सिक्यौकर्म = धेरै कुराविशेषण = शैक्षिकक्रियाविशेषण = भ्रमण गएरमद्वारा छमछमी नाचियो ।फुर्बालाई भरतताल घुमाउन लगाइन्छ ।ज्योतिषीले भने, “भोलि मौसम बदलिएर असिनापानी आउँछ ।”
- Q.१०. दिइएको गद्यांश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस्ःएक हप्तापछि शन्तमायाले काम गर्न थालिन् । उनले काम गर्ने घर सेवा निवृत्त डाक्टर दम्पतीको थियो । घरमा दम्पती मात्रै थिए।दुई भाइ छोरा देशबाहिर गएका थिए । फराकिलो कम्पाउन्ड र बगैंचा । साढे दुई तले घर । ती दम्पतीलाई घर व्यवस्थापनमा सकस थियो । बगैंचामा चल्ने मेहनती हातको खाँचो थियो । भान्सामा बाथरुममा, कौसीमा जताततै चल्ने छरिता पैतालाको आवश्यकता थियो । समग्रमा इमानदारिका साथ काम गरिदिने कामदारको आवश्यकता थियो । हाम्रो अफिसमा दम्पती नै आएका थिए । उनीहरूले महिला कामदारलाई प्राथमिकता दिएका थिए । शन्तमायाको व्यक्तिगत विवरण हेरे अनि उनीहरू खुसी भएका थिए । सन्तमायाले बिहान सात बजेदेखि साँझ पाँच बजेसम्म त्यही घरमा काम गर्न थालेकी थिइन् । उनी पनि डाक्टर दम्पतीले उपलब्ध गराएको पारिश्रमिकमा खुसी थिइन् । त्यसमाथि पनि चाडबाडमा थप रकम र कपडा पाउन थालिन् शन्तमायाले ।प्रश्नहरूःक. 'उनी पनि डाक्टर दम्पतीले उपलब्ध गराएको पारिश्रमिकमा खुसी थिइनन्।' यस वाक्यलाई करण बनाउनुहोस् ।ख. अनुच्छेदमा रेखाङ्कित 'शन्तमायाले' शब्दको कारक र विभक्तिचिनेर लेख्नुहोस् ।ग. माथिको अनुच्छेदको “त्यसमाथि पनि चाडबाडमा थप रकम र कपडा पाउन थालिन् शन्तमायाले ।” वाक्यलाई व्याकरणिक पदक्रममा मिलाउनुहोस् ।घ. माथिको अनुच्छेदको 'शन्तमायाको व्यक्तिगत विवरण हेरे अनि उनीहरू खुसी भएका थिए । 'वाक्यलाई सरल वाक्यमा बदल्नुहोस् ।A.उनी पनि डाक्टर दम्पतीले उपलब्ध गराएको पारिश्रमिकका कारण खुसी थिइन् ।कारक = करण कारकविभक्ति = “ले”शन्तमायाले चाडबाडमा पनि थप रकम र कपडा पाउन थालिन् ।शन्तमायाको व्यक्तिगत विवरण हेरेर उनीहरू खुसी भए ।
- Q.११. दिइएको गद्यांश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :व्यक्तिमा उत्पन्न हुने मानसिक दबाबको अवस्था तनाव हो । जीवनका पीडा, सङ्घर्ष, चिन्ता, वातावरणीय दबाब, कामको चाप दिले तनाव सिर्जना गरिरहेका हुन्छन् । सामाजिक वातावरणका साथै व्यक्तिमा आएका शारीरिक तथा मानसिक परिवर्तनका कारण पनि तनाव उत्पन्न हुन्छ । तनावले व्यक्तिको दैनिक काममा समेत असर पर्न सक्छ । तनाव व्यवस्थापनका लागि समर्पण, सङ्घर्ष, सम्झौता जस्ता रणनीति अपनाउन सकिन्छ । सामाजिक राजनीतिका व्यवहारजन्य गतिविधिबाट उत्पन्न चुनौती स्वीकार गर्नु समर्पण हो । जीवनमा आइपरेका चुनौतीको सामना गर्दै अगि बढ्नु सङ्घर्ष हो । त्यस्तै व्यक्तिका आचरण र व्यवहारजन्य गतिविधिसँग सहकार्य गर्दै अगि बढ्नु सम्झौता हो । योगध्यान, मनोरञ्जन, सङ्गीत, खेलकुद, शारीरिक व्यायाम, सन्तुलित खानपान आदिका साथै सिर्जनात्मक, सामाजिक तथा रचनात्मक कार्यमा सक्रिय भएर पनि तनाव कम गर्न सकिन्छ ।