Answers On/OffJS required
Group A
- Q.१. समूह 'क' मा दिइएका शब्दको अर्थ समूह 'ख' बाट पहिचान गरी जोडा मिलाउनुहोस् :
समूह 'क' समूह 'ख' खसम धान झाँट्ने काम व्याधा झझल्को घनघोर पति झटनी बिनसित्ति डर लाग्दो सिकारी A.समूह 'क' समूह 'ख' खसम पति व्याधा सिकारी घनघोर डर लाग्दो झटनी धान झाँट्ने काम - Q.२. दिइएको अनुच्छेदबाट उपयुक्त शब्द पहिचान गरी खाली ठाउँ भर्नुहोस् :आमा सिर्जना शक्ति हुन् । आमा जन्मदात्रीअनि ममताकी खानी पनि हुन् । आमालाई उपेक्षा गर्नु सर्वथा पाप हो । सन्तानको उन्नति आमाको एक मात्र चाहना हो । गर्भमा राखेर सृष्टि गर्ने आमाको ममताप्रति गर्व गर्नुपर्छ । जीवनको उत्तरार्धमा असहाय बनेकी आमाको लौरी बन्नु सन्तानको कर्तव्य अनि धर्म हो ।क. 'रचना'को पर्यायवाची शब्द .................... हो ।ख. 'प्रलय'को विपरीतार्थक शब्द .................... हो ।ग. 'लौरो'को लघुतावाची शब्द .................... हो ।घ. श्रुतिसमभिन्नार्थक शब्द .................... हुन् ।A.क. 'रचना'को पर्यायवाची शब्द सिर्जना हो ।ख. 'प्रलय'को विपरीतार्थक शब्द सृष्टि हो ।ग. 'लौरो'को लघुत्ववाची शब्द लौरी हो ।घ. श्रुतिसमभिन्नार्थक शब्द खानी हो ।
- Q.३. दिइएको अनुच्छेदबाट एउटा उखान र एउटा पारिभाषिक शब्द पहिचान गरी वाक्यमा प्रयोग गर्नुहोस् :'आफू त काला अक्षर भैंसी बराबर भइहालें, तिमी चाहिँ राम्रोसँग पढेर विद्वान् बन्नुपर्छ है नाति !', मन्सुरकी हजुरआमा सधैं यस्ता कुरा गर्नुहुन्छ । उहाँको उपदेशले बल्ल मन्सुरको घूँटामा घाम लाग्न थालेको छ । ऊ भविष्यमा चिकित्सा वा प्रविधिका क्षेत्रमा काम गर्ने योजनामा छ ।A.उखान: "घुँटामा घाम लाग्नु"वाक्य: धेरै पढेपछि अब त उसलाई पनि घुँटामा घाम लाग्यो।पारिभाषिक शब्द: "चिकित्सा"वाक्य: गाउँमा नयाँ अस्पताल बनेपछि चिकित्सा सेवा सहज भएको छ।
- Q.४. तलका प्रश्नको उत्तर दिनुहोस् :क. दिइएका शब्द समूहबाट शुद्ध शब्द छानी लेख्नुहोस् :अ. दबदबा, दबदवा, दवदवा, दवदबाआ. सन्चार, संचार, सञ्चार, सम्चारख. दिइएको वाक्यलाई शुद्ध पारी लेख्नुहोस् :यो संसारमा आफुलाई बिर्सेर सन्तानका लागी माया गर्ने आमा भन्दा महान् अर्को छैन । आमा नै करुणा क्षमा र सृष्टिकी आधार हुन् ।A.अ. दबदबाआ. सञ्चारयो संसारमा आफूलाई बिर्सेर सन्तानका लागि माया गर्ने आमा भन्दा महान् अर्को छैनन् । आमा नै करुणा, क्षमा र सृष्टिकी आधार हुनुहुन्छ ।
- Q.५. दिइएको अनुच्छेदमा रेखाङ्कन गरिएका शब्दको पदवर्ग पहिचान गर्नुहोस् :सरोज आज सबेरै काममा निस्केछन् । उनी त्यहाँबाट थोरै अग्लो डाँडाँमा पुगेर आफ्नो गाउँलाई एकचोटि फर्केर हेरेछन् । कुहिरो डम्म लागेकोले केही पनि देखेनछन् ।A.आज → क्रियाविशेषणउनी → सर्वनामआफ्नो → सर्वनामकुहिरो → संज्ञापनि → अव्ययदेखेनछन् → क्रिया
- Q.६. दिइएका प्रश्नको उत्तर दिनुहोस् :क. दिइएको अनुच्छेदबाट दुईओटा उपसर्ग र दुईओटा प्रत्यय लागेर बनेका शब्द पहिचान गरी निर्माण प्रक्रियासमेत देखाउनुहोस् :विद्यालयको वार्षिक उत्सव समारोहमा विशिष्ट अतिथिको आगमन भयो । उहाँले विद्यार्थीलाई पढाइका साथै आफूले काम गर्ने क्षेत्रमा सिपालु बन्ने सुझाव दिनुभयो । उहाँको भाषण सुनेर मैले पनि भविष्यमा नेपाल र नेपालीको सेवा गर्ने सङ्कल्प गरेको छु ।