Answers On/OffJS required
Group A
- Q.१. समूह क मा दिइएका शब्दको अर्थ समूह ख बाट पहिचान गरी लेख्नुहोस् ।
समूह क समूह ख श्रद्धा भान निषेध भक्तिभाव आभास जवान बालिग बालक प्रतिबन्ध नजरबन्द A.समूह क समूह ख श्रद्धा भक्तिभाव निषेध प्रतिबन्ध आभास भान बालिग जवान - Q.२. दिइएको अनुच्छेदबाट उपयुक्त शब्द पहिचान गरी खाली ठाँउ भर्नुहोस् :दुई दशकपछि आफू पढेको विद्यालय जाँदा आफ्ना ती दिनहरू झलझली सम्झै । आफूले पढेको कक्षाकोठा, डेस्क, बेञ्च अनि आफूले खेलेको चौर जहाँ साथीहरू मिलेर खाजा खाएको सम्झैँ ।ती कुराहरू सम्झिँदा म त साह्रै भावुक भएछु । हामीलाई पढाउनु भएका गुरुबा र गुरुआमा भेट्दा आफू त्यही बालक भएको महसुस गरें।क. 'पाठशाला' को पर्यायवाची शब्द..... हो ।ख. 'दिन' को श्रुतिसमभिन्नार्थी शब्द .......हो ।ग. दश वर्षको अवधिलाई बुझाउने सिङ्गो शब्द..... हो ।घ. 'शत्रु' को विपरीतार्थी शब्द .....हो ।A.क. 'पाठशाला' को पर्यायवाची शब्द विद्यालय हो ।ख. 'दिन' को श्रुतिसमभिन्नार्थी शब्द दीन हो ।ग. दश वर्षको अवधिलाई बुझाउने सिङ्गो शब्द दशक हो ।घ. 'शत्रु' को विपरीतार्थी शब्द मित्र हो ।
- Q.३. तलको अनुच्छेदबाट एउटा दुक्का र एउटा अनुकरणात्मक शब्द पहिचान गरी तिनलाई वाक्यमा प्रयोग गर्नुहोस् :जीवन मरणको कसम खाएर राम र सीताले लगन गाँठो बाँधेपछि गाउँघरमा हल्लीखल्ली नै मच्चियो । कुरा काट्नेहरू पनि लुसुक्क आफ्ना घरतिर लागे ।A.दुक्का शब्द : कसमवाक्य प्रयोग: मैले आफ्नो जीवनमा ठूलो सफलता प्राप्त गर्ने कसम खाएँ ।अनुकरणात्मक शब्द : लुसुक्कवाक्य प्रयोग:ऊ लुसुक्क घरभित्र पस्यो ।
- Q.४.दिइएको प्रश्नको उत्तर दिनुहोस् ।क. दिइएका शब्द समूहबाट शुद्ध शब्द छानी लेख्नुहोस् ।अ. नैशर्गिक नैसर्गिक नैशर्गीक नैसरगिकआ. चिकित्सा चिकीत्सा चिकीत्षा चीकित्साख. दिइएको वाक्यलाई शुद्ध पारी लेख्नुहोस् ।मेरो देसको शिक्षा व्यावसायिक सिप र समालोचनात्मक चीन्तनले युक्त जनशक्ति तयार पार्न तललीन छA.नैसर्गिकचिकित्सामेरो देशको शिक्षा व्यावसायिक सिप र समालोचनात्मक चिन्तनले युक्त जनशक्ति तयार पार्न तल्लीन छ ।
- Q.५. दिइएको अनुच्छेदमा गाढा गरिएका शब्दको शब्दवर्ग पहिचान गर्नुहोस् ।निशाले परीक्षामा धेरै अङ्क ल्याइन् त्यसैले उनी प्रथम भइन् ।A.निशाले → संज्ञा (कर्ता कारक)अङ्क → संज्ञाप्रथम → विशेषणभइन् → क्रिया
- Q.६. दिइएको दुवै प्रश्नको उत्तर दिनुहोस् ।क. दिइएको अनुच्छेदबाट दुई दुईओटा उपसर्ग र प्रत्यय लागेर बनेका शब्द पहिचान गरी तिनको निर्माण प्रक्रिया देखाउनुहोस् ।नेपालमा हरेक जाति, समुदायका आफ्ना मौलिक सिप, प्रविधि र उत्पादन छन् । हामीसँग धातु, काठ, बाँस, माटो, कपास आदिका सामान बनाउने आफ्नै प्रकारको सिप र प्रविधि थियो, अझै छ ।ख. दिइएको अनुच्छेदबाट एउटा समस्त शब्द पहिचान गरी विग्रह गर्नुहोस्, एउटा विग्रह पदावली पहिचान गरी समस्त शब्द बनाउनुहोस् र द्वित्व भएर बनेका दुईओटा शब्द पहिचान गरी निर्माण प्रक्रियासमेत देखाउनुहोस् ।आहानाको घरमा दाजुको विवाह छ। उनका दाजु गहुँ झै गोरो र अग्ला छन् । आमाबुबा र फुपू विवाहका लागि मिलिजुली सरसामान किन्न बजार जानुभएको छ। घर फर्केपछि उहाँहरूले चिया खाने इच्छा व्यक्त गर्नुभयो । त्यसैले भावना चियासिया बनाउन भान्साकोठातिर लागिन् ।A.