प्रश्नहरूअ. तनाव उत्पन्न हुनाका कारण के के हुन् ?आ. तनाव व्यवस्थापनमा कस्ता रणनीति अपनाउन सकिन्छ ?इ. तनावले मानिसलाई कस्तो अवस्थामा पुऱ्याउँछ ?ई. तनाव कम लिने व्यक्तिको जीवन किन सफल हुन्छ ?A.तनाव उत्पन्न हुनाका कारण:
- जीवनका पीडा र सङ्घर्ष
- चिन्ता र डर
- वातावरणीय दबाब
- कामको चाप
- शारीरिक र मानसिक परिवर्तन
तनाव व्यवस्थापनका रणनीति:- समर्पण: सामाजिक व्यवहार वा चुनौती स्वीकार गर्नु
- सङ्घर्ष: जीवनका चुनौतीको सामना गर्दै अघि बढ्नु
- सम्झौता: आचरण र व्यवहारजन्य गतिविधिसँग सहकार्य गर्दै अघि बढ्नु
- योगध्यान, मनोरञ्जन, सङ्गीत, खेलकुद, शारीरिक व्यायाम
- सन्तुलित खानपान र सिर्जनात्मक तथा रचनात्मक कार्यमा सक्रियता
तनावले मानिसलाई पुर्याउने अवस्था:- दैनिक कार्यमा असर
- मानसिक दबाब र असहजता
- स्वास्थ्यसम्बन्धी समस्या
तनाव कम लिने व्यक्तिको जीवन किन सफल हुन्छ:- मानसिक सन्तुलन कायम राख्न सक्ने
- चुनौतीलाई सहज रूपमा सामना गर्न सक्ने
- सक्रिय र रचनात्मक कार्यमा ध्यान दिन सक्ने
- परिणामस्वरूप व्यक्तिगत तथा सामाजिक सफलता प्राप्त
- Q.१२. कुनै एक प्रश्नको उत्तर दिनुहोस् :क. दिइएका बुँदामा आधारित रही कथा तयार पार्नुहोस् र उपयुक्त शीर्षक पनि दिनुहोस् :सोनापुर नाम गरेको एउटा गाउँ हुनु राधेश्याम नाम गरेको एउटा केटा बस्नु .... अन्डा दिने एउटा कुखुरी पाल्नु.... अन्डा बेच्न बजार हिँड्नु...... हिँड्दाहिँड्दै कल्पनामा डुब्नु..... अन्डा बेचेर आएको पैसाले बाखी किन्ने .... पाठापाठी बेचेर भैंसी किन्ने...... पाडापाडी र दुध बेचेर घडेरी किनी घर बनाउने सपना देख्नु..... एउटा ढुङ्गामा ठेस लाग्नु...... बोकेका अन्डा भुँइमा खस्नु....सबै अन्डा फुट्नु..... निराश बन्नु..... अनावश्यक कल्पना गर्ने बानी अनुचित हुन्छ भन्ने सन्देश ।ख. 'माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा' को नतिजा प्रकाशन हुने अगिल्लो दिन आफ्ना मनमा उब्जेका भाव समेटी मनोवाद तयार पार्नुहोस् ।A.शीर्षक: सपना र वास्तविकतासोनापुर गाउँमा राधेश्याम नामको केटा बस्ने गर्दथ्यो। ऊ अन्डा दिने एउटा कुखुरी पाल्थ्यो। अन्डा बजारमा बेचेर आएका पैसाले ऊ बाखी किन्ने, पाठापाठी बेचेर भैंसी किन्ने, अनि पाडापाडी र दुध बेचेर घडेरी बनाउने सपना देख्थ्यो। एक दिन ऊ ढुङ्गामा ठेस लागेर बोकेका अन्डा भुइँमा खस्यो र सबै फुटे। राधेश्याम निराश भयो। यस घटनाले उसलाई अनावश्यक कल्पना गर्ने बानी अनुचित भएको सिकायो।