Answers On/OffJS required
Group A
- Q.१. तल समूह 'क' मा दिइएका शब्दको अर्थ समूह 'ख' बाट पहिचान गरी जोडा मिलाउनुहोस् :
समूह 'क' समूह 'ख' उत्कण्ठा मयलपोस, दौरा प्राच्य अभिप्राय भकारो उत्सुकता लबेदा प्राचीन, पहिलेको, पुरातन भुइँमा झरेका पात गाई भैंसी आदि पशुको मल A.समूह 'क' समूह 'ख' उत्कण्ठा उत्सुकता प्राच्य प्राचीन, पहिलेको, पुरातन भकारो गाई भैंसी आदि पशुको मल लबेदा भुइँमा झरेका पात - Q.२. दिइएको अनुच्छेदबाट उपयुक्त शब्द पहिचान गरी खाली ठाउँ भर्नुहोस् ।गाईको पोसिलो दुध र तर स्वास्थ्यका लागि निकै उपयोगी हुन्छ । शाकाहारी व्यक्तिले गोरस अत्यधिक खान्छन् । अचारको पित्कोले भन्दा दुधको तुर्कीले दीर्घजीवी बनाउँछ भन्ने कुरा शास्त्रमा उल्लेख गरिएको छ ।क. 'तागतिलो' को पर्यायवाची शब्द....... हो ।ख. 'अनुपयोगी' को विपरीतार्थी शब्द ......हो ।ग. अनेकार्थी शब्द ........हो ।घ. 'अचार' को लघुतावाची शब्द .........हो ।A.क. 'तागतिलो' को पर्यायवाची शब्द पोसिलो हो ।ख. 'अनुपयोगी' को विपरीतार्थी शब्द उपयोगी हो ।ग. अनेकार्थी शब्द गोरस हो ।घ. 'अचार' को लघुतावाची शब्द अचारो हो ।
- Q.३. दिइएको अनुच्छेदबाट एउटा उखान र एउटा अनुकरणात्मक शब्द पहिचान गरी तिनलाई अनुच्छेदको भन्दा फरक वाक्यमा प्रयोग गर्नुहोस् :सधैं कक्षामा अन्तिम हुने कुमार 'नपत्याउने खोलाले बगाउँछ' भने झै यसपालि प्रथम भएछ । कक्षामा राम्रो नतिजा ल्याएपछि कुमार छुट्टी हुनासाथ सरासर घर जान्छ । ऊ दिनहुँ विद्यालय आउँछ । ऊ कविता पनि लेख्छ । त्यसैले उसलाई हुने बिरुवाको चिल्लो पात नै भने पनि फरक पर्दैन ।A.उखान = नपत्याउने खोलाले बगाउँछवाक्यमा प्रयोग : "पढाई नगरी भाग्यमा भर पर्नेले सफलता पाउँदैन, किनभने नपत्याउने खोलाले बगाउँछ भन्ने उखान ठीकै हो ।"अनुकरणात्मक शब्द = सरासरवाक्यमा प्रयोग : "तपाईँ सरासर गलत काम गर्दै हुनुहुन्छ ।"
- Q.४.दिइएको प्रश्नको उत्तर दिनुहोस् :क. दिइएका शब्द समूहबाट शुद्ध शब्द छानी लेख्नुहोस् :अ. विश्वाश, विस्वास, विश्वास, बिश्वाशआ. संरचना, सड्रचना, सम्रचना, सञ्चनाख. दिइएको वाक्यलाई शुद्ध पारेर लेख्नुहोस् :मानिस र प्रकृति बिच गहीरो सम्बन्ध छ । हावा पानी र माटो मानिसका आधारभुत तत्त्व हुन् ।A.विश्वाससंरचनामानिस र प्रकृतिबीच गहिरो सम्बन्ध छ । हावा, पानी र माटो मानिसका आधारभूत तत्त्व हुन् ।
- Q.५. रेखाकित शब्दहरूको पदवर्ग छुट्याउनुहोस् :धनी मान्छेले धन मात्र कमाउँदैन र धनसँगै इज्जत पनि कमाउँछ । धनी सँधै गरिबको मनमा मालिकको रूपमा राज गरिरहन्छ । यो ध्रुवसत्य हो ।A.धनी = विशेषणमालिक = संज्ञाध्रुवसत्य = विशेषणात्मक संज्ञा
- Q.६. दिइएको प्रश्नको उत्तर दिनुहोस् :क. दिइएको अनुच्छेदबाट उपसर्ग लागेका दुईओटा र प्रत्यय लागेका दुईबोटा शब्द पहिचान गरी निर्माण प्रक्रियासमेत देखाउनुहोस् :वर्तमान तथ्याङ्कले प्रतिवर्ष लगभग एघार लाख विदेशी पर्यटक नेपाल भित्रिने गरेको देखाउँछ । पर्यटक ती हुन् ; जो नेपालको पुरातात्त्विक, प्राकृतिक र सांस्कृतिक पक्षको अवलोकन गर्न र मनोरञ्जन लिन आउँछन् ।ख. दिइएको अनुच्छेदबाट एउटा समस्त शब्द पहिचान गरी विग्रह गर्नुहोस्, एउटा विग्रह पदावली पहिचान गरी समस्त शब्द बनाउनुहोस् र द्वित्व भएर बनेका दुईओटा शब्द पहिचान गरी निर्माण प्रक्रियासमेत देखाउनुहोस् :नियमपूर्वक व्रत बसी आजभोलि पनि यसरी धर्म र कर्ममा लागेका धर्मानन्दको स्वभावलाई देखेर हामी आआफ्नो बाटो लाग्यौँ । अलि पर पुगेर हेर्दा उनी पनि पछि पछि आउँदै रहेछन् । उनको धर्मकर्मप्रतिको आस्थालाई सबैसम्म पुऱ्याउन उपयुक्त ठानी घरघरै पुग्यौँ ।A.उपसर्ग लागेका शब्द :