- उपसर्ग : प्रविधि, उत्पादन (प्र–, उत–)
- प्रत्यय : सामान+हरू → सामानहरू, जाति+हरू → जातिहरू
- समस्त शब्द : आमाबुबा (आमा + बुबा)
- विग्रह पदावली : चिया पिउने इच्छा → चियासिया
- द्वित्व : गहुँझै, मिलिजुली
- Q.७. दिइएको अनुच्छेदलाई पूर्ण भूतकालमा परिवर्तन गर्नुहोस् ।नेता चुनावमा उठे । चुनावमा प्रचारप्रसार गरे । मतदान भयो । नेताले भारी मतले जिते ।A.नेता चुनावमा उठेका थिए । चुनावमा प्रचारप्रसार गरेका थिए । मतदान भएको थियो । नेताले भारी मतले जितेका थिए ।
- Q.८. कुनै एक प्रश्नको उत्तर लेख्नुहोस् ।क. इच्छार्थक क्रियापदको प्रयोग गरी नेपालीको उन्नतिका बारेमा चार वाक्यमा एक अनुच्छेदमा लेख्नुहोस् ।ख. दिइएका द्वितीय पुरुषका वाक्यलाई प्रथम पुरुषमा परिवर्तन गरी पुर्नेलेखन गर्नुहोस् ।तिमी घर जान्छौ । हातमुख धुन्छौ । मिठो खाजा खान्छौ । तिमी गृहकार्य गर्न थाल्छौ ।A.हामीले मेहनत गर्न चाहन्छौं । देशको प्रगति देख्न चाहन्छौं । शिक्षामा सुधार ल्याउन चाहन्छौं । नेपालीको जीवनस्तर उन्नति गर्न चाहन्छौं ।म घर जान्छु । हातमुख धुन्छु । मिठो खाजा खान्छु । म गृहकार्य गर्न थाल्छु ।
- Q.९. कोष्ठकमा दिइएका सङ्केतका आधारमा वाक्य परिवर्तन गर्नुहोस्क. रमेश कथा पढ्दै छ । (प्रेरणार्थक)ख. हावा चल्छ । शीतल हुन्छ । (वाक्य संश्लेषण)ग. हरिद्धारा आकाशमा जुनतारा देखियो । (कर्तृवाच्य)घ. हिमालमा हिँउ परेकाले जाडो भयो । (संयुक्त वाक्य)A.रमेशलाई कथा पढाइयोस् ।हावा चलेर शीतल हुन्छ ।आकाशमा जुनतारा हरिद्धाराबाट देखियो ।हिमालमा हिँउ पर्यो र जाडो भयो ।
- Q.१०. दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् ।देवकोटाले जे लेखे र जुन जुन जिम्मेवारी पाए, प्रायः ती सबैमा उनले राष्ट्रको हितमा काम गरेर आफ्नो अव्बलता प्रर्दशन गरे । देवकोटा आफूले हात हालेका हरेक क्षेत्रमा एक असल व्यक्तित्वको रुपमा चिनिए । उनका चेला आज पनि उनी जस्तो शिक्षक र प्राध्यापकसँग तुलनीय व्यक्ति भेट्न नसकेको कुरा गर्छन् । शिक्षामन्त्री हुँदा नेपाली भाषालाई पठनपाठनमा अनिवार्य विषयका रुपमा लागु गर्ने गराउने कार्यमा उनैको विशेष पहल कदमी रह्यो । तत्कालीन नेपाल राजकीय पज्ञा प्रतिष्ठानको स्थापनामा सक्रिय रुपमा संलग्न भएर संस्थागत रुपमा साहित्य र संस्कृतिको विकासको ढोका खोल्ने कार्यमा उनको योगदान चिरस्मरणीय रहेको छ । त्रिभुवन विश्वविद्यालय कहाँ रहने भन्ने स्थान चयन पनि उनीबाटै भयो । उनी एक यस्ता मोती हुन्, जसले जुन क्षेत्रलाई स्पर्श गरे त्सस क्षेत्रलाई झन् झन् चक्काइदिए ।प्रश्नहरू:क. रेखाङ्कित शब्द देवकोटाले शब्दको कारक र विभक्तिको नाम लेख्नुहोस् ।ख. देवकोटाले आफूले हात हालेको हरेक क्षेत्रमा एक असल व्यक्तिका रुपमा चिनिएको छ । वाक्यलाई अकरण बनाउनुहोस् ।ग. दिएको अनुच्छेदबाट एउटा संयुक्त अज्ञात भूतमा परिणत गर्नुहोस् ।घ. देवकोटा आफूले हात हालेका हरेक क्षेत्रमा एक असल व्यक्तित्वको रुपमा चिनिए । यस वाक्यलाई मिश्र वाक्यमा परिवर्तन गर्नुहोस् ।A.देवकोटाले → कर्ता कारक, ले विभक्तिदेवकोटा आफूले हात हालेको हरेक क्षेत्रमा एक असल व्यक्तिका रूपमा चिनिएको छैन ।देवकोटा आफूले हात हालेको हरेक क्षेत्रमा एक असल व्यक्तिका रूपमा चिनिएका थिए ।देवकोटा हरेक क्षेत्रमा हात हाल्दा, उनी असल व्यक्तित्वका रूपमा चिनिए ।