ख. दिइएको अनुच्छेदबाट एउटा समस्त शब्द पहिचान गरी विग्रह गर्नुहोस्, एउटा विग्रह पदावली पहिचान गरी समस्त शब्द बनाउनुहोस् र द्वित्व भएर बनेका दुईओटा शब्द पहिचान गरी निर्माण प्रक्रियासमेत देखाउनुहोस् :भाइले बगैंचाबाट सयपत्रीका राम्रा राम्रा फूल टिपेर ल्यायो । आमाले बहिनीको गुन्यूचोली कार्यक्रमका लागि मालाउन्नुभयो । नयाँ कपडा र माला लगाएपछि मृगका जस्ता नयन भएकी बहिनी चन्द्रमा जस्तो मुख भएकी उज्याली देखिई । आआफूले ल्याएका उपहार बहिनीलाई दिएर छिमेकीहरू घर घर गए ।A.उपसर्गयुक्त शब्दहरू:१. विशिष्ट = वि + विशेष२. अतिथि = अ + तिथिप्रत्यययुक्त शब्दहरू:१. विद्यार्थी = विद्या + अर्थी२. सिपालु = सिप + आलुसमस्त शब्द: गुन्यूचोलीविग्रह: गुन्यू + चोली = गुन्यूचोलीविग्रह पदावली: घर घरसमस्त शब्द: घरघरद्वित्व शब्दहरू:१. राम्रा राम्रा → (द्वित्व विशेषण, सुन्दरताको पुनरुक्ति)२. घर घर → (द्वित्व संज्ञा, प्रत्येक घर)३. आआफू → (द्वित्व सर्वनाम, हरेक व्यक्तिले आफ्नो)
- Q.७. दिइएको अनुच्छेदलाई वर्तमान कालको पूर्ण पक्षमा परिवर्तन गर्नुहोस् :हाम्रोगाउँमा सडक बन्यो । गाउँका कृषिजन्य उत्पादन सहरबजारमा पुग्न थाले । गाउँलेहरूको आम्दानी बढ्न थाल्यो । छोटो अवधिमा नै गाउँको आर्थिक समृद्धि भयो ।A.हाम्रोगाउँमा सडक बनेको छ । गाउँका कृषिजन्य उत्पादन सहरबजारमा पुगेका छन् । गाउँलेहरूको आम्दानी बढेको छ । छोटो अवधिमा नै गाउँको आर्थिक समृद्धि भएको छ ।
- Q.८. कुनै एक प्रश्नको उत्तर दिनुहोस् :क. इच्छार्थकका फरक फरक क्रियापद प्रयोग गरी चार वाक्यमा आफ्नी दिदीको उन्नतिको कामना गर्नुहोस् ।ख. दिइएका वाक्यलाई मध्यम आदरमा परिवर्तन गरी पुनर्लेखन गर्नुहोस् :कमल विद्यालयबाट घर फर्कन्छ । ऊ नास्ता खान्छ । ऊ एकछिन साथीसँग खेल्छ । ऊ खाना खाएर केही समय पढ्छ ।A.१. दिदीले पढाइमा सफलता पाऊन् ।२. दिदीको करियर उज्यालो होस् ।३. दिदीको जीवनमा सुख-शान्ति छाओस् ।४. दिदी हरेक क्षेत्रमा प्रगतिशील होस् ।कमल विद्यालयबाट घर फर्कन्छन् । उहाँ नास्ता खानुहुन्छ । उहाँ एकछिन साथीसँग खेल्नुहुन्छ । उहाँ खाना खाएर केही समय पढ्नुहुन्छ ।
- Q.९. कोष्ठकमा दिइएका सङ्केतका आधारमा वाक्य परिवर्तन गर्नुहोस् :क. उनीहरू धेरै हिँडे। उनीहरू थाके । (वाक्य संश्लेषण)ख. बुबाले दाल र तरकारी पकाउनुभयो । (कर्मवाच्य)ग. सरिता गीत गाउँछिन् । (प्रेरणार्थक)घ. आमाले भन्नुभयो, “हामीले सधैं परिश्रम गर्नुपर्छ ।” (अप्रत्यक्ष कथन)A.उनीहरू धेरै हिँडे, त्यसैले थाकेका थिए ।दाल र तरकारी बुबाद्वारा पकाइयो ।सरितालाई गीत गाउन लगाइन्छ ।आमाले भन्नुभयो कि हामीले सधैं परिश्रम गर्नुपर्छ ।
- Q.१०. दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :अधिकार कर्तव्यभन्दा ठुलो कुरा हो । अधिकार पाउनका लागि गरिएका ठुलाठुला सङ्घर्ष र आन्दोलन यसका प्रमाण हुन्। जनताका अधिकार कुण्ठित गर्न खोज्दा हिटलरले हार व्यहोर्नु परेको दृष्टान्त पनि ज्वलन्त नै छ। नेपालमा पनि पटक पटक अधिकार प्राप्तिका लागि भएका आन्दोलन र क्रान्ति यसका साक्षी छन् । अधिकार आवश्यक नहुँदो हो त यी आन्दोलन जरुरी थिएनन् । अधिकारको लडाइँले मुलुकलाई समृद्ध बनाउँछ । दासत्व अन्त्य गर्ने र अधिकार प्राप्त गर्ने अमेरिकी स्वतन्त्रता सङ्ग्रामको लडाइँले अमेरिकालाई बलियो बनायो । रभेदविरुद्ध दशकौँ लामो सङ्घर्षगरेको दक्षिण अफ्रिका रङ्गभेदमुक्त मुलुक बन्यो । मानव अधिकार, बाल अधिकार, पशु अधिकार जस्ता अधिकार प्राप्तिका अनेक लडाइँले देश र समाजमा परिवर्तन ल्यायो ।प्रश्नहरू :क. 'अधिकारको लडाइँले मुलुकलाई समृद्ध बनाउँछ ।' यस वाक्यलाई अकरणमा बदल्नुहोस् ।