- प्रतिवर्ष = प्रति + वर्ष
- विदेशी = बिदेश + ई
प्रत्यय लागेका शब्द :- तथ्याङ्क = तथ्य + आँक
- पर्यटक = पर्यट + क
- समस्त शब्द : नियमपूर्वक विग्रह : नियम + पूर्वक
- विग्रह पदावली : घर घरै → समस्त शब्द : घरघरै
- द्वित्व भएर बनेका शब्द : पछि पछि (पछि + पछि) घरघरै (घर + घर)
- Q.७. दिइएको अनुच्छेदलाई सामान्य भविष्यत् कालमा परिवर्तन गर्नुहोस् :विवेक विदेश गयो । उसले त्यहाँ खुबै मेहनत गर्यो । हरेक महिना उसले घरमा पैसा पठायो । बेला बेलामा घरमा फोन गर्यो ।A.विवेक विदेश जानेछ । उसले त्यहाँ खुबै मेहनत गर्नेछ । हरेक महिना उसले घरमा पैसा पठाउनेछ । बेला बेलामा घरमा फोन गर्नेछ ।
- Q.८. कुनै एक प्रश्नको उत्तर दिनुहोस् :क. इच्छार्थकका फरक फरक क्रियापदको प्रयोग गरी चार बाक्यमा आफ्नो भविष्यको योजना बारे वर्णन गर्नुहोस् ।ख. दिइएको स्त्रीलिङ्गी वाक्यलाई पुलिङ्गी वाक्यमा परिवर्तन गरी अनुच्छेद पुनर्लेखन गर्नुहोस् :उनी पशुपालन गर्छिन् । उनी बिहान सबेरै उठ्छिन् । उनी भेडा र चौँरीगाई चराउँछिन् । पशुपालनबाट नै उनले आफ्नो परिवार धानेकी छिन् ।A.
- म डाक्टर बन्न चाहन्छु ।
- म विदेशमा अध्ययन गर्न चाहन्छु ।
- म समाजसेवा गर्न चाहन्छु ।
- म आफ्ना आमा–बुवालाई सुख दिन चाहन्छु ।
ऊ पशुपालन गर्छ। ऊ बिहान सबेरै उठ्छ। ऊ भेडा र चौँरीगाई चराउँछ। पशुपालनबाट नै उसले आफ्नो परिवार धान्छ। - Q.९. कोष्ठकमा दिइएका सङ्केतका आधारमा वाक्य परिवर्तन गर्नुहोस् :क. रमेश नुहाएर खाजा खान्छ । (वाक्य विश्लेषण)ख. आफू त देशका डाडाकाँडा घुमिन्छ । (कर्तृवाच्य)ग. कवि उत्कृष्ट कविता लेख्छन् । (प्रेरणार्थक)घ. गुरुले मलाई मिहिनेती छौ भनेर भन्नुभयो । (प्रत्यक्ष कथन)A.कर्ता : रमेशक्रिया : नुहाएर खाजा खान्छकर्म : खाजादेशका डाडाकाँडा त आफैँ घुमिन्छ ।कविलाई उत्कृष्ट कविता लेख्न लगाइन्छ ।गुरुले भन्नुभयो, “तिमी मिहिनेती छौ ।”
- Q.१०. दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नहरूको उत्तर लेख्नुहोस् :कार्यालयमा घरेलु कामका लागि मानिस सम्पर्कमा आउँथे । म तिनीहरूको व्यक्तिगत, विवरण लिन्थें । कम्प्युटरमा डाटा राख्थें, डकुमेन्ट बनाउँथें र सुरज सरलाई जानकारी गराउँथें । सहरमा कामदारको माग बढ्दै गएको थियो भने विश्वासिलो कामदारको आपूर्ति हाम्रो जिम्मेवारी थियो । सुरज सर यस विषयमा एकदम सचेत हुनुहुन्थ्यो । कामदारको माग गर्ने घरधनीका बारेमा उत्तिकै सचेत र गम्भीर पनि । एक पटक एक जना महिला कामको खोजीमा कार्यालयमा आएकी थिइन् । निलो ओठ भएकी, कपाल घुमुर्किएर काँधमै हराएको जस्तो र कचौरा जस्तै कान एकदमसँग खुम्चिएका । शरीरका छाला चुन जस्तो निक्खर सेतो र फुस्रो देखिन्थ्यो । गहिरो तलाउ जस्ता हरिया आँखा थिए ।प्रश्नहरू:क. 