- Q.११. दिइएको गद्यांश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् ।प्रत्येक जीवका शरीरमा एउटा अत्यन्त सुक्ष्म मन हुन्छ । यो अत्यन्त तीव्र र गतिवान् हुन्छ । यसले इन्द्रियलाई नियन्त्रण गरेको हुन्छ । यसको आत्मासँग सम्बन्ध विच्छेद भयो भने अचेतन भएर सुषुप्त रहन्छ । प्रत्येक व्यक्तिका मनमा सत्व, रज र तन गरी तीन प्राकृतिक गुण हुन्छन् । यी मध्ये सामान्यतया कुनै एउटा प्रबल हुन्छ । व्यक्तिमा तीन गुण हुन्छन् । यी मध्ये सामान्यतया कुनै एउटा प्रबल हुन्छ । व्यक्तिमा पनि सोही गुणका विशेषता अनुरुपकै हुने गर्छ । समय समयमा आहार, आचरण र परिस्थितिको प्रभावले गर्दा अन्य गुण पनि जागृत हुन्छन् । आशक्ति र द्वेष शून्य वास्तविक मन सात्विक मन हो । रागयुक्त, सचेत र चञ्चल मन राजस मन हो। क्रोधी र अज्ञानी मनलाई वामस भनिन्छ । त्यसैले सात्विक मनलाई शुद्ध सत्व वा प्राकृतिक मानिन्छ भने राजस र तामसलाई दोषपूर्ण मानिन्छ । आत्माबाट चेतना प्राप्त गरेपछि स्वमाविक वा दोषपूर्ण मनले आफ्ना गुणथुसार इनिद्रयलाई आ- आफ्ना वस्तुमा संलग्न गराउँछ । त्यहीथुसार शारीरिक कार्य सम्पन्न हुन्छ । आत्माले मनद्धारा इन्द्रियलाई अर्थात् शरीरका अङ्गलाई उत्तेजित गर्छ किनभने मन नै आत्माको साधन हो । मनको सम्पर्क जुन इन्द्रियसँग हुन्छ, ज्ञान पनि त्यही इन्द्रियद्धारा प्राप्त हुन्छ ।प्रश्नहरू:क. व्यक्तिका मनमा कुन कुन गुण रहेका हुन्छन् ?ख. मन र इन्द्रिय बिचको सम्बन्ध देखाउनुहोस् ।ग. राजस र तामस मनको तुलना गर्नुहोस् ।घ. व्यक्तिका व्यवहार कसरी निर्धारण हुँदा रहेछन् ?A.व्यक्तिका मनमा सत्व, रज, तामस गुण रहेका हुन्छन् ।आत्माले मनमार्फत इन्द्रियलाई उत्तेजित गर्छ, र मनकै सम्पर्क भएको इन्द्रियबाट ज्ञान प्राप्त हुन्छ भन्ने सम्बन्ध हुन्छ ।राजस मन सचेत, रागयुक्त र चञ्चल हुन्छ भने तामस मन क्रोधी र अज्ञानी हुन्छ ।व्यक्तिको व्यवहार उसको गुण (सत्व, रज, तामस), आहार, आचरण र परिस्थितिका आधारमा निर्धारण हुन्छ ।
- Q.१२. कुनै एक प्रश्नको उत्तर दिनुहोस् ।क. दिइएका बुँदाहरूका आधारमा जीवनी लेखी उपयुक्त शीर्षक समेत लेख्नुहोस् ।नाम : मोतिराम भट्टजन्म : वि.सं. १९२३ भाद्र कृष्ण कुशे औंशी काठमाडौं भोसिको टोलमाता / पिता : रिपुमर्दिनी देवी / दयाराम भट्टशिक्षा : बनारस भारतमा संस्कृत अङ्ग्रेजी र उसको शिक्षा आर्जनप्रमुख घटना :-६ वर्षको उमेरमा आमासँग काशी प्रस्थान-आठ वर्षको उमेरमा व्रतबन्ध, वनारसमा रही संस्कृत र फारसी भाषाको अध्ययन-वि.सं. १९३८ पुष महिनामा काशी गई अङ्ग्रेजी स्कुलमा भर्ना नेपाली भाषामा पुस्तकहरू छापी प्रकाशित गर्ने उद्देश्यले वनारसमा भारत जीवन नामक प्रेस खोली त्यसको व्यवस्थापक बनेका रामायणको बालकाण्डका साथै गोरखा भारत जीवन भन्ने पहिलो-नेपाली भाषाका पत्रिका प्रकाशनको थालनी ।विशेषताहरू:-नेपाली साहित्यका विविध विधाहरूको माध्यमिक कालको थालनी-माध्यमिक कालको केन्द्रिय प्रतिभा, प्रथम नेपाली गजलकार, नाटककार, समालोचन-काठमाडौं र वनारसमा रहँदा मोतिमण्डलीको स्थापना-नवोदित प्रतिभाहरूको लागि उपयुक्त साहित्यिक बाताबरणको स्थापनाकृतिहरू - प्रहृलादभक्ति कथा, पीकदूत, उषाचरित्र, गजेन्द्रमोक्ष, भ्रमर गीत, कवि समूह वर्णन, शकुन्तला नाटकमृत्यु : वि.सं. १९५३ भाद्र कुशे औशी ।ख. विद्यार्थी जीवनमा अनुशासनको महत्त्व शीर्षकमा वक्तृता तयार पार्नुहोस् ।A.मोतिराम भट्ट : नेपाली साहित्यका केन्द्रीय प्रतिभानेपाली साहित्यका माध्यमिक कालका प्रमुख व्यक्तित्व मोतिराम भट्टको जन्म वि.सं. १९२३ भाद्र कृष्ण औँसीका दिन काठमाडौंको भोसिको टोलमा भएको हो । उहाँको पिता दयाराम भट्ट र माता रिपुमर्दिनी देवी हुनुहुन्थ्यो । बाल्यकालमा आमासँगै काशी जानु भयो र त्यहाँ संस्कृत, फारसी, अंग्रेजी आदिको अध्ययन गर्नुभयो । वि.