अधिकारको लडाइँले मुलुकलाई समृद्ध बनाउँदैन ।ख. रेखाङ्ङ्कित 'अमेरिकालाई' शब्दको कारक र विभक्तिको नाम लेख्नुहोस् ।ग. 'जनताका अधिकार कुण्ठित गर्न खोज्दा हिटलरले हार व्यहोर्नु परेको थियो ।'यस वाक्यको उद्देश्य र विधेय पहिचान गरी लेख्नुहोस् ।घ. 'रभेदविरुद्ध दशकौँ लामो सङ्घर्ष गरेको दक्षिण अफ्रिका रङ्गभेदमुक्त मुलुक बन्यो ।' यस वाक्यलाई संयुक्त वाक्यमा बदल्नुहोस् ।A.कारक: सम्प्रदान कारकविभक्ति: लाई विभक्तिउद्देश्य : हिटलरलेविधेय : जनताका अधिकार कुण्ठित गर्न खोज्दा हार व्यहोर्नु परेको थियोदक्षिण अफ्रिकाले रङ्गभेदविरुद्ध दशकौँ लामो सङ्घर्ष गर्यो र त्यो रङ्गभेदमुक्त मुलुक बन्यो ।
- Q.११. दिइएको गद्यांश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :युवा राष्ट्रका मेरुदण्ड हुन् । भोलिका यस देशका सारथी, परिवर्तनका संवाहक र शक्तिका भण्डार हुन् । जोश जाँगर, उर्जा, बल, क्षमता, निर्भयता, निर्माणभाव, आत्मविश्वास आदि सद्गुण युवामा रहन्छन् भने क्रोध, हठीपना, आक्रोश आदि दुर्गुण पनि युवामा नै रहन्छन् । जुनसुकै क्षेत्रमा परम्परादेखि चलिआएका रुढि, अन्धविश्वास र कुप्रथाहरू हटाउन युवाहरूकै योगदान अगाडि आउँछ । विभिन्न प्रकारका शोषण,अन्याय र अत्याचारका विरुद्ध सङ्घर्षमा उत्रिने र त्याग अनि बलिदानबाट विश्वमा ठुल्ठुला परिवर्तन ल्याउने युवा नै हुन् । प्रायः उमेरका आधारमा युवा समूहलाई छुट्याउने गरेको पाइए तापनि कति उमेरदेखि कति उमेरसम्मका व्यक्तिलाई युवा मान्ने भन्ने कुरा विभिन्न देशमा फरक फरक छ । नेपालको परिवेशमा भने १६ वर्षदेखि ५९ वर्षसम्मका व्यक्तिलाई युवा समूहमा राखिएको भेटिन्छ । युवा समूह उर्जाशील, जोश जाँगरले भरिएका, साहसी र हिम्मतवाला व्यक्तिहरूको समूह हो जसको सहभागिताविना देश विकासको बाटोमा लाग्न सक्दैन । तसर्थ युवा समूहलाई सही दिशानिर्देश गर्दै नयाँ कार्ययोजना बनाई परिचालित गर्दै जानुपर्छ जसले गर्दा देशमा सुशासन, स्थायी शान्ति स्थापना भई उन्नति र प्रगतिका मूलहरू फुट्छन् । यो नेपालजस्तो विकासशील राष्ट्रको आवश्यकता पनि हो ।प्रश्नहरूः(क) युवा समूहलाई केका आधारमा छुट्याइन्छ ?(ख) युवामा कस्ता सद्गुण पाइन्छन् ?(ग) युवाले देशलाई कसरी अगाडि बढाउँछन् ?(घ) युवाको सहभागिताले देशलाई कस्तो बनाउँछ ?A.उमेरका आधारमा छुट्याइन्छ । नेपालमा १६–५९ वर्षका व्यक्तिहरूलाई युवा मानिन्छ ।जोश-जाँगर, उर्जा, बल, क्षमता, निर्भयता, आत्मविश्वास, निर्माणभाव आदि सद्गुण पाइन्छन् ।परम्परा, अन्धविश्वास, कुप्रथा हटाउन, अन्याय र अत्याचारविरुद्ध सङ्घर्ष गर्न, बलिदान दिन र समाजमा परिवर्तन ल्याएर देशलाई विकासको बाटोमा अघि बढाउँछन् ।सुशासनयुक्त, शान्त, उन्नत, प्रगतिशील र समृद्ध राष्ट्रमा रूपान्तरण गर्छ ।
- Q.१२. कुनै एक प्रश्नको उत्तर दिनुहोस् :क. दिइएका बुँदाका आधारमा जीवनी तयार पारी शीर्षकसमेत लेख्नुहोस् :नाम : गोपालप्रसाद रिमालजन्ममिति र स्थान : वि.सं.१९७५, जेठ १८, लगनटोल, काठमाडौँमाता/पिता : आदित्यकुमारी/उमाकान्त रिमालशिक्षा : वि.सं. १९९३ को प्रवेशिका परीक्षामा बोर्ड प्रथम, त्यसपछि आई.ए. सम्मको अध्ययनप्रमुख कृति: मसान नाटक, यो प्रेम नाटक आमाको सपना कविता सङ्ग्रहलगायत कृति हरू प्रकाशितविशेषता: निडर, क्रान्तिकारी, स्वाभिमानी, असाधारण प्रतिभाका धनी, राष्ट्रियताका पुजारी, प्रथम गद्यकवि, सामाजिक असमानताको विरोध गर्दै विद्रोही स्वर दिने साहित्य स्रष्टापेसा/संलग्नता: सैनिकमा लप्टनमृत्यु: वि.