'सुरज सर यस विषयमा एकदम सचेत हुनुहुन्थ्यो ।' यस वाक्यलाई अकरणमा बदल्नुहोस् ।ख. रेखाङ्कित 'कार्यालयमा' शब्दको कारक र विभक्तिको नाम लेख्नुहोस् ।ग. 'सहरमा कामदारको माग बढ्दै गएको थियो भने विश्वासिलो कामदारको आपूर्ति हाम्रो जिम्मेवारी थियो ।' यस वाक्यलाई सरल वाक्यमा परिवर्तन गर्नुहोस् ।घ. कार्यालयमा घरेलु कामका लागि मानिस सम्पर्क आउँथे । वाक्यको उद्देश्य र विधेय लेख्नुहोस् ।A.सुरज सर यस विषयमा एकदम सचेत हुनुहुन्नथे ।अधिकरण कारक, “मा” विभक्ति ।सहरमा कामदारको माग बढ्दै गएको थियो । हाम्रो जिम्मेवारी विश्वासिलो कामदार आपूर्ति गर्नु थियो ।उद्देश्य : मानिस सम्पर्क आउँथेविधेय : कार्यालयमा घरेलु कामका लागि
- Q.११. दिइएको गद्यांश पढी सोधिएका प्रश्नहरूको उत्तर लेख्नुहोस् :शिक्षा विकासको पहिलो पूर्वाधार हो । हालको शिक्षाले डिग्री, नम्बर र वैदेशिक रोजगारमा गर्व नगरी समाजसुधार, साहित्य सिर्जना र व्यवहार परिवर्तनमा जोड दिनुपर्छ । कविता र विकासबिच अन्योन्याश्रित सम्बन्ध रहेको हुन्छ । कविताले विकासलाई मार्गदर्शन गर्न सकेको हुन्छ भने विकासले पनि समाजका सबै मानिस तथा समुदायका आधारभूत आवश्यकता सम्बोधन गर्न सक्छ । आधारभूत आवश्यकता पूरा भएपछि मानवमा सोच्ने शक्ति तथा अध्ययन अनुसन्धान गर्ने क्षमता विकासको साथै गुणात्मक साहित्य सिर्जनासमेत गर्न सक्छ । कविताको मूल लक्ष्य समाजमा परिवर्तन ल्याउनु भएकाले सर्जकले पनि परिवर्तन गर्न सक्ने खालका सन्देश अध्ययन, अनुसन्धान गरेर लेख्न सक्नुपर्छ अन्यथा लेखक तथा पाठकको समय, धन, शक्ति तथा कागजको बर्बाद मात्रै हुन्छ ।प्रश्नहरू:क. हालको शिक्षा कस्तो हुनुपर्छ ?ख. कविता र विकासले कुन कुन कुराको सम्बोधन गर्छन् ?ग. आधारभूत आवश्यकता पूरा भएपछि मानिस कस्ता काम गर्न तत्पर हुन्छन् ?घ. कविताको मूल लक्ष्य के बताइएको छ ?A.हालको शिक्षा समाजसुधार, साहित्य सिर्जना र व्यवहार परिवर्तनमा जोड दिने शिक्षा हुनुपर्छ ।कविता र विकास मानिसका आधारभूत आवश्यकताको सम्बोधन गर्छन् ।आधारभूत आवश्यकता पूरा भएपछि मानिस सोच्ने शक्ति, अध्ययन, अनुसन्धान र गुणात्मक साहित्य सिर्जना गर्न तत्पर हुन्छ ।कविताको मूल लक्ष्य समाजमा परिवर्तन ल्याउनु ।
- Q.१२. तलका कुनै एक प्रश्नको उत्तर दिनुहोस् :क. दिइएका बुँदाका आधारमा जीवनी तयार पारी शीर्षकसमेत लेख्नुहोस् :नाम : अरुणा लामाजन्म मिति : वि.सं. २००२ साल भाद्र २४ गतेजन्म स्थान : दार्जिलिङ, भारतविशेषता : प्रसिद्ध गायिका, स्वरमा सुकोमलता र मधुरता गायनमा अन्तर्मनको मर्म र करुणा प्रतिध्वनित भावमय र कारुणिक स्वर जातीय सचेतना र मानवीय संवेदनाको उत्कर्ष सङ्ख्यात्मकभन्दा गुणात्मक गायनमा जोडसम्मान : स्वर किन्नरीका रूपमा सम्मानित 'कान्छी' नामक चलचित्रका लागि उत्कृष्ट गायिकापुरस्कार : 'छिन्नलता' पुरस्कार, 'उर्वसी' चलचित्र पुरस्कार, भारतको 'दिसारी' पुरस्कारमृत्यु : वि.सं. २०५४ माघ २२ गतेख. परीक्षाको अघिल्लो रात आफ्नो मनमा उत्पन्न भएका भावहरू समेटी एउटा मनोवाद तयार गर्नुहोस् ।A.शीर्षक: अरुणा लामाको जीवन र संगीत यात्राअरुणा लामा वि.