सं. १९३८ मा अंग्रेजी विद्यालयमा भर्ना भई उच्च शिक्षा हासिल गर्नुभयो । उहाँले वनारसमा भारत जीवन प्रेस स्थापना गरी नेपाली भाषाका पुस्तक छाप्ने काम गर्नुभयो । रामायणको बालकाण्ड र गोरखा भारत जीवन नामक पत्रिका प्रकाशन गरेर नेपाली साहित्यमा नयाँ आयाम थप्नुभयो । मोतिराम भट्ट पहिलो नेपाली गजलकार, नाटककार र समालोचकका रूपमा परिचित हुनुहुन्छ । उहाँले प्रह्लादभक्तिकथा, उषाचरित्र, गजेन्द्रमोक्ष, भ्रमरगीत, शकुन्तला नाटक लगायतका कृति दिनुभयो । काठमाडौं र वनारसमा रहँदा उहाँले “मोतिमण्डली” स्थापना गरी नयाँ लेखकहरूलाई साहित्यिक वातावरण बनाउनुभयो । नेपाली साहित्यलाई माध्यमिक कालतर्फ लैजाने प्रमुख व्यक्तित्वका रूपमा उहाँ सदैव स्मरणीय रहनुहुन्छ । उहाँको निधन वि.सं. १९५३ भाद्र कुशे औँसीमा भयो ।आदरणीय प्रमुख अतिथि, शिक्षकगण, र मेरा प्रिय साथीहरू, आज म विद्यार्थी जीवनमा अनुशासनको महत्त्व भन्ने विषयमा केही विचार प्रस्तुत गर्न चाहन्छु । विद्यार्थी जीवन व्यक्ति जीवनको आधारशिला हो । यो अवधिमा सिकेका आचरण, गुण र बानीले भविष्य कस्तो बन्ने भन्ने निर्धारण गर्छ । त्यसैले अनुशासन विद्यार्थी जीवनको सबभन्दा ठूलो धन हो । समयपालन, मेहनत, ईमानदारी, शिक्षक र अभिभावकको सम्मान, अध्ययनमा निरन्तरता—यी सबै अनुशासनका लक्षण हुन् । अनुशासन नभए विद्यार्थी भोगी, आलसी र उद्दण्ड बन्छ, जसले भविष्य अन्धकारमय बनाउँछ । अनुशासनमा बस्ने विद्यार्थी मात्र जीवनमा सफल हुन्छन् र राष्ट्रलाई योगदान पुर्याउन सक्छन् । त्यसैले विद्यार्थी जीवनमा अनुशासनलाई मेरुदण्डको रूपमा लिनु पर्छ । धन्यवाद ।
- Q.१३. कुनै एक प्रश्नको उत्तर दिनुहोस् ।क. सार्वजनिक जग्गामा मानिसले टहरा बनाइरहेकाले सोको रोकथामको लागि आफ्नो वडाध्यक्षलाई जानकारी दिने उद्देश्यले लेखिएको निवेदनको नमुना तयार पार्नुहोस् ।ख. अत्यन्त मिलनसार साथीकी हजुरआमाको असामयिक निधनका कारण दुःखी बनेको साथीको लागि समवेदना पत्र तयार पार्नुहोस् ।A.विषय : सार्वजनिक जग्गामा टहरा निर्माण रोक्नको लागि निवेदनश्रीमान वडाध्यक्षज्यू, सादर निवेदन, हाम्रो टोलको सार्वजनिक जग्गामा केही व्यक्तिहरूले अनधिकृत रूपमा टहरा बनाउँदै गरेका छन् । यसले स्थानिय बासिन्दाहरूलाई आवतजावतमा समस्या पुर्याएको छ । सार्वजनिक जग्गा सबैको साझा सम्पत्ति भएकाले यसमा निजी प्रयोग हुनु उचित देखिँदैन । त्यसैले तत्काल टहरा हटाई उक्त जग्गालाई सार्वजनिक प्रयोगमा ल्याउन आवश्यक पहल गरिदिनुहुन अनुरोध गर्दछु ।निवेदक : ........मिति : ........प्रिय साथी [साथीको नाम],तिम्री अत्यन्त मिलनसार र स्नेही हजुरआमाको असामयिक निधन भएको खबर सुनेर म गहिरो दुःखी भएँ । तिमीलाई अहिले परेको पीडा र शोकलाई शब्दमा व्यक्त गर्न गाह्रो छ । तिम्री हजुरआमा दयालु, आदर्शवान् र सबैलाई मायाप्रेम गर्ने व्यक्तित्व भएकी थिइन् । उहाँको अभावले केवल तिमीको परिवारलाई मात्र नभई उहाँलाई चिनेका सबैलाई गहिरो क्षति पुगेको छ ।यस कठिन घडीमा म तिमी र तिम्रो परिवारसँग हृदयदेखि समवेदना व्यक्त गर्दछु । परमेश्वरले तिमीलाई धैर्य, सहनशीलता र शक्ति प्रदान गरून् । हजुरआमाको आत्माले शान्ति पाओस् भन्ने प्रार्थना गर्दछु ।तिम्रो साथी[तिम्रो नाम]
- Q.१४. दिइएको अनुच्छेदबाट चारबोटा बुँदा टिप्नुहोस् ।विश्वमा मानव जातिका लागि मानव अधिकार भन्ने कुरा अपरिहार्य विषय बन्न पुगेको छ । मानव अधिकारको अभावमा मान्छेको वैयक्तिक विकास सम्भव छैन् । जब एउटा नागरिक आफ्ना अधिकार बाट बञ्चित रहन्छ तब त्यसको असर समाज र राष्ट्रले समेत भोग्नुपर्ने हुन्छ । मानव अधिकार कुनै एउटा राज्यको मात्र सरोकारको कुरा होइन । यसको सम्मानमा संसारका हरेक व्यक्ति समाज राज्य एवम् अन्तराष्ट्रकै सहयोग अत्यावश्यक हुन्छ तापनि आफ्नो मुलुकमा मानव अधिकारलाई सम्मान गर्ने परिपाटी कायम गर्ने कि नगर्ने भन्ने विषय भने त्यस मुलुकको राज्य व्यवस्था वा सरकारमै निर्भर गर्दछ । यस अर्थमा मानव अधिकारको सम्मान गर्न र त्यसलाई सुदृढ पार्न सरकारको नै महत्वपूर्ण भूमिका रहनु स्वाभाविक हो । जहाँ मानव अधिकारको सम्मान हुँदैन, त्यहाँ प्रजातन्त्र पनि हुँदैन । जहाँ प्रजातन्त्र हुन्छ, त्यहाँ मानव अधिकारको सम्मान गर्नु अनिवार्य हुन्छ । मानव अधिकारलाई गौण विषय ठानेर र त्यसलाई वेवास्ता गरेर प्रजातन्त्रको कुरा गर्नु निरङ्कुशतालाई आत्मसात् गर्नु हो । विश्वका कतिपय मुलुकहरूमा प्रजातन्त्रको नाममा मानव अधिकारको अवहेलना हुँदै आएको छ ।