सं. २०३०, कार्तिक ८, काठमाडौँ ।ख. 'नैतिक शिक्षाको महत्त्व' शीर्षकमा दुई जना साथीबिच भएको संवादको नमुना तयार पार्नुहोस् ।A.गोपालप्रसाद रिमाल : पहिलो गद्यकविवि.सं. १९७५ जेठ १८ गते काठमाडौंको लगनटोलमा जन्मिएका गोपालप्रसाद रिमाल नेपाली साहित्यका असाधारण व्यक्तित्व हुन्। उनका पिता उमाकान्त रिमाल र माता आदित्यकुमारी हुन्। वि.सं. १९९३ मा प्रवेशिका परीक्षामा बोर्ड प्रथम स्थान हासिल गरी उनले आफ्नो शैक्षिक यात्रा गौरवपूर्ण बनाए। त्यसपछि आई.ए. सम्म अध्ययन गरे।साहित्यमा उनले ‘मसान’ नाटक, ‘यो प्रेम’ नाटक, ‘आमाको सपना’ कविता सङ्ग्रह लगायतका कृतिहरू प्रकाशित गरे। उनी निडर, क्रान्तिकारी, स्वाभिमानी, असाधारण प्रतिभाका धनी मात्र नभई नेपाली साहित्यका प्रथम गद्यकवि मानिन्छन्। राष्ट्रियताको पुजारी भएर सामाजिक असमानताको विरोध गर्दै विद्रोही स्वर दिने साहित्यकारका रूपमा उनको विशेष योगदान छ।सैनिक क्षेत्रमा लप्टनको पदमा समेत रहेर देशसेवामा संलग्न भएका रिमालको वि.सं. २०३० कार्तिक ८ गते काठमाडौँमै निधन भयो। नेपाली साहित्यमा उनको योगदान अमूल्य छ।सुरजः हे रमेश, आजको कक्षामा सरले नैतिक शिक्षाको कुरा गर्नुभएको थियो। मलाई त यो विषय धेरै गहिरो लाग्यो।रमेशः हो नि, सुरज। नैतिक शिक्षा भनेको त केवल किताबको कुरा होइन, जीवनलाई सही बाटोमा लग्ने दिशा हो।सुरजः सहि भनिस्। नैतिक शिक्षाले मानिसलाई ईमानदार, सत्यवादी, अनुशासित र जिम्मेवार बनाउँछ।रमेशः त्यसैले त सरले भन्नुभएको थियो—पढाइमा मात्र होशियार भएर हुँदैन, नैतिक मूल्य पनि चाहिन्छ।सुरजः ठीकै हो। समाजमा असमानता, झूट, भ्रष्ट्राचार जस्ता समस्या किन बढ्छ भने नैतिक शिक्षा नहुँदा।रमेशः यदि सबै मानिसले सानो उमेरदेखि नैतिक शिक्षा सिके भने समाज धेरै राम्रो हुन्थ्यो।सुरजः त्यसैले हामीले पनि पढाइसँगै राम्रो आचरण गर्नुपर्छ। जीवनमा सफल हुन ज्ञानसँगै नैतिक मूल्य चाहिन्छ भन्ने कुरा मनमा राख्नुपर्छ।रमेशः ठीक भनिस्। अबदेखि हामीले आफू मात्र नभई अरूलाई पनि नैतिकतामा चल्न प्रेरित गर्नुपर्छ।सुरजः हो, यही नै हाम्रो जीवनको वास्तविक सफलता हो।
- Q.१३. कुनै एक प्रश्नको उत्तर दिनुहोस् :क. आफ्नो वडा कार्यालयले प्रदान गर्ने जेहनदार छात्रवृत्ति आफूले पाऊँ भनी वडाध्यक्षलाई निवेदन लेख्नुहोस् ।ख. आफ्नो टोलमा भएको सरसफाइ कार्यक्रमको विषयमा गोरखापत्र राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित गर्नका लागि एउटा समाचारको नमुना तयार पार्नुहोस् ।A.विषयः जेहेनदार छात्रवृत्ति पाऊँ भन्ने बारेश्रीमान् वडाध्यक्षज्यू, … वडा कार्यालय,म निवेदक …, हाल … वडामा बसोबास गर्दै आएको छात्र/छात्रा हुँ। म हाल … कक्षामा अध्ययनरत छु। अध्ययनमा निरन्तर रूपमा राम्रो प्रगति गर्दै आएकोले यस वर्ष विद्यालयतर्फबाट उत्कृष्ट अंक हासिल गरेको छु। तर मेरो पारिवारिक आर्थिक अवस्था कमजोर भएकाले उच्च शिक्षा हासिल गर्न कठिनाइ भएको छ।तसर्थ, वडाले उपलब्ध गराउने जेहेनदार छात्रवृत्ति प्रदान गरी मेरो अध्ययनलाई निरन्तरता दिन सहयोग पुर्याइदिनुहुन हार्दिक अनुरोध गर्दछु।विनम्र निवेदक …मिति : …टोलमा सरसफाइ कार्यक्रम सम्पन्नकाठमाडौं, २०७९ असोज १५। काठमाडौं महानगरपालिका–१६ अन्तर्गतको नयाँबस्ती टोलमा आज बिहान सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।