सं. २००२ साल भाद्र २४ गते दार्जिलिङ, भारतमा जन्मिएकी हुन्। उनी प्रसिद्ध गायिका थिइन् जसको स्वरमा सुकोमलता, मधुरता, भावमयता र करुणा झल्किन्थ्यो। उनका गीतहरूले जातीय सचेतना र मानवीय संवेदनाको उत्कर्ष प्रस्तुत गर्थे। उनी सङ्ख्यात्मकभन्दा गुणात्मक गायनमा विश्वास गर्थिन्। उनले ‘कान्छी’ चलचित्रका लागि उत्कृष्ट गायिकाको सम्मान प्राप्त गरिन् र ‘छिन्नलता’, ‘उर्वसी’ तथा भारतको ‘दिसारी’ पुरस्कारले सम्मानित भइन्। उनका गीतहरूमा मानव मर्मको झलक पाइन्थ्यो र श्रोतालाई भावनात्मक रूपले छोइरहन्थ्यो। उनी वि.सं. २०५४ माघ २२ गते निधन भइन्। अरुणा लामाले नेपाली संगीतमा अमूल्य योगदान पुर्याइन् र सदा सम्झनामा रहने गायिका बनिन्।परीक्षाको अघिल्लो रात म अत्यन्तै तनावमा थिएँ। म मेरो तयारीको मूल्याङ्कन गर्दै डर र आशंकाबीच थिएँ। मनमा प्रश्नहरू घुमिरहे र कहिलेकाहीँ चिन्ता बढ्थ्यो। मैले आफूलाई शान्त पार्न प्रयास गरेँ, स-साना नोटहरू पढेर सम्झिएँ कि मेहनतको फल अवश्यै राम्रो हुन्छ। रातभरि म सपना र डरको मिश्रित भावनामा रहेँ, तर मनले मलाई विश्वास दिलाउँथ्यो कि म सक्दो प्रयास गरे भने सफल हुनेछु।
- Q.१३. तलका कुनै एक प्रश्नको उत्तर दिनुहोस् :क. आफ्नो विद्यालयमा पुस्तकालय निर्माण गर्न बजेट माग गर्दै आफ्नो वडाका वडाध्यक्षलाई निवेदन लेख्नुहोस् ।ख. विद्यालयको वार्षिक उत्सवमा अभिभावकलाई दिइने निमन्त्रणा कार्डको नमुना तयार गर्नुहोस् ।A.प्रति,वडा अध्यक्षज्यू,विषय: विद्यालयमा पुस्तकालय निर्माणको लागि बजेटको अनुरोधम सम्मानपूर्वक निवेदन गर्दछु कि हाम्रो विद्यालयमा विद्यार्थीहरूको अध्ययन र ज्ञानवृद्धिका लागि पुस्तकालयको आवश्यकता छ। हाल पुस्तकहरूको अभावले विद्यार्थीहरूलाई अध्ययनमा कठिनाइ भइरहेको छ। यसका लागि वडाले बजेटको व्यवस्था गरी विद्यालयमा पुस्तकालय निर्माण गरिदिनु हुन अनुरोध गर्दछु। यसले विद्यार्थीहरूको अध्ययनशीलता, अनुसन्धान क्षमता र सामान्य ज्ञानमा वृद्धि गर्नेछ।धन्यवाद।तपाईंको आज्ञाकारी,[विद्यार्थीको नाम][विद्यालयको नाम]निमन्त्रणाहाम्रो विद्यालयले आगामी [मिति] मा वार्षिक उत्सव आयोजना गर्दैछ। यस कार्यक्रममा विद्यार्थीहरूको सांस्कृतिक, खेलकुद र शैक्षिक प्रस्तुति हुनेछ। यस अवसरमा तपाईंलाई हार्दिक निमन्त्रणा गर्दछौं।स्थान: [विद्यालयको हल/मैदान] समय: [समय उल्लेख]
- Q.१४. तल दिइएको अनुच्छेदबाट चारओटा बुँदा टिप्नुहोस् :मेरो देशको शिक्षा ज्ञान र विज्ञानको सङ्गम बन्नुपर्छ । यस्तो शिक्षाबाट पाइने ज्ञान वा चेतनाले मानिसलाई कर्तव्य, दायित्व, सद्गुण आदि सिकाउँछ । मानवीय स्वभाव र कर्मलाई सही मार्गमा लाग्न प्रेरित गर्दै कुनै कुराका फाइदा र बेफाइदाको व्याख्या गर्न सिकाउँछ । यसले मानिसलाई नैतिकवान्, सहिष्णु, दक्ष र विवेकशील बनाउन आवश्यक पर्ने नैतिक, सांस्कृतिक र वैज्ञानिक शिक्षाको सन्तुलनमा जोड दिन्छ । ज्ञान र विज्ञानले युक्त शिक्षा आर्जन गर्ने आजका विद्यार्थीमा व्यक्तिगत जीवन र सामाजिक जीवनका बारेमा गहिरो ज्ञान हुने छ । यस्तो विद्यार्थीको व्यक्तित्व विकासमा समेत यसले टेवा पुऱ्याउँछ । मेरो देशको शिक्षाले उत्पादन गरेका व्यक्तिमा सकारात्मक गुण भरिपूर्ण हुनुपर्छ । त्यसैले शिक्षित व्यक्तिमा शिष्टाचार, प्रतिबद्धता, सांस्कृतिक सद्भाव, सामाजिक सद्व्यवहारको क्षमता हुनु जरुरी छ भन्ने मलाई लाग्छ ।A.