म आज बिहान उठ्दा मनै चञ्चल थियो। नतिजा प्रकाशित हुने दिन भएकोले म उत्साहित थिएँ, तर केही डर पनि लागिरहेको थियो। म मनमनै सोच्दै थिएँ, "के नतिजा राम्रो आउला? मेरो मेहनत सफल हुने हो कि होइन?" मेरो मनमा आशा र डर दुवै उत्पन्न भएका थिए।
- Q.१३. कुनै एक प्रश्नको उत्तर दिनुहोस् :क. कक्षा दशको अनिवार्य विषयका पाठ्पुस्तकहरू माग गर्दै सपना पुस्तक पसल, त्रिशूली, नुवाकोटले जनक शिक्षा सामग्री केन्द्र, सानोठिमी, भक्तपुरलाई लेख्ने पत्रको नमुना तयार पार्नुहोस् ।ख. तपाईंको विद्यालयको वार्षिकोत्सव समारोहमा अभिभावकलाई आमन्त्रण गर्नका लागि तयार गरिने निमन्त्रणा पत्रको नमुना तयार गर्नुहोस् ।A.प्रति: जनक शिक्षा सामग्री केन्द्र, सानोठिमी, भक्तपुरविषय: कक्षा दशको अनिवार्य पाठ्यपुस्तक मागआदरणीय महोदय,म, सपना पुस्तक पसल, त्रिशूली, नुवाकोटबाट, कक्षा दशका विद्यार्थीहरूको लागि आवश्यक अनिवार्य पाठ्यपुस्तक उपलब्ध गराउन अनुरोध गर्दछु। कृपया सकेसम्म छिटो आवश्यक सामग्री उपलब्ध गराइदिनुहुन अनुरोध छ।धन्यवाद।प्रिय अभिभावक,हाम्रो विद्यालयको वार्षिकोत्सव आगामी २५ असोज, २०७८ मा विद्यालय प्राङ्गणमा आयोजना हुँदैछ। यस कार्यक्रममा तपाईंको उपस्थितिले हामीलाई गौरव हुनेछ। कृपया आफ्नो समय निकालेर समारोहमा उपस्थित हुन अनुग्रह गर्नुहोस्।धन्यवाद।
- Q.१४. दिइएको अनुच्छेदबाट चारओटा बुँदा टिपोट गर्नुहोस् :बहादुर शाह बेतिया पुगेको खबर राजेन्द्रलक्ष्मीको कानमा कनसुत्लो पसे जस्तै भयो । एकछिन अत्तालिएर उनले विचार गरिन् । अब तेल हालेर बस्ने वेला छैन । बरु कसरी कुन चाहिँ ओखतीको प्रयोग गर्ने हो ? कुन जाल रच्नलाई उनी गएका हुन्, त्यो पनि त पत्तो छैन । यदि हुरी बनेर आए भने धेरै भारदार पतिङ्गर बनेर उनलाई पछ्याउने छन् । यदि आएनन् भने पनि आफ्नो हातको ढाल तरबार मैले गुमाएँ । कदरका साथ राख्नुपर्ने हिरालाई हुत्याउनेको चहक बढ्न सक्दैन । सदुपयोग गर्न नजान्नु ठुलो भुल हो । अहिले ठिक ठाउँमा राखेर तेल बेसार धसिएका वचनले लडाइमा खटाइदिएको भए धेरै बेस हुन्थ्यो उनी बाहिर सभा समाल्थे, म भित्र मिलाउँथें । वास्तवमा देवर खराब होइनन् । यदि यिनले मानवताको साँध नाघेको भए उहिले नै सती जानुपर्ने भसमा फसाइदिन्थे । त्यो वेला यिनले सहायता नदिएको भए मेरो के दैया चल्थ्यो ? अर्कै पासामा पार्न पनि सक्थे, सधैं गुन लाउन कसले सक्छ र !A.