स्थानीय टोल विकास समितिको आयोजनामा सम्पन्न कार्यक्रममा करिब दुई सयजना बासिन्दाको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा सडक, नाला, आँगन तथा वरिपरिका सार्वजनिक स्थलहरू सफा गरिनुका साथै प्लास्टिक र फोहर पदार्थलाई छुट्याएर व्यवस्थापन गर्ने कार्य गरिएको थियो।कार्यक्रममा उपस्थित वडा अध्यक्षले सरसफाइलाई दैनन्दिन जीवनसँग जोडेर अघि बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले “स्वच्छ वातावरणले मात्र स्वस्थ जीवन दिन्छ” भन्दै हरेक शनिबार यस किसिमका अभियान निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो।सोही अवसरमा सरसफाइमा योगदान पु¥याउने युवालाई सम्मानपत्र समेत प्रदान गरिएको थियो। स्थानीय बासिन्दाले यस्ता अभियानले टोललाई रमणीय र स्वास्थ्यप्रद बनाउन ठूलो योगदान गर्ने विश्वास व्यक्त गरेका छन्।
- Q.१४. दिइएको अनुच्छेदबाट चारओटा बुँदा टिप्नुहोस् :पिकासोको चित्रकलामा 'घनवाद' को सशक्त प्रयोग भएको पाइन्छ । घनवादको प्रयोग भएको यस कलालाई 'निग्रो काल' पनि भनिन्छ । घनवादी कलाकृतिमा वस्तुलाई विश्लेषण गरिन्छ, टुक्रा टुक्रा पारिन्छ । ती टुक्रालाई अमूर्त रूपमा पुनः संयोजन र संश्लेषण गरिन्छ । यसमा कलाकारले वस्तुलाई एउटै दृष्टिकोणबाट चित्रण नगरी बृहत्तर सन्दर्भमा प्रतिनिधित्व गर्न धेरै दृष्टिकोणबाट विषयलाई चित्रण गर्छन् । यसरी मूर्त वस्तुलाई भाँच्ने, टुक्र्याउने अनि जोडेर फेरि वस्तु र विषयलाई व्यापक अर्थमा र अमूर्त रूपमा प्रयुक्त गर्ने यही वाद नै घनवादी कलाका रूपमा चिनिन्छ । यसरी जुनसुकै कालमा लेखिएका भए पनि उनका हजारौं चित्रकला र मूर्तिकला आज पनि जीवन्त छन् ।चार बुँदा:
- पिकासोको चित्रकलामा घनवादको सशक्त प्रयोग पाइन्छ।
- घनवादी कलामा वस्तुहरूलाई टुक्रा टुक्रा पारेर अमूर्त रूपमा संयोजन गरिन्छ।
- कलाकारले एउटै दृष्टिकोणबाट नभई धेरै दृष्टिकोणबाट चित्रण गर्छन्।
- उनका हजारौं चित्रकला र मूर्तिकला आज पनि जीवन्त छन्।
- Q.१५. दिइएको अनुच्छेदबाट एक तृतीयांशमा सारांश लेख्नुहोस् :आयुर्वेद चिकित्सासम्बन्धी अध्ययन, अध्यापन र अनुसन्धान प्रविधिलाई व्यापक र व्यावहारिक बनाउने उद्देश्यका साथ विभिन्न शैक्षिक संस्था स्थापना भएका छन् । हाल कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान केन्द्रसँगको समन्वयमा विभिन्न जडीबुटीका लागि औषधीय अनुसन्धान कार्यक्रम अगाडि बढिरहेको छ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत आयुर्वेद क्याम्पस र नेपाल संस्कृत विश्वविद्यालयमा पनि आयुर्वेदको अध्ययन भइरहेको छ । आयुर्वेद चिकित्सक एवम् स्वास्थ्यकर्मीको दर्ता नेपाल आयुर्वेद चिकित्सक परिषद्मा हुन्छ । आयुर्वेद चिकित्सासम्बन्धी अनुगमन, गुणस्तर नियन्त्रण आयुर्वेद चिकित्सा परिषद्ले गर्छ ।A.सारांश (एक तृतीयांशमा)आयुर्वेदको अध्ययन, अध्यापन र अनुसन्धानलाई व्यावहारिक बनाउन विभिन्न संस्था स्थापना भएका छन्। राष्ट्रिय आयुर्वेद अनुसन्धान केन्द्रसँग सहकार्यमा जडीबुटी अनुसन्धान कार्यक्रम सञ्चालन भइरहेको छ। त्रिभुवन विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालयमा आयुर्वेद शिक्षादान भइरहेको छ। चिकित्सकहरूको दर्ता नेपाल आयुर्वेद चिकित्सक परिषद्मा हुन्छ भने गुणस्तर नियमन परिषद्ले गर्छ।