- शिक्षा ज्ञान र विज्ञानको सङ्गम हुनुपर्छ।
- शिक्षा मानिसलाई कर्तव्य, दायित्व र सद्गुण सिकाउँछ।
- शिक्षा मानिसको नैतिक, सांस्कृतिक र वैज्ञानिक सन्तुलन विकास गर्छ।
- शिक्षाले विद्यार्थीको व्यक्तिगत र सामाजिक जीवनमा सकारात्मक प्रभाव पार्छ।
- Q.१५. दिइएको अनुच्छेदबाट एक तृतीयांशमा सारांश लेख्नुहोस् :ससाना कार्यबाट प्राप्त हुने ठुल्ठुला परिणामले पनि कर्तव्यको महानता झल्काउँछ । हरेक नागरिकले गर्नुपर्ने आआफ्ना कर्तव्यका दायरा छन् । आआफ्ना ठाउँबाट सबैले आआफ्नो कर्तव्य निर्वाह गरेको समाज सभ्य हुन्छ र सुसंस्कृत हुन्छ । ससाना कुरा मात्र हेरौं न ! नागरिकले आआफ्ना घर वरिपरि सफा गरे भने सिङ्गो गाउँ वा सहर सफा हुन्छ । कृषकले झरी, बादल नभनी गरेको मेहनतले सबैले खाने अन्न उत्पादन हुन्छ । समाजमा बस्ने नागरिकले एकअर्काको अस्तित्वको सम्मान र आदर गर्दै आफ्नो दायित्व निर्वाह गरेको समाज आदर्श समाज हुन्छ । शिक्षकले पेसाप्रतिको निष्ठा सम्झँदा र सोअनुसारको आचरण गर्दा शिक्षकको कर्तव्य पूरा हुन्छ । सरकारी कार्यालयबाट सेवाग्राहीले मुस्कानसहितको सेवा पाउँदा कर्मचारीको कर्तव्य पूरा भएको ठहर्छ ।A.ससाना कार्यले पनि ठूलो प्रभाव पार्छ। प्रत्येक नागरिकले आफ्नो कर्तव्य पालन गर्दा समाज सभ्य र सुसंस्कृत हुन्छ। कृषकले मेहनत गरे कृषिजन्य उत्पादन बढ्छ। नागरिकले एकअर्काको अस्तित्वको सम्मान गर्दा आदर्श समाज बनाउँछ। शिक्षक र सरकारी कर्मचारीले आफ्नो जिम्मेवारी पूरा गर्दा कर्तव्यको महत्व झल्किन्छ।
- Q.१६. तल दिइएका प्रश्नहरूको उत्तर लेख्नुहोस् :क. दिइएको कवितांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :जुटेका ज्ञानले जो छन् पार्दै धर्ती मनोहरउठेका कर्मले जो छन् गर्दै निर्माण सुन्दर ।समर्पित भएका छन् जो सदा न्याय खातिरसंसारमा उठेका छन् तिनैका विजयी शिर ।प्रश्नहरूअ. कवितांशमा ज्ञान र कर्मले कस्ता काम गर्नुपर्छ भनिएको छ ?आ. कस्ता मानिसको शिर उचो हुन्छ ?ख. दिइएको एकाङ्कीको अंश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :साराले आफ्नै देशमा काम पाएका छन्, हामीले यसरी विदेशमा लत्येर बस्नुपर्छ र ? यहाँ आफ्नो चाडबाड, पर्वमेला, तीर्थव्रत सब छाडेर अर्काको कमारो भएर बस्ने ? जाऔं हिँड जमान दाइ, मर्नुपरे पनि बरु आफ्नै देशमा मरौंला, आफ्नै भुइँमा लम्पसार परौंला, आफ्नै खोलाका बगरमा आफ्नै वनका काठले जलौँला । हाम्रा बाबुबाजेले आफ्नो आखिरी सास हिमालको बतासमा मिलाए, हामी पनि त्यसै गरौंला । आफ्ना पुर्खाको धर्म थामौँ। जमान दाइ, जाऔं । आजै जाऔं । उठ, ऐल्यै जाऔं । गइहालौँ । नबसौँ ।प्रश्नहरू:अ. माथिको एकाङ्कीको अंशमा नेपालको परिवेशलाई कसरी चित्रण गरिएको छ ?आ. एकाङ्कीको अंशले राष्ट्रभक्तिको कस्तो सन्देश दिएको छ ?A.कवितांशमा भनिएको छ कि ज्ञान र कर्मले सृष्टि र समाजको सुन्दर निर्माणमा योगदान पुर्याउनुपर्छ। ज्ञानले मानिसलाई सही निर्णय लिन र दायित्व बुझेको बनाउँछ भने कर्मले तिन निर्णयहरूलाई व्यवहारमा उतार्छ। यसरी ज्ञान र कर्म मिलेर संसारको सुन्दरता र न्याय सुनिश्चित गर्न सहयोग गर्छ।