A.१. मानव अधिकार बिना व्यक्तिगत विकास सम्भव हुँदैन ।२. मानव अधिकारको सम्मान नगर्ने मुलुकमा प्रजातन्त्र हुँदैन ।३. मानव अधिकारको सम्मानमा सरकारको मुख्य भूमिका हुन्छ ।४. कतिपय मुलुकमा प्रजातन्त्रको नाममा मानव अधिकारको उल्लङ्घन भइरहेको छ ।
- Q.१५. दिएको अनुच्छेदबाट एक तृतीयाशंमा सारांश लेख्नुहोस् ।मलाई अब धेरै दिन बाँचुला जस्तो लाग्दैन । मैले जीवनमा हजुरकाप्रति धेरै अत्याचार गरेको छु । यस अज्ञानीको सबै अपराध क्षमा गरेर यी नाबालक छोराछेरीको शरण लिइदिनुहोला । भाइका कुरा सुनेर मुरलीघरले बर्र आँसु झारे । मुरलीघर रोएको देखेर श्रीधरका जहान, छोराछोरी पनि रुन थाले । एकछिनपछि भाइको निधार, छाती, हात, गोडा सबै अङ्ग छामे । उनको शारीरिक गति देखेर मुरलीधरको हृदयमा दुःखको कोलाहल मच्चियो । केही बेरपछि छातीमा भक्कानु पारेर आँसु झार्दै भने, विसेक हुन्छ बा हरेस नखाऊ । बरु अब यहाँका वैद्यको भर गरेर बस्नु भएन । तिमीलाई देशतिर औषधी गराउन लैजान्छु ।A.बीमार पात्रले आफ्नो जीवन लामो नहुने महसुस गर्दै अघिल्लो गल्ती क्षमा गर्न अनुरोध गर्छ । मुरलीधरले भावुक भई आँसु झार्छन् र भाइको पीडामा दुःखित हुन्छन् । उहाँले देशमै औषधोपचार गराउन लैजाने आश्वासन दिन्छन् । यसरी अनुच्छेदले पारिवारिक माया, सहानुभूति र कर्तव्यबोधको भाव व्यक्त गर्दछ ।
- Q.१६. दिएका प्रश्नको उत्तर दिनुहोस् ।क. दिइएको कथांश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् ।छोरीको कुरो सुन्ने वित्तिकै पढाउन छोडेर रमाको हात समाउँदै मुरलीधर भाइका घरतिर गए । श्रीधर खाटमा कोल्टे परेर सुतिरहेका रहेछन् । दाजुलाइ देखेर बडो कष्टसाथ उठेर गहभरि आँसु झारेर ढोगिदिए । भाइका आँखामा आँसु छचल्किरहेको देखेर मुरलीघरको पनि गहभरि आँसु भो । चार वर्षपछिको यी दुई भाइको पुनर्मिलन सारै दुःखलाग्दो देखियो ।प्रश्नहरूअ. मुरलीधरको स्वभाव कस्तो थियो ?आ. दाजु भाइका बिचको आत्मीयता कसरी झल्कन्छ ?ख. दिइएको कवितांश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् ।यो, मेरो देशको सुदूर पूर्वको गाउँ !यो, मेरो देशको सुदूर पश्चिमको गाउँ ।छिमेकी अगेनाबाट आगो ओसारेर सुरु हुने यहाँको दिनगोठमा, वस्तुभाउलाई घाँसपात हालेर केटाकेटी हुन्छ खेतमा, गोरु नारेर तन्नेरी हुन्छर बेग्लाबेग्लै मान्छेका ओठहरू भएरदिनभरि फलाकिरहन्छदिनभरि हतारिरहन्छ ।प्रश्नहरूअ. कवितांशमा गाउँको दिन कसरी सुरु हुन्छ ?आ. कवितांशमा केटाकेटी र तन्नेरीले के–के काम गर्ने उल्लेख छ ?A.मुरलीधरको स्वभाव निकै दयालु, संवेदनशील र परिवारप्रेमी थियो भन्ने कुरा कथांशबाट प्रष्ट हुन्छ । छोरीले मात्र भाइको अवस्थाबारे कुरा उठाउँदै गर्दा उनले पढाउन छोडेर तुरुन्तै रमाको हात समात्दै भाइ श्रीधरको घरतिर गए । यसबाट देखिन्छ कि उनले पढाउन, कमाउन वा आफ्नो व्यक्तिगत कामभन्दा पनि परिवार र भाइलाई प्राथमिकता दिए । भाइलाई देख्दा उनको आँखामा आँसु आउनु र भाइसँगको पुनर्मिलनमा दुःख–सुख बाँड्नुले उनको भावुक र आत्मीय स्वभावलाई झल्काउँछ । त्यसैले, मुरलीधर आत्मीयता बोकेको, दाजुभाइको सम्बन्धलाई महत्व दिने, पीडामा साथ दिने जिम्मेवार व्यक्ति थिए भन्ने ठहरिन्छ ।