- Q.१६. दिइएका दुवै प्रश्नको उत्तर दिनुहोस् :क. दिइएको कविताशं पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :यो कस्तो देश सृष्टिकै वेला विज्ञान पाएकोदेवता ऋषि मनुष्य मिली वेदान्त गाएकोमुन्धुम महान् धम्मपद महान् सम्पदा महानविश्वमै छैन धरती महान् यो देश समान ।प्रश्नहरूअ. कवितांशमा विज्ञान र वेदान्तलाई कसरी जोडिएको छ?आ. नेपाललाई किन विश्वमै महान् धर्ती भनिएको हो?ख. दिइएको एकाङ्कीको अंश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :बतासे : किन बस्ने यहाँ ? एक गाँस खानाको निम्ति नोकरी गर्नुपरे आफ्नै घरमा आफ्नै दाजुभाइहरूको गरौंला । जति पसिना बहाउनुपरे पनि आफ्नै घरबारीमा बहाऔंला । एक गेडा मकै भए पनि आफ्नै माटामा उब्जाऔंला । यसरी सबैको हेलाहाँसो भएर म त बस्दिनँ यहाँ । साराले आफ्नै देशमा काम पाएका छन्, हामीले यसरी विदेशमा लत्येर बस्नुपर्छ र ? उहाँ आफ्नो चाडबाड, पर्वमेला, तीर्थव्रत सब छाडेर अर्काको कमारो भएर बस्ने ? जाऔं हिँड जमान दाइ, मर्नुपरे पनि बरु आफ्नै देशमा मरौंला, आफ्नै भुइँमा लम्पसार परौंला, आफ्नै खोलाका बगरमा आफ्नै वनका काठले जलौँला । हाम्रा बाबुबाजेले आफ्नो आखिरी सास हिमालको बतासमा मिलाए, हामी पनि त्यसै गरौंला । आफ्ना पुर्खाको धर्म थामौँ । जमान दाइ, जाऔं । आजै जाऔं । उठ, ऐल्यै जाऔं । गइहालौँ । नबसौं ।प्रश्नहरू :अ. एकाङ्कीको प्रस्तुत अंशका आधारमा बतासेको चरित्र चित्रण गर्नुहोस् ।आ. माथिको अनुच्छेदको मुख्य भाव लेख्नुहोस् ।A.कवितामा विज्ञान र वेदान्तलाई सृष्टि, मानव र देवता सँग जोडिएको देखिन्छ। कविले देखाउन खोजेका छन् कि नेपाल त्यस्तो देश हो जहाँ ज्ञान, विज्ञान र आध्यात्मिकता सबै सँगसँगै विकसित भएका छन्। विज्ञानले दैनन्दिन जीवन र प्रकृतिलाई बुझ्न सहयोग पुर्याउँछ भने वेदान्तले मानवीय मूल्य, चेतना र धर्मप्रतिको समझ बढाउँछ। यसरी कविले विज्ञान र वेदान्त दुवैलाई नेपालको महानता र प्राचीन ज्ञानको प्रतीकको रूपमा प्रस्तुत गरेका छन्।कवितामा नेपाललाई विश्वमै महान् धर्ती भन्नुको कारण यसको अद्वितीय सम्पदा, सांस्कृतिक धरोहर, प्राकृतिक सुन्दरताहरु र ऐतिहासिक वैभव हो। कविले नेपालको सम्पदा, धर्म, संस्कृति, पर्व, भाषा, कला र साहित्यलाई विश्वस्तरीय रुपमा महान् ठानेको देखिन्छ। यसले नेपालको भूगोल मात्र नभई वहाँका मानिसको ज्ञान, संस्कार र मानवताको महत्व पनि उजागर गर्छ।बतासे देशप्रेम, आत्मनिर्भरता र माटोप्रतिको प्रेमले भरिएको पात्र हो। उसले आफ्नो घर र आफ्नै दाजुभाइको माटोमा मेहनत गर्ने दृढसङ्कल्प गर्छ। विदेशमा काम गरेर धन आर्जन गर्नु भन्दा आफ्नै देशमा पसिना बगाएर उत्पादन गर्ने उसको दृढ इच्छा प्रकट हुन्छ। उसका शब्दले स्वतन्त्रता, आफ्नो संस्कृति र पुर्खाको धर्मप्रतिको सम्मान पनि झल्काउँछ। बतासे साहसी, निडर, आदर्श र देशभक्त व्यक्तित्वको उदाहरण हो।मुख्य भाव: आफ्नै देशमा श्रम र सिप खन्याउनु नै मानिसको गौरव र जिम्मेवारी हो।
- Q.१७. कर्तव्य कथाको पात्र मुरलीधरका ठाउँमा तपाईं हुनुभएको भए भाइ श्रीधरले आफ्नो छोराको विवाहमा निमन्त्रणा नगर्दा के गर्नुहुन्थ्यो, तर्क दिएर लेख्नुहोस् ।A.दि म मुरलीधरको ठाउँमा भएको भए, भाइ श्रीधरले आफ्नो छोराको विवाहमा निमन्त्रणा नगर्दा म शान्त र सहिष्णु दृष्टिकोण अपनाउँथे। म दुवै पक्षको भावनालाई बुझ्ने प्रयास गर्थे र सम्झाउने तरिका अपनाउँथे। मेरा तर्कहरू यसप्रकार हुन्थे:
- परिवारिक सम्बन्ध जोगाउनु अत्यावश्यक छ।
- झगडा र रिसले केवल विवाद बढाउँछ।
- मध्यस्थ भएर न्यायपूर्ण निर्णय लिँदा दुवै पक्षको सम्मान कायम रहन्छ। यसरी म विवाद टार्दै सम्वेदनशील र जिम्मेवार निर्णय लिन्छु।