संसारमा उठेका व्यक्तिहरू, जसले ज्ञान र कर्मलाई समर्पित भएर न्याय र सत्यका लागि काम गर्छन्, तिनको शिर सधैं उचो हुन्छ। अर्थात् जिम्मेवार, निष्ठावान र समाजसेवी व्यक्तिको सम्मान र मान्यता उच्च हुन्छ।एकाङ्कीमा नेपालको प्राकृतिक र सांस्कृतिक परिवेशलाई जिवन्त रूपमा चित्रण गरिएको छ। आफ्नै चाडबाड, पर्वमेला, तीर्थव्रत र हिमालको बतासमा सास फेर्ने वर्णनले पाठकलाई आफ्नै देशको सुन्दरता र सांस्कृतिक धरोहर सम्झाउँछ।अंशले राष्ट्रभक्तिको सन्देश दिन्छ कि आफ्नो देशको माटोमा जन्मे अनुसार, आफ्नै देशमा काम गर्न र मरिहत्ते गर्नुपर्छ। विदेशमा मात्र जीवन बिताउने होइन, आफ्नै मातृभूमि र परम्परामा जीवन व्यतीत गर्नु नै सच्चा देशभक्ति हो।
- Q.१७. तपाईको विचारमा आयुर्वेदिक चिकित्सा पद्धति र एलोप्याथिक उपचार पद्धतिमा कुन उपयुक्त होला ? आफ्नो विचार लेख्नुहोस् ।A.मेरो विचारमा नेपाल जस्तो देशमा आयुर्वेदिक चिकित्सा पद्धति स्थापित गर्न सकिन्छ। आयुर्वेदिक उपचार प्राकृतिक वनस्पति र जडिबुटीमा आधारित हुन्छ, जसले दीर्घकालीन स्वास्थ्य र रोग प्रतिरोधक क्षमता बढाउँछ। यसले ग्रामीण र शहर दुबै क्षेत्रमा पहुँच बनाउन सजिलो हुन्छ। एलोप्याथिक पद्धति तत्काल समस्या समाधान गर्न प्रभावकारी भए पनि आयुर्वेदले शरीरको सन्तुलन, मानसिक स्वास्थ्य र रोग निवारणमा दीर्घकालीन सहयोग पुर्याउँछ। त्यसैले स्वास्थ्य क्षेत्रमा आयुर्वेदिक उपचारको विकल्प प्रयोग गर्नु उपयुक्त र व्यवहारिक छ।
- Q.१८. कुनै एक उद्धरणको व्याख्या गर्नुहोस् :क. एउटै इनार छ सम्पूर्ण गाउँमा र पनि कसैले पानी पिउन नपाएको गुनासो छैन मेलापात जानुपर्छ काखाको नानीलाई मजेत्रोले पिठिउँमा बाँधेर निस्कन तयार जे जो कुनै पनि आमा आफ्नै सन्तान पनि भार हुन सक्छ भन्ने उसलाई थाहा छैन ।ख. बाहिरी शत्रुलाई उठ्न दिनाको मूल कारण घरझगडा हो ।A.यस उद्धरणले समाजमा साझा स्रोत र त्यसको सदुपयोगको महत्त्व देखाउँछ। एउटै इनार भए पनि कसैले पानी पिउन नपाएको गुनासो छैन भनेको छ। यसको अर्थ हो कि सामूहिक सहकार्य र समान पहुँचको व्यवस्था भएमा सबैको आवश्यकता पूरा हुन्छ। यसले पाठकलाई सिकाउँछ कि साझा साधनको न्यायपूर्ण प्रयोग र सहयोगले समाजमा सामंजस्य, समानता र दिगोपन सुनिश्चित हुन्छ। उदाहरणका लागि, गाउँका सबै मानिसहरूले एउटै इनारबाट पानी पिउँदा कसैले पनि पछि पर्दैन, र सबैले पानीको उचित प्रयोग गर्ने बानी बसाउँछन्। यसबाट पाठकले सामाजिक उत्तरदायित्व, सहयोग र साझा स्रोतको सदुपयोगको महत्त्व बुझ्छ।यो उद्धरणले स्पष्ट गर्छ कि बाहिरी संकट वा आक्रमणको कारण प्रायः आन्तरिक असहमति वा घरभित्रको विवाद हुन्छ। यदि परिवार वा समाज भित्र सहकार्य, समझदारी र समन्वय भएमा बाहिरी खतरा कम असर गर्छ। यसले पाठकलाई चेतना दिन्छ कि आन्तरिक एकता र अनुशासन विना समाज बाहिरी चुनौतीसँग जुध्न सक्षम हुँदैन। शान्ति र सुरक्षा सुनिश्चित गर्न समाजभित्रको मेलमिलाप र सहकार्य अनिवार्य छ।