- बहादुर शाह बेतिया पुगेको खबर राजेन्द्रलक्ष्मीलाई तुरुन्त थाहा भयो।
- उनले तत्काल तेल हालेर बस्नु नहुँदा, कुन ओखती प्रयोग गर्ने सोचिन्।
- यदि हुरी आए भने पतिङ्गर बनेर पछ्याउने थिए, नआए पनि ढाल–तरबार गुमाउने डर।
- उनले हिरा सुरक्षित राख्नुपर्ने र सदुपयोग नजानु ठूलो भुल भएको ठाने।
- Q.१५. दिइएको अनुच्छेदबाट एक तृतीयांशमा सारांश लेख्नुहोस् :साइबर अपराधको सिकारबाट जोगिन कम्प्युटर, ल्यापटप र मोबाइलमा चलाइने सामाजिक सञ्जाललगायत पासवर्ड कसैलाई दिनुहुँदैन । समय समयमा पासवर्ड परिवर्तन गरिरहनुपर्छ । अपरिचित व्यक्ति वा संस्थाबाट आएका इमेल खोल्नुहुँदैन । इमेलमा काम गरिसकेपछि साइन आउट गर्नुपर्छ । इमेल वा सामाजिक सञ्जालमा आउन सक्ने आकर्षक उपहार वा चिट्ठाको भ्रममा पर्नुहुँदैन । यस्ता इमेल वा म्यासेज माथि शङ्का लागेमा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्नुपर्छ । आफू लुटिएको कुरा थाहा पाएपछि समयमै प्रहरीलाई खबर गरेको भए यसो हुने थिएन के गर्नु ? कुनै पनि मेल वा म्यासेजमा लिङ्क आएमा पहिला लिङ्क सही हो वा होइन पत्ता लगाएर मात्र लिङ्कमा क्लिक गर्ने गर्नुपर्छ । त्यसैगरी गैरकानुनी रूपमा अरूको वाइफाइ प्रयोग नगर्ने मोबाइल हराएमा नजिकको दूरसञ्चार सेवा प्रदायकलाई जानकारी गराई आफ्नो सिम ब्लक गराउन लगाउनुपर्छ ।A.साइबर अपराधबाट बच्न व्यक्तिगत उपकरण र सामाजिक सञ्जालमा पासवर्ड कसैलाई दिन हुँदैन। समय समयमा पासवर्ड परिवर्तन गर्नुपर्छ। अपरिचित इमेल वा लिंकमा क्लिक नगरी शंका लागे प्रहरीलाई जानकारी दिनुपर्छ। वाइफाइ अनधिकृत प्रयोग नगरी मोबाइल हराएमा सेवा प्रदायकलाई खबर गर्नु आवश्यक छ। यसरी सावधानी अपनाउँदा साइबर अपराधबाट जोगिन सकिन्छ।
- Q.१६. दिइएका दुवै प्रश्नको उत्तर दिनुहोस् :क. दिइएको कवितांश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :जुटेका ज्ञानले जो छन् पार्दै धर्ती मनोहरउठेका कर्मले जो छन् गर्दै निर्माण सुन्दरसमर्पित भएका छन् जो सदा न्यायखातिरसंसारमा उठेका छन् तिनैका विजयी शिर ।प्रश्नहरूअ. संसारमा कस्ता मान्छे विजयी बन्छन् ?आ. यस कवितांशको सन्देश के हो ?ख. दिइएको निबन्धांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :चिकित्साका निरोधात्मक, प्रवर्धनात्मक र उपचारात्मक पद्धति छन् । रोग नियन्त्रणका लागि रोग लाग्नुपूर्व नै प्रदान गरिने सेवा निरोधात्मक हो । स्वास्थ्य स्थिति सुधार गर्न प्रदान गरिने पोषण कार्यक्रम, स्वास्थ्य शिक्षा, वातावरणीय सरसफाइ कार्यक्रम जस्ता सेवा प्रवर्धनात्मक स्वास्थ्य सेवा हुन् । रोग लागेपछि निको पार्नका लागि प्रदान गरिने