कथांशमा चार वर्षपछि दाजुभाइको भेट हुँदा उनीहरूको आँखामा स्वतः आँसु आउनु, श्रीधरले दाजुलाई गहभरि आँसु झारेर ढोग्नु, मुरलीधरले पनि आँसु रोक्न नसक्नु, यी सबै घटनाले उनीहरूबीचको आत्मीयता गहिरो रहेको स्पष्ट हुन्छ । दाजुभाइबीचको सम्बन्ध केवल रगतको मात्र नभई हृदयसम्म गहिरो छ भन्ने कुरा पुनर्मिलनको क्षणमै प्रमाणित हुन्छ । लामो समयपछि भेट हुँदा दुःख, माया र बिछोडको पीडाले उनीहरूलाई एकैचोटि भावुक बनाएको छ । त्यसैले, दाजुभाइबीचको आत्मीयता आँसु, मायापूर्ण व्यवहार र हृदयस्पर्शी भेटघाटमार्फत झल्किएको छ ।कवितांशले गाउँको जीवनशैलीलाई वास्तविक र सरल ढंगले प्रस्तुत गरेको छ । गाउँको दिन बिहानै छिमेकी अगेनाबाट आगो ओसारेर सुरु हुन्छ भन्ने उल्लेख छ । यसले ग्रामीण जीवनमा बिहानको चहलपहल, आत्मनिर्भरता र एकअर्काको सहयोगको संस्कृतिलाई देखाउँछ । गाउँमा बिहानै पशुपालन, खेतबारी र घरेलु कामसँग दिनको शुरुवात हुन्छ भन्ने कुरा यस कवितांशले जीवन्त रूपमा चित्रण गरेको छ ।कवितांशमा गाउँका बालबालिकाले गोठमा गएर वस्तुभाउलाई घाँसपात हाल्ने काम गर्ने उल्लेख छ । यसले उनीहरू सानैदेखि परिवार र घरधन्दा चलाउन योगदान दिने जिम्मेवारी वहन गर्ने देखाउँछ । त्यस्तै तन्नेरीहरू खेतमा गएर गोरु नार्ने काम गर्छन् भन्ने उल्लेख छ । यसले गाउँमा तन्नेरी पुस्ताले खेतीपाती, हलो जोत्ने जस्ता उत्पादनमूलक कार्यमार्फत आफ्नो श्रम र समय समाज र परिवारलाई अर्पण गर्ने परम्परा देखाउँछ । यसरी बालबालिकादेखि तन्नेरीसम्म सबैले श्रम, जिम्मेवारी र सहयोगका माध्यमबाट गाउँलाई सक्रिय बनाउने कुरा कवितांशमा प्रकट हुन्छ ।
- Q.१७. दिइएका प्रश्नको तार्किक उत्तर लेख्नुहोस् ।युवालाई विदेसिनबाट रोक्न के गर्नुपर्ला ? घरको माया' एकाङ्कीका आधारमा आफ्ना तर्क राख्नुहोस् ।A.नेपालका युवाहरू आजको समयमा व्यापक रूपमा विदेशिन बाध्य भइरहेका छन् । यसको प्रमुख कारणहरू बेरोजगारी, अवसरको कमी, उचित पारिश्रमिक नपाइनु, राजनीतिक अस्थिरता र गुणस्तरीय शिक्षा तथा रोजगारीको अभाव हुन् । "घरको माया" एकाङ्कीमा जस्तै युवाहरूले आफ्नो माटो छाडेर बाहिर जानुपर्ने अवस्था निकै पीडादायी चित्रण गरिएको छ । युवालाई विदेशिनबाट रोक्न सबैभन्दा पहिले देशभित्रै रोजगारको प्रशस्त अवसर सिर्जना गर्नुपर्छ । कृषि, पर्यटन, उद्योग, सूचना प्रविधि जस्ता क्षेत्रमा लगानी बढाएर युवालाई आत्मनिर्भर बन्न प्रेरित गर्नुपर्छ । शिक्षा प्रणालीलाई व्यवहारिक र सीपमुखी बनाउन जरुरी छ ताकि उनीहरूले अध्ययनपछि काम पाउन सकून् । साथै, राजनीतिक स्थिरता, भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापना गरेर युवामा आफ्नो देशप्रति विश्वास बढाउनुपर्ने हुन्छ । त्यसैले, युवालाई विदेशिनबाट रोक्न उत्पादनमूलक क्षेत्रमा अवसर सृजना, सीप अभिवृद्धि, स्वदेशमै राम्रो वातावरण निर्माण र घरप्रतिको माया जगाउन सकिएमा मात्र उनीहरूलाई स्वदेशमै रोक्न सकिन्छ ।
- Q.१८. कुनै एक उद्दरणको व्याख्या गर्नुहोस् ।क. उदात्त कर्मको यात्रा गर्दछन् जो सधै सधै आदर्श नमुना मान्छे बन्दछन् विश्वमा तिनै ।ख. बाहिरी शत्रुलाई उठ्न दिनाको मूल कारण नै घरझगडा हो ।A.यस उद्धरणमा उच्च र आदर्श कर्मको महत्वबारे चर्चा गरिएको छ । मानिसले जीवनमा सम्पत्ति, शक्ति वा पदवी पाए पनि यदि उसले उदात्त कर्म गरेन भने उसको जीवनको मूल्य घट्छ । तर, जसले सधैँ निःस्वार्थ भावले समाज, राष्ट्र र मानवताको हितमा योगदान पुर्याउँछन्, उनीहरू नै साँचो अर्थमा आदर्श व्यक्तित्वका रूपमा स्थापित हुन्छन् । उनीहरूको स्मरण, आदर्श र नाम पुस्तौंपुस्ता भरि गरिरहिन्छ । त्यसैले, यो उद्धरणले व्यक्तिको महानता उसको सम्पत्ति वा पदमा नभई उदात्त कर्ममा निर्भर हुन्छ भन्ने सन्देश दिन्छ ।यस उद्धरणमा घरभित्रको कलह र विभाजनले बाहिरी शत्रुलाई अवसर दिने कुरा प्रष्ट पारिएको छ । जब परिवार, समाज वा राष्ट्रभित्रै आपसी एकता हुँदैन, आन्तरिक झगडा बढ्छ, त्यही कमजोरीलाई बाहिरी शत्रुले फाइदा उठाउँछ । इतिहासमै पनि देखिन्छ, जहाँ घरझगडा भयो त्यहाँ बाहिरी आक्रमण सजिलै सफल भयो । त्यसैले, आफ्नो देश वा समाजलाई सुरक्षित राख्न सबैभन्दा पहिले आन्तरिक एकता, मेलमिलाप र सहकार्य अनिवार्य हुन्छ भन्ने गहिरो सन्देश यस उद्धरणले दिन्छ ।