- Q.१९. कुनै एक प्रश्नको समीक्षात्मक उत्तर दिनुहोस् :क. दिइएको निबन्धांश पढी सोधिएको प्रश्नको उत्तर लेख्नुहोस् :सबै पखाईको पछिल्तिर मेरा सयौँ, सपना पर्खिरहेछन्, इच्छा र आकाङ्क्षा पर्खिरहेछन् । म के गरूँ, केही बनूँ, केही दिऊँ भन्छु तर यो असीमित इष्टसिद्धका लागि यतै पर्खनुपर्छ उतै पर्खनुपर्छ, यतै भुल्नुपर्छ, उतै धाउनुपर्छ, दोष कसलाई ? धेरै कुरा किन ? सुरुदेखि सत्य, समता र शान्ति पर्खदै आएको मानिस झन् विषमताको विषले बौलाहिरहेछ, झन् अशान्त भइहेछ ।प्रश्न:अ. नेपाली समाजमा मौलाउँदै गएको पर्खने र पर्खाउने प्रवृत्तिमाथि निबन्धकारले निबन्धमा के कस्तो व्यङ्ग्य प्रहार गरेका छन् ? दिइएको सन्दर्भ र पाठका आधारमा विवेचना गर्नुहोस् ।ख. तलको जीवनीको अंश पढी सोधिएको प्रश्नको उत्तर लेख्नुहोस्ःलक्ष्मीप्रसाद देवकोटाले कविता विधामा मात्रा आफ्नो कलमलाई सीमित गरेनन् । उनले लेखेका साहै गहकिला निबन्ध 'लक्ष्मी निबन्ध सङ्ग्रह', 'दाडिमको रुखनेर' मा सङ्कलित छन् । उनको एउटा 'सावित्री सत्यवान्' भन्ने नाटक र 'चम्पा' उपन्याससमेत प्रकाशित छ । वास्तवमा उनले लगातार चार दशकसम्म विभिन्न विधामा दर्जनौँ साहित्यिक कृति रचना गरी नेपाली साहित्यलाई समृद्ध तुल्याए ।प्रश्न:अ. लक्ष्मीप्रसाद देवकोटाले नेपाली साहित्यको क्षेत्रमा के कस्तो योगदान पुऱ्याएका छन् ? विवेचना गर्नुहोस् ।A.निबन्धकारले नेपाली समाजमा बढ्दो 'पर्खने र पर्खाउने' प्रवृत्तिमा गम्भीर व्यङ्ग्य प्रहार गरेका छन्। पाठमा व्यक्त गरिएको छ कि मानिसहरू आफ्ना सपना, आकांक्षा र इच्छा पूरा गर्न लगातार पर्खिन्छन्, तर समय र अवसर आए पनि तत्काल कदम चाल्दैनन्। यस प्रवृत्तिले समाजलाई निष्क्रिय बनाउँछ र व्यक्तिहरूको सिर्जनशीलता, काम गर्ने उत्साह घटाउँछ। व्यङ्ग्यमार्फत लेखकले पाठकलाई चेतना दिन्छन् कि अवसर र समयको मूल्य बुझेर सक्रिय, निश्चयी र जिम्मेवार बन्नुपर्छ। समाजले यस्ता व्यक्तिहरूलाई मात्र सम्मान गर्छ र विकास गर्न सक्षम हुन्छ।लक्ष्मीप्रसाद देवकोटा नेपाली साहित्यको क्षेत्रमा अद्वितीय योगदान पुर्याएका छन्। कविता, नाटक, उपन्यास र निबन्धमा उनले उत्कृष्ट सिर्जना गरेका छन्। चार दशकसम्म निरन्तर विभिन्न विधामा लेखन गर्दै उनले नेपाली भाषाको समृद्धि र साहित्यिक गुणस्तर उकासेका छन्। उनका कृतिहरूले सामाजिक चेतना, संस्कृति, भाषा र मानवीय मूल्यहरूको प्रचार गर्दै पाठकमा नैतिक र सांस्कृतिक जागरूकता ल्याएका छन्। देवकोटाका साहित्यिक योगदानले भविष्यका पुस्तालाई प्रेरित गर्ने अमूल्य स्रोत बनेको छ, जसले नेपाली साहित्यलाई विश्व स्तरमा चिनाएको छ।