सेवालाई उपचारात्मक स्वास्थ्य सेवा भनिन्छ । उपचारात्मक स्वास्थ्य सेवाका लागि आधुनिक चिकित्सा विज्ञान र आयुर्वेद चिकित्सा पद्धतिबाहेक होमियोप्याथी, प्राकृतिक चिकित्सा, मनोचिकित्सा, अकुप्रेसर, युनानी चिकित्सा जस्ता अनेकौँ उपचार पद्धति छन् । तीमध्ये युनानी, एलोप्याथिक, होमियोप्याथिक र आयुर्वेदिक गरी चार चिकित्सा पद्धति प्रचलित छन् । होमियोप्याथिक शब्दको अर्थ सदृश रोग चिकित्सा भन्ने बुझिन्छ । यसअनुसार रोगका सदृश वा समान लक्षण उब्जाउने औषधीय पदार्थद्वारा नै कुनै रोगको निदान गर्नु भन्ने बुझिन्छ ।प्रश्नहरू:अ. होमियोप्याथिक कस्तो उपचार पद्धति हो ?आ. निरोधात्मक र प्रवर्धनात्मक कस्ता स्वास्थ्य सेवा हुन् ?A.संसारमा विजयी हुने मान्छेहरू तिनीहरू हुन् जसले ज्ञानलाई प्रयोग गरेर सुन्दर निर्माण गर्छन्, कर्ममा सक्रिय हुन्छन्, न्याय र सधैं सहीको पक्षमा समर्पित रहन्छन्। उनीहरूको कर्म र मनोबलले समाजमा सकारात्मक परिवर्तन ल्याउँछ र उनीहरूको प्रभाव लामो समयसम्म कायम रहन्छ।यो कविताले मानिसलाई प्रेरणा दिन्छ कि ज्ञान, कर्म र न्यायप्रतिको समर्पणले मात्र व्यक्ति जीवनमा सफल र समाजमा प्रभावकारी बन्न सक्छ। केवल इच्छा वा सोचले होइन, कर्म र समर्पणले नै व्यक्तिको विजय सुनिश्चित हुन्छ।होमियोप्याथिक उपचार पद्धति रोगका समान लक्षण उत्पन्न गर्ने औषधीय पदार्थमार्फत रोगको निदान गर्ने विधि हो। यसमा शरीरलाई सानो मात्रामा रोगसमान पदार्थ दिई रोग प्रतिरोधात्मक क्षमता जागृत गराइन्छ।
- निरोधात्मक स्वास्थ्य सेवा: रोग लाग्नु अघि रोकथाम गर्नका लागि प्रदान गरिने सेवा, जस्तै खोप, रोग नियन्त्रण कार्यक्रम।
- प्रवर्धनात्मक स्वास्थ्य सेवा: स्वास्थ्य सुधार र जीवनस्तर उन्नत गर्न प्रदान गरिने सेवा, जस्तै पोषण कार्यक्रम, स्वास्थ्य शिक्षा, सरसफाइ कार्यक्रम।
- Q.१७. यदि तपाईं 'घरको माया' एकाङ्कीका पात्र लालबहादुरका ठाउँमा हुनुभएको भए जमानसिंह नेपाल फर्कंदा के गर्नुहुन्थ्यो ? आफ्नो तर्क प्रस्तुत गर्नुहोस् ।A.यदि म लालबहादुरको ठाउँमा भएँ, जमानसिंह नेपाल फर्कंदा मैले परिवार र गाउँलेसँग सहकार्य गर्दै स्वागत गर्थें। म आफ्नो ईमानदारी र मनको माया देखाएर जमानसिंहलाई सहज महसुस गराउने थिएँ। किनभने उनले ठूलो यात्रा सकेर फर्केका छन्, त्यसैले सम्मान र सद्भाव देखाउनु आवश्यक हुन्छ। यसले सामाजिक सम्बन्ध मजबुत बनाउँछ र कथा अनुसार लालबहादुरको जिम्मेवारीको भाव प्रष्ट हुन्छ।