- Q.१९. कुनै एक प्रश्नको समीक्षात्मक उत्तर लेख्नुहोस् ।क. तलको जीवनीको अंश पढी सोधिएका प्रश्नको समीक्षात्मक उत्तर लेख्नुहोस् ।देवकोटालाई विभिन्न समयमा देश विदेश घुम्ने अवसर मिल्यो । उनले पाएको त्यो अवसर सिङ्गो नेपाल, नेपाली जनता र नेपाली साहित्यको गौरव वृद्धिको अवसर बन्यो । उनी जहाँ जहाँ पुग्थे, त्यहाँ त्यहाँ ओजस्वी भाषणद्धारा सबैलाई मन्त्रमुग्ध पार्ने क्षमताको प्रयोग पनि उनी गर्थे । यसरी उनले विश्व समुदायमा नेपाली जाति र भाषाको शिर उच्च पारेका थिए ।प्रश्नअ. नेपाली साहित्यलाई विश्व साहित्यसँग पुऱ्याउन देवकोटाले दिएको योगदानको बारेमा समीक्षात्मक उत्तर लेख्नुहोस् ।ख. तलको निबन्धको अंश पढी सोधिएका प्रश्नको समीक्षात्मक उत्तर लेख्नुहोस् ।समग्रमा रोग लाग्नुभन्दा रोग लाग्न नदिनु सर्वोत्तम उपाय हो । रोग लागेपछि मानिसले रोगको प्रकृति अनुसार विभिन्न उपचार पद्धति चयनको विकल्प छँदै छ । आधुनिक चिकित्सा विज्ञानका पर्यायको रुपमा मान्ने गरिएको एलोप्याथिक औषधीको जस्ता पार्श्वप्रभाव नहुने र शरीरबाट रोगलाई पूर्णतः निर्मूलीकरण गरिने आयुवेर्दिक चिकित्सा पद्धतितर्फ मानिसको आकर्षण बढेको छ । आफ्नो शरीरलाई स्वस्थ राख्न शरीरमा रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्न र निरोगी जीवन सुखी जीवनको सपना साकार पार्न आयुर्वेदिक चिकित्साको प्रयोग आजको आवश्यकता र समयको माग बनेको छ ।प्रश्नअ. आजभोलि आयुर्वेदिक चिकित्सा पद्धतिको लोकप्रियता बढ्दै जानुको कारण के होला ? समीक्षात्मक उत्तर लेख्नुहोस् ।A.महाकवि देवकोटा नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने महान् व्यक्तित्व थिए । उनले देश–विदेशमा यात्रा गर्दा केवल आफ्नै व्यक्तिगत गौरव बढाएनन्, बरु सम्पूर्ण नेपाली जाति र साहित्यलाई सम्मान दिलाए । उनले विदेशमा पुग्दा ओजस्वी भाषण गरेर नेपाली भाषा र संस्कृतिलाई चिनाए । उनका साहित्यिक सिर्जनाहरू जस्तै मुना मदन, शकुन्तला, सुलोचना आदि कृतीहरूले नेपाली साहित्यलाई सार्वभौमिक स्तरमा स्थापित गर्यो । देवकोटाले केवल कवितामात्र होइन, निबन्ध, नाटक, समालोचना आदिमा पनि योगदान दिएर साहित्यलाई समृद्ध बनाए । उनको शब्द–शक्ति, विचार–दृष्टि र प्रस्तुतिकरणले नेपाली साहित्यलाई विश्वका साहित्यिक धरोहरसँग जोड्ने पुल निर्माण गर्यो । त्यसैले, देवकोटाको योगदानलाई नेपाली साहित्यको अन्तर्राष्ट्रिय पहिचान निर्माण गर्ने ऐतिहासिक उपलब्धि मानिन्छ ।आजको समयमा आयुर्वेदिक चिकित्सा पद्धतिको लोकप्रियता तीव्र रूपमा बढ्दै गएको छ । यसको प्रमुख कारण आधुनिक औषधि अर्थात् एलोप्याथिक उपचारका विभिन्न दुष्प्रभावहरू हुन् । एलोप्याथिक औषधिले रोगलाई दबाउने भए पनि दीर्घकालीन रूपमा शरीरमा हानी पु¥याउन सक्छ । तर, आयुर्वेदले रोगलाई जरा नैबाट निर्मूल गर्ने र शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउनेमा विश्वास गर्छ । यसमा प्रयोग हुने जडीबुटी, प्राकृतिक औषधि तथा योग–ध्यानको अभ्यासले शरीरलाई दीर्घकालीन रूपमा स्वस्थ राख्छ । साथै, आयुर्वेदिक उपचार सस्तो, सहज र दुष्प्रभावविहीन भएकाले सर्वसाधारणको रोजाइमा पर्न थालेको हो । यसरी, स्वस्थ जीवन, निरोगी शरीर र सस्तो उपचार पद्धतिको कारण आज आयुर्वेदिक चिकित्सा पद्धति लोकप्रिय बन्दै गएको छ ।