- Q.२०. कुनै एक शीर्षकमा कम्तीमा १५० शब्दसम्मको निबन्ध लेख्नुहोस् :क. मैले चाहेको नयाँ नेपालख. साइबर अपराध र रोकथामग. ऊर्जाशक्तिA.मैले चाहेको नयाँ नेपाल न्यायपूर्ण, समावेशी र समृद्ध राष्ट्र हो। यहाँ सबै नागरिक समान अधिकार र अवसर पाउँछन्। शिक्षा, स्वास्थ्य र रोजगारी सबैका लागि समान पहुँच हुने वातावरणको निर्माण मेरो चाहना हो। भ्रष्टाचार र अपारदर्शिता कम भएर प्रशासन पारदर्शी र उत्तरदायी हुनेछ। महिलाहरू, आदिवासी, दलित र अन्य वञ्चित समुदायसम्म न्याय र अवसर पुग्नेछ। प्रविधि र विज्ञानको उपयोग गरेर गाउँ–शहर दुवै क्षेत्रमा विकास सुनिश्चित हुनेछ। कृषि, उद्योग र पर्यटनले आर्थिक वृद्धि ल्याउनेछन्। युवाहरूलाई सीप र दक्षता विकास गर्ने अवसर उपलब्ध हुनेछ। पर्यावरण संरक्षणमा जोड दिइनेछ र प्राकृतिक स्रोतको दिगो उपयोग सुनिश्चित गरिनेछ। सबै जाति, भाषा, धर्मको सम्मान हुने समाजको निर्माण हुनेछ। यस्तो नेपालमा नागरिकले आफ्ना विचार र आकांक्षा स्वतन्त्र रूपमा व्यक्त गर्न सक्नेछन्, र देशप्रति गर्व महसुस गर्नेछन्। मेरो सपना हो, यस्तो नेपाल जहाँ मानिसहरू मिलेर सुख, शान्ति र समृद्धिको यात्रा गर्नेछन्।साइबर अपराध आजको डिजिटल युगको एक गम्भीर समस्या हो। इन्टरनेट, मोबाइल एप्स र सामाजिक सञ्जालको बढ्दो प्रयोगले मानिसहरूलाई सजिलै पहुँचयोग्य बनाएको छ, तर यसले साइबर अपराधका अवसर पनि सिर्जना गरेको छ। व्यक्तित्व चोरी, बैंक खाता हैक, अनलाइन ठगी, फेक समाचार र डिजिटल धम्की जस्ता अपराधले मानिस र समाजमा भय, आर्थिक हानि र मानसिक तनाव ल्याउँछन्। साइबर अपराध रोकथामको लागि जनचेतना अत्यावश्यक छ। प्रयोगकर्ताले सुरक्षित पासवर्ड, दुई–चरण प्रमाणीकरण, र विश्वसनीय वेबसाइटको प्रयोग गर्नुपर्छ। सरकारले कडा नियम र कानून लागू गर्नुपर्छ र अपराधको तुरुन्त अनुसन्धान तथा कारबाही सुनिश्चित गर्नुपर्छ। विद्यालय, कलेज र सार्वजनिक ठाउँमा साइबर सुरक्षा शिक्षा अनिवार्य गर्नुपर्छ। यसरी डिजिटल साक्षरताले मात्र नागरिकलाई सुरक्षित राख्न सकिन्छ। यदि साइबर अपराधलाई रोक्न सकियो भने व्यक्तित्व सुरक्षा, आर्थिक सुरक्षा र समाजको समग्र विकास सुनिश्चित हुनेछ।ऊर्जा हाम्रो जीवनको आधार हो। कुनै पनि राष्ट्रको विकास ऊर्जा स्रोतमा निर्भर हुन्छ। नेपालजस्तो कृषिप्रधान देशमा जलविद्युत्, सौर्य ऊर्जा, पवन ऊर्जा र जीवाश्म इन्धन जस्ता स्रोतहरूका सम्भावना धेरै छन्। दिगो ऊर्जा उत्पादन र प्रयोगले आर्थिक वृद्धि, रोजगार र जनताको जीवनस्तर सुधार गर्न सक्छ। जलविद्युत् उत्पादन बढाएर नेपाल केवल आफ्नै आवश्यकताका लागि मात्र नभई छिमेकी देशमा निर्यात गर्न सक्षम हुनेछ। ऊर्जा बचत र अक्षय स्रोतको उपयोगले वातावरण संरक्षणमा पनि योगदान पुग्छ। घर, विद्यालय र उद्योगमा आधुनिक ऊर्जा प्रविधि अपनाउनुपर्छ। युवाहरूलाई ऊर्जा क्षेत्रमा अनुसन्धान र प्रविधिमा प्रशिक्षण दिनुपर्छ। ऊर्जा सन्तुलन, पर्याप्त आपूर्ति र दिगो प्रयोगले मात्र नेपालमा उद्योग, कृषि र सेवा क्षेत्रको दिगो विकास सम्भव हुन्छ। यस्तो ऊर्जा शक्तिशाली राष्ट्र निर्माणले देशलाई आत्मनिर्भर र समृद्ध बनाउनेछ।
Practice Without Boundaries.
Premium gives you full access, zero ads, and unlimited custom paper generation. Study your way, every day.