- Q.१८. कुनै एक उद्धरणको व्याख्या गर्नुहोस् :क. सयौँ पर्खाइको पछिल्तिर मेरा सयौँ सपना पर्खिरहेछन्, इच्छा र आकाङ्क्षा पर्खिरहेछन् ।ख. पूर्वले दियो विश्वकै लागि रहस्य विशाल अपूर्व शिरोमुकुट हाम्रो सर्वोच्च हिमाल ।A.यस उद्धरणले धैर्य, समयको प्रतीक्षा, इच्छा र आकांक्षाको महत्व देखाउँछ। मानिसले सफलता वा आफ्नो सपना प्राप्त गर्न समय र धैर्यको आवश्यकता हुन्छ। पर्खाइमा पनि सक्रिय योजना र इच्छाशक्ति हुनुपर्छ भन्ने सन्देश छ।यो उद्धरणले नेपालको हिमालहरूको अद्वितीयता र विश्वव्यापी महत्व दर्शाउँछ। हिमाल हाम्रो राष्ट्रिय गौरव मात्र होइन, मानवजातिका लागि प्राकृतिक चमत्कार र रहस्य पनि हुन्। यसको माध्यमबाट प्राकृतिक सम्पदाको मूल्य र संरक्षणको आवश्यकता देखाइन्छ।
- Q.१९. कुनै एक प्रश्नको समीक्षात्मक उत्तर दिनुहोस् :क. दिइएको जीवनीको अंश पढी पाठसमेतका आधारमा सोधिएको प्रश्नको उत्तर दिनुहोस् :लक्ष्मीप्रसाद देवकोटा ३४ वर्षको उमेरमा नेपाली भाषानुवाद परिषद्मा नेपाली पुस्तक लेखकका रूपमा जागिरे भए । यो जागिरे अवधि उनको लेखन यात्राको स्वर्णकाल रह्यो । यसै समयमा उनले उत्कृष्ट खालका महाकाव्य र खण्डकाव्यका साथै थुप्रै कविता, गीत, बालकविता, कथा, निबन्ध आदिको रचना गरे ।प्रश्न:अ. माथिको जीवनीको अंश र मूल पाठका आधारमा लक्ष्मीप्रसाद देवकोटाले नेपाली भाषा र साहित्यका क्षेत्रमा पुऱ्याएका योगदानको समीक्षा गर्नुहोस् ।ख. दिइएको कथांश पढी पाठसमेतका आधारमा सोधिएको प्रश्नको उत्तर दिनुहोस् :विचार गर्दागर्दै कृष्ण रायले रेलको डिब्बामा भएको झगडालाई सम्झे, हाटमा तिनीद्वारा धक्का खाई लडेको एउटा मान्छेलाई सम्झे, तिनले निकालिदिएका नोकरहरूलाई सम्झे, गरिब तर इर्ष्यालु दाजुभाइलाई सम्झे जो तिनको उन्नति देखिसहँदैनथे । अरूको त के कुरा आफ्नै पोष्य पुत्रमाथि पनि उनलाई भरोसा थिएन ।प्रश्न:अ. आफूलाई शत्रुरहित ठान्ने कृष्ण रायले आफूमाथिको लट्ठी प्रहारपछि किन सबैलाई शत्रु देख्नथाले, माथिको कथांश र 'शत्रु' कथा पाठका आधारमा समीक्षा गर्नुहोस् ।A.लक्ष्मीप्रसाद देवकोटाले नेपाली साहित्यमा अमूल्य योगदान पुर्याए। उनले खण्डकाव्य, महाकाव्य, कविता, गीत, बालकविता, कथा र निबन्धमा उत्कृष्ट रचनाहरू सिर्जना गरे। विशेषगरी “मुनामदन” मार्फत लोकभाकालाई साहित्यिक शिखरमा पुर्याए। उनी आधुनिक नेपाली साहित्यको शिखरस्थ व्यक्तित्व हुन्। उनको लेखन शैली र बहुविध रचना नेपाली भाषाको विकासमा अभूतपूर्व रहे। युवा पुस्ताले उनको कृतिहरूबाट साहित्यिक, नैतिक र सांस्कृतिक शिक्षा लिन सक्छ।कृष्ण रायले आफ्नो वरिपरिका मानिसलाई शत्रु ठानेको कारण उनी आत्मसुरक्षा र पारिवारिक सुरक्षा भावले प्रेरित थिए। उनी अरूमा अविश्वास देखाउँछन्, खासगरी आफ्नो पोष्य पुत्र वा कमजोर व्यक्तिमा भरोसा नगर्ने मानसिकता छ। कथाले मानिसमा अविश्वास र डरले कसरी व्यवहारलाई असर गर्छ भन्ने देखाउँछ।