- Q.२०. कुनै एक शीर्षकमा कम्तीमा १५० शब्द नघटाई निबन्ध लेख्नुहोस् ।क. योगको शारीरिक र मानसिक महत्वख. बेरोजगारी समस्या र समाधानका उपायहरूग. किताबी ज्ञानको महत्वA.योग मानव जीवनलाई स्वस्थ, निरोगी र सन्तुलित बनाउन सबैभन्दा प्रभावकारी अभ्यास हो । यसको इतिहास हजारौँ वर्ष पुरानो भए पनि आजको वैज्ञानिक युगमा यसको महत्त्व अझ बढ्दो छ । योग शारीरिक व्यायाम मात्र नभई मानसिक शान्ति र आत्मिक उन्नतिको साधन हो । योगका आसनहरूले शरीरलाई लचकदार, चुस्त र तन्दुरुस्त राख्छन् । यसले रक्तसञ्चारलाई सहज बनाइ हृदयलाई बलियो बनाउँछ । विभिन्न योगासनले मधुमेह, उच्च रक्तचाप, पेटसम्बन्धी रोग र मोटोपना जस्ता समस्या नियन्त्रणमा ल्याउँछन् । त्यस्तै, प्राणायाम र ध्यानले मानसिक तनाव, उदासी, असन्तोष घटाइ मनलाई सन्तुलित र शान्त बनाउँछ । विद्यार्थीका लागि योगले पढाइमा एकाग्रता बढाउँछ भने वयस्कका लागि दीर्घायु र निरोगी जीवन दिन्छ । विश्व स्वास्थ्य संगठनले पनि स्वस्थ जीवनका लागि योगलाई सिफारिस गरेको छ । यसरी, योगको शारीरिक र मानसिक महत्त्व असाधारण छ, जसलाई अपनाउँदा जीवन अझ सुखमय र अर्थपूर्ण हुन्छ ।बेरोजगारी आजको समाज र राष्ट्र दुवैका लागि गम्भीर समस्या बनेको छ । बेरोजगारी भन्नाले काम गर्ने क्षमता र इच्छा भए पनि अवसर नपाउने अवस्थालाई जनाउँछ । हाम्रो देश नेपाल जस्तो विकासोन्मुख राष्ट्रमा बेरोजगारीको समस्या अझ गहिरो छ । शिक्षित युवाहरू उच्च डिग्री लिएर पनि कामविहीन हुनुपरेको छ भने अशिक्षित जनशक्तिले दैनिक आम्दानीका लागि विदेशिने बाध्यता भोगिरहेका छन् । बेरोजगारीका कारण गरिबी, अपराध, मस्तिष्क पलायन, वैदेशिक निर्भरता, निराशा र सामाजिक असन्तुलन बढ्दै गएको छ ।यस समस्याको समाधानका लागि सरकारले कृषि, उद्योग र पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखी रोजगारी सिर्जना गर्नुपर्छ । प्राविधिक र व्यावसायिक शिक्षामा जोड दिनु जरुरी छ । युवा उद्यमशीलतालाई प्रोत्साहन गर्दै ऋण, सीप प्रशिक्षण र बजार व्यवस्थापन उपलब्ध गराउनुपर्छ । गाउँमै आत्मनिर्भर कार्यक्रम सञ्चालन गर्न सके विदेशिनुपर्ने अवस्था हटाउन सकिन्छ ।यसरी, बेरोजगारी समस्या गम्भीर भए पनि योजनाबद्ध नीति, उद्यमशीलता र आत्मनिर्भरता मार्फत समाधान गर्न सकिन्छ । बेरोजगारी अन्त्य भए मात्र राष्ट्रको समृद्धि सम्भव हुन्छ ।मानव जीवनमा ज्ञान अमूल्य सम्पत्ति हो र ज्ञान प्राप्त गर्ने प्रमुख माध्यम हो पुस्तक । पुस्तकमार्फत आर्जित हुने ज्ञानलाई किताबी ज्ञान भनिन्छ । यो ज्ञानले मानिसलाई शिक्षित, सभ्य र विवेकशील बनाउँछ । विद्यालय, कलेज र विश्वविद्यालयमा पढाइने विषयवस्तु, पाठ्यपुस्तक र साहित्यिक कृतिहरू सबै किताबी ज्ञानका स्रोत हुन् । किताबी ज्ञानले मानिसलाई विज्ञान, कला, साहित्य, संस्कृति, इतिहास, दर्शन जस्ता क्षेत्रका बारेमा जानकारी दिन्छ । यसले समाजमा सचेतना फैलाउने, राष्ट्रलाई प्रगतितर्फ अघि बढाउने र व्यक्तिलाई उज्ज्वल भविष्य निर्माण गर्न सक्षम बनाउने भूमिका खेल्छ । आजको आधुनिक युगमा प्रविधिले धेरै स्रोत उपलब्ध गराए पनि पुस्तकमा आधारित ज्ञान अझै आधारभूत र भरपर्दो मानिन्छ । तर, केवल किताबी ज्ञान मात्र पर्याप्त हुँदैन, यसलाई व्यवहारिक जीवनसँग पनि जोड्नुपर्छ । तथापि, पुस्तकमै रहेको ज्ञानलाई मूल आधार मान्नुपर्छ किनभने पुस्तकबिनाको शिक्षा कल्पना नै गर्न सकिँदैन । त्यसैले, किताबी ज्ञान मानिसको बौद्धिक विकास र सामाजिक उत्थानको मेरुदण्ड हो ।
Practice Without Boundaries.
Premium gives you full access, zero ads, and unlimited custom paper generation. Study your way, every day.