- Q.१८. कुनै एक उद्धरणको व्याख्या गर्नुहोस् :क. ईर्ष्याद्वेष हटाएर जो छर्छन् प्रेम सौरभतिनै मान्छेहरू बन्छन् विश्वका निम्ति गौरव।ख. मानिसलाई खुसी पार्ने र छोटो समयमै उनीहरूको मुहारमा उज्यालो छर्ने कुनै बाटो छ भने त्यो आँखाको उपचार नै हो।A.व्याख्या: यदि मानिसले ईर्ष्या, द्वेष र नकारात्मक भावना छोडेर प्रेम र सद्भाव छर्छ भने उनी समाज र देशका लागि आदर्श, प्रेरणादायी र गौरवशाली व्यक्ति बन्न सक्छन्। प्रेम र सकारात्मक व्यवहारले समाजलाई प्रगतिशील बनाउँछ।व्याख्या: वास्तविक खुशी सधैं भौतिक वस्तुबाट मात्र आउँदैन। आँखाको उपचार वा दृष्टि सुधारले मानिसको जीवनमा प्रत्यक्ष सकारात्मक प्रभाव पार्छ। यहाँ आँखाको अर्थ केवल शारीरिक दृष्टि मात्र नभई ज्ञान र चेतनाको दृष्टि पनि हुन सक्छ।
- Q.१९. कुनै एक प्रश्नको समीक्षात्मक उत्तर दिनुहोस् :क. दिइएको निबन्धांश पढी सोधिएको प्रश्नको उत्तर दिनुहोस् :मेरो देशको शिक्षाले अनेकौँ संस्कृति र तिनका मूल्य मान्यता ढकमक्क फुलाउन समयसापेक्ष रूपमा बदल्न अहम् भूमिका खेलेको छ । यसले पूर्वीय ज्ञान र चेतनाको किरण विश्वमा फिँजाएको छ । मेरो देशको शिक्षा आज आफ्नो वास्तविक पहिचान जीवन्त राखेर युग अनुकूलको विज्ञान र प्रविधियुक्त शिक्षालाई आत्मसाथ गर्दै अघि बढ्न आतुर छ ।प्रश्न:अ. 'मेरो देशको शिक्षा' निबन्धमा देशको शिक्षाका लागि केकस्तो योजना पेस गरिएको छ ? पाठसमेतलाई आधार मानी समीक्षा गर्नुहोस् ।ख. दिइएको कथांश पढी सोधिएको प्रश्नको उत्तर दिनुहोस् :त्यो दुर्घटनामा कमल नबितेको भए तिमी मेरी बुहारी नै रहन्थ्यौ । अहिले तिमी मेरी छोरी हौ । म महसुस गर्न सक्छु एक्लो बाँच्न कति सकस हुन्छ भनेर । मैले कमलको बुबाविना बिताएको यो १९ वर्षले बोध गराएको छ । म बुझ्छु तिम्रो मनस्थिति । तिमी ऊसँग भावी जीवन बिताउन तयार छ्यौ भने मैले राक्ने कुरै छैन ।प्रश्न:अ. एक नारीले अर्को नारीको एक्लो जीवनको पीडालाई सहज रूपमा बुझ्नुपर्ने सम्बन्धमा 'आयाम' कथाले कस्तो सन्देश दिएको छ ? समीक्षा गर्नुहोस् ।A.निबन्धमा उल्लेख छ कि शिक्षा केवल पुस्तक र पाठ्यक्रममा सीमित नभएर व्यक्तित्व विकास, विज्ञान र प्रविधि आत्मसात, सभ्यता र संस्कृति जोगाउने माध्यम हुनुपर्छ। योजना अनुसार:
- शिक्षाले बौद्धिक विकास र जीवनोपयोगी सिप प्रदान गर्ने।
- सांस्कृतिक मूल्य र परम्पराको संरक्षण गर्ने।
- प्रविधि र विज्ञानसँग समायोजन गराउने।
समीक्षा: यसले देखाउँछ कि शिक्षा केवल ज्ञान प्राप्ति मात्र नभएर देशको समृद्धि र भविष्य निर्माण गर्ने आधार पनि हो। पाठले विद्यार्थीलाई आत्मनिर्भर, सृजनशील र जिम्मेवार नागरिक बनाउन उत्प्रेरित गर्दछ।एक नारीले अर्को नारीको एक्लो जीवनको पीडालाई सहज रूपमा बुझ्नुपर्ने सम्बन्धमा 'आयाम' कथाले महिलाले अन्य महिलाको एक्लोपन र पीडा बुझेर सहानुभूति जनाउनुपर्छ। कथाले देखाउँछ कि महिलाले भावनात्मक समझदारी र संवेदनशीलता प्रदर्शन गरेर सम्बन्धमा सहकार्य र सम्मान कायम गर्न सक्छ सन्देश दिएको छ। - Q.२०. कुनै एक शीर्षकमा कम्तीमा १५० शब्दसम्मको निबन्ध लेख्नुहोस् :क. देशको सांस्कृतिक विकासमा मेरो भूमिकाख. स्वच्छ हावा : स्वस्थ जीवनग. नेपालको सडक यातायातA.देशको सांस्कृतिक विकासमा प्रत्येक नागरिकको योगदान महत्वपूर्ण हुन्छ। म आफ्नो भूमिकालाई पहिचान गर्दै यसको लागि सक्रिय हुनुपर्छ। म स्थानीय परम्परा, पर्व, कला र संगीतको संरक्षणमा लाग्नेछु। उदाहरणस्वरूप, गाउँमा हुने मेलापर्व र सांस्कृतिक कार्यक्रममा सहभागी भई अन्यलाई उत्प्रेरित गर्ने काम म गर्नेछु।