- Q.२०. कुनै एक शीर्षकमा १५० शब्दसम्मको निबन्ध लेख्नुहोस् :क. मेरो रमाइलो यात्राख. शिक्षाको विकासमा प्रविधिको प्रयोगग. नेपालको प्राकृतिक विविधताA.मेरो रमाइलो यात्रा गएको वर्षको गर्मी बिदामा भएको थियो। म परिवारसँग पोखरा घुम्न गएको थिएँ। यात्रा सुरु गर्नु अघि म निकै उत्साहित थिएँ, किनभने पोखराको सुन्दर ताल, हरियाली र हिमालको दृश्य हेर्नको लागि लामो समयदेखि योजना बनाइरहेको थिएँ। हामीले यात्रा सुरु गर्दा बाटोमा हिमाल र नदीको दृश्य देखेर मन प्रसन्न भयो। पोखरामा पुगेपछि फेवातालमा डुंगा चढ्यौं, साहसिक खेल खेलेँ र स्थानीय परिकारहरू चाख्यौं। माछापुच्छ्रे हिमालको दृष्य हेर्दा मन अत्यन्त आनन्दित भयो। यो यात्रा मलाई प्रकृतिसँग नजिक ल्यायो र परिवारसँगको समय अझ मिठो बनायो। रमाइलो यात्रा केवल मनोरञ्जन मात्र नभई जीवनको यादगार अनुभव पनि रह्यो। मैले सिकेको मुख्य कुरा के हो भने यात्राले मानिसको अनुभव, ज्ञान र सम्बन्ध दुवै समृद्ध बनाउँछ।आजको समयमा शिक्षा र प्रविधि अभिन्न बनिसकेका छन्। विद्यालयमा डिजिटल कक्षाको प्रयोग, अनलाइन अध्ययन, भिडियो लेक्चर र स्मार्ट बोर्डले शिक्षण–अधिगम दुवैलाई सहज बनाएको छ। प्रविधिको प्रयोगले विद्यार्थीलाई अन्तर्राष्ट्रिय ज्ञान र स्रोतसम्म पहुँच दिन्छ। यसले शिक्षक र विद्यार्थीबीच अन्तरक्रियात्मक सम्बन्ध बढाउँछ र शिक्षा गुणस्तरीय बनाउँछ। अनलाइन क्विज, मल्टिमिडिया प्रस्तुतिकरण, र भर्चुअल ल्याबले सिकाइ प्रक्रियामा रुचि बढाउँछ। प्रविधि सही प्रयोगले शिक्षा सबैका लागि समान पहुँचयोग्य बनाउँछ, समय बचत हुन्छ र ज्ञानको स्तर उन्नत हुन्छ। यसरी प्रविधिको सहायताले शिक्षा विकासमा ठूलो योगदान पुर्याइरहेको छ।नेपाल प्राकृतिक विविधताले भरिपूर्ण देश हो। यहाँ हिमाल, पहाड, तराई र उपत्यकाको भिन्न–भिन्न भूगोल पाइन्छ। हिमालय क्षेत्रले विश्वका उच्चतम शिखरहरू जस्तै सगरमाथा प्रदान गर्दछ। तराई क्षेत्र उपजाउ खेत, वनस्पति र जनजीवनको लागि प्रसिद्ध छ। पोखरा, चितवन र लुम्बिनीजस्ता स्थानहरूले पर्यटकलाई आकर्षित गर्छन्। यहाँको जैविक विविधता, नदी–ताल, वन्यजन्तु र वनस्पतिले नेपालको प्राकृतिक सम्पदाको महत्त्व देखाउँछ। विभिन्न भौगोलिक क्षेत्रको मेलले यहाँको जलवायु, कृषि र जीवनशैलीमा पनि भिन्नता ल्याउँछ। नेपालमा यस्तो प्राकृतिक विविधता मात्र नभई पर्यावरणीय शिक्षा र पर्यटनको अवसर पनि भरिपूर्ण छ।
Practice Without Boundaries.
Premium gives you full access, zero ads, and unlimited custom paper generation. Study your way, every day.