साथै, म मेरो भाषा र साहित्यमा रुचि राख्दै युवा पुस्तालाई संस्कृतिप्रति जागरुक गर्ने प्रयास गर्नेछु। डिजिटल माध्यम र सामाजिक सञ्जाल प्रयोग गरेर नेपालको सांस्कृतिक महत्व र ऐतिहासिक धरोहरको प्रचार गर्ने मेरो उद्देश्य हुनेछ।विद्यालय वा समाजमा शिक्षा र कार्यशालाका माध्यमबाट कला, संगीत र नृत्यको सिकाइमा योगदान दिनेछु। म पर्यटन, लोककला र सांस्कृतिक सम्पदालाई सुरक्षित राख्न सघाउने कार्यक्रम सञ्चालन गर्न सक्नेछु।यसरी मेरो व्यक्तिगत प्रयास, जागरुकता र समुदायमा सक्रिय सहभागिताले नेपालको सांस्कृतिक धरोहर र परम्परालाई जीवित राख्न सहयोग गर्नेछ।स्वच्छ हावा स्वस्थ जीवनको आधार हो। हावा प्रदूषित भए स्वास्थ्यमा विभिन्न समस्या देखा पर्छन्। धुलो, धुवा, ग्यास र रासायनिक प्रदूषणले फोक्सो, श्वासप्रश्वास र हृदयसम्बन्धी रोगहरू निम्त्याउँछन्। यसर्थ हरेक नागरिकले स्वच्छ हावा सुनिश्चित गर्न सचेत हुनुपर्छ।हावा शुद्ध राख्न वन संरक्षण, सडकमा धुलो नियन्त्रण, औद्योगिक प्रदूषण कम गर्नु आवश्यक छ। घरमा र कार्यालयमा हरियाली, झ्याल खुला राख्ने, हावा प्रशोधन गर्ने प्रविधि प्रयोग गर्नु स्वास्थ्यका लागि लाभदायक हुन्छ। साथै, सार्वजनिक यातायातको प्रयोग बढाएर सवारी साधनबाट हुने धुवा घटाउन सकिन्छ।स्वच्छ हावा मात्र शरीरको स्वास्थ्यका लागि होइन, मानसिक स्वास्थ्यका लागि पनि लाभदायक छ। प्राकृतिक हावा र हरियालीले मानिसमा मानसिक शान्ति, ऊर्जा र सकारात्मक भाव पैदा गर्छ। बच्चा, वृद्ध र स्वास्थ्य संवेदनशील व्यक्तिहरूका लागि स्वच्छ हावा जीवनरक्षक साबित हुन्छ।यसैले, हामीले वातावरणीय सचेतना अपनाउनुपर्छ, कारखाना, सवारी साधन र फोहोर व्यवस्थापनमा सुधार गर्नुपर्छ। स्वच्छ हावा र स्वास्थ्यबीचको सम्बन्ध बुझेर जीवनशैलीमा सुधार ल्याउनु प्रत्येक नागरिकको कर्तव्य हो। स्वच्छ हावा नै स्वस्थ जीवनको आधार र हाम्रो दायित्व हो।नेपालको सडक यातायात देशको विकाससँग प्रत्यक्ष सम्बन्धित छ। यातायातले मानिस, सामग्री र सेवाहरूलाई छिटो र सुरक्षित रूपमा गन्तव्यमा पुर्याउँछ। शहर र गाउँलाई जोड्ने सडक मार्ग, पुल, यातायात प्रणाली र सार्वजनिक वाहनले देशको आर्थिक क्रियाकलापमा ठूलो योगदान पुर्याउँछ।तर, सडक यातायातमा अझै धेरै सुधार आवश्यक छ। सडक संकुचित, खाल्डाखुल्डी भएका र असुरक्षित ठाउँले दुर्घटना र ढिलाइ निम्त्याउँछन्। यातायातको नियम पालन नगर्नु, सवारी साधनको अत्यधिक चाप र अपुरो ट्राफिक व्यवस्थापनले सुरक्षा चुनौती बढाउँछ।नेपालमा सार्वजनिक यातायात सुधार, स्मार्ट ट्राफिक प्रणाली र सुरक्षित सडक निर्माण अत्यावश्यक छ। सडकमा लेन प्रणाली, संकेत र ट्राफिक लाइटको प्रयोग, सवारी चालकको प्रशिक्षणले दुर्घटनालाई कम गर्न सकिन्छ। साथै, पर्यावरण अनुकूल यातायात प्रवर्द्धन गर्नु पनि आवश्यक छ।सडक यातायातको सुधारले केवल मानिसको जीवन सुरक्षित मात्र बनाउँदैन, व्यवसाय र पर्यटन प्रवर्द्धनमा पनि सहयोग पुर्याउँछ। यदि हामी सडक संरचना, नियम पालन र वाहन मर्मतमा ध्यान दिने हो भने नेपालमा सुरक्षित, आधुनिक र प्रभावकारी यातायात प्रणालीको विकास सम्भव छ।
Practice Without Boundaries.
Premium gives you full access, zero ads, and unlimited custom paper generation. Study your way, every day.