Answers On/OffJS required
Group A
- Q.१. समूह क मा दिइएका शब्दको अर्थ समूह ख बाट पहिचान गरी जोडा मिलाउनुहोस् :
समूह क समूह ख उत्कण्ठा मुहार चित्र श्रद्धा प्रमाण दसी भक्तिभाव पोट्रेट उत्सुकता दासी अलौकिक A.समूह क समूह ख उत्कण्ठा उत्सुकता श्रद्धा भक्तिभाव दसी दासी पोट्रेट मुहार चित्र - Q.२. दिइएको अनुच्छेदबाट उपयुक्त शब्द पहिचान गरी खाली ठाउँ भर्नुहोस्:सफलता असफलता र प्रगतिका सम्बन्धमा आ आफ्नै धारणा हुन सक्छन् । मेरो धारणा के हो भने अकर्मण्य मानिसले जीवनमा प्रगति गर्न सक्दैन । जाँगरीहरूले सानै मौका पाए भने पनि उन्नतिको झिल्को बाल्न सक्छन् । पतन हुने भनेकै अल्छीहरूको हो । अल्छीले आफूमाथि गर्व गर्न सक्दैनन् । अल्छीलाई पराधीन भएर बस्न मन पर्छ । तर आफ्नो क्षमता अभिवृद्धि गर्न मन लाग्दैन । मैले बुझेको यत्ति हो ।क. 'अल्छी' को पर्यायवाची शब्द ....हो ।ख. 'आगो' को लघुतावाची शब्द ....हो ।ग. 'स्वाधीन' को विपरीतार्थी शब्द ....... हो ।घ. 'गर्भ' को श्रुतिसमभिन्नार्थी शब्द ...हो ।A.क. 'अल्छी' को पर्यायवाची शब्द आलसी हो ।ख. 'आगो' को लघुतावाची शब्द झिल्को हो ।ग. 'स्वाधीन' को विपरीतार्थी शब्द पराधीन हो ।घ. 'गर्भ' को श्रुतिसमभिन्नार्थी शब्द गर्व हो ।
- Q.३. अर्थ खुल्ने गरी वाक्यमा प्रयोग गर्नुहोस् :अकबरी सुनलाई कसी लाउन पर्दैन, शल्यक्रियाA.अकबरी सुनलाई कसी लाउन पर्दैन → अकबरी सुनलाई कसी लाउन पर्दैन, त्यसैले सबैले सजिलै चिन्छन् ।शल्यक्रिया → डाक्टरले बिरामीको पेटमा शल्यक्रिया गरेर समस्या समाधान गरे ।
- Q.४. दिइएका शब्द समूहबाट शुद्ध शब्द छानी लेख्नुहोस् :क. असमजस्य, असमन्जस्य, असमञ्जस्य, अजसमञ्जस्य असमञ्जस्यख. वुलबूल, बूलवुल, वुलवुल, बुलबुलA.असमञ्जस्यबुलबुल
- Q.५. दिइएको वाक्यलाई शुद्ध पारी लेख्नुहोस् ।"शुभ कामना, याजी ! आज तिम्रो जन्मदिन । भरे साँझको भान्छा केहि विशेष बनाउँछु । छिट्टै घर आऊ है "A."शुभकामना, याञ्जी ! आज तिम्रो जन्मदिन हो । भोलि साँझको भान्सा केही विशेष बनाउँछु । छिट्टै घर आऊ है ।"
- Q.६. रेखाङ्कित शब्दका शब्दवर्ग छुट्याउनुहोस् :हाम्रो देश नेपालको सुन्दरता विश्वभर फैलिएको छ भन्ने कुरा तिमीलाई थाहा नै होला तर उसलाई चाहिँ थाहा रहेनछ ।A.हाम्रो → सर्वनामसुन्दरता → संज्ञाभन्ने → क्रिया विशेषणतिमी → सर्वनामचाहिँ → अव्यय
- Q.७. तलका दुवै प्रश्नको उत्तर दिनुहोस् :क. दिइएको अनुच्छेद पढी दुईओटा उपसर्ग र दुईओटा प्रत्यय लागी बनेका शब्द पहिचान गरी निर्माण प्रक्रिया देखाउनुहोस् :कामभन्दा प्रचारमा जोड दिने मानिसको बिगबिगी भएको समाजमा उपकार गर्न खोज्ने मानिसमाथि पनि कहिलेकाहीँ आशङ्को उब्जिन सक्छ तर सत्यता, न्याय र सामाजिक उत्तरदायित्व बोध गर्ने स्वाभिमानी र अनुकरणीय व्यक्तित्व पनि समाजमा हुन्छन् भन्ने कुरा बिर्सनु हुँदैन ।ख. दिइएको अनुच्छेदबाट एउटा समस्त शब्द पहिचान गरी विग्रह, एउटा विग्रह पदावली पहिचान गरी समस्त शब्द बनाउनुहोस् र दुईओटा द्वित्व शब्द पहिचान गरी निर्माण प्रक्रिया देखाउनुहोस् :पानबुट्टे सारी लगाएर बजार हिडेकी मनकुमारी दुई बाटोको समूह भएको ठाउँमा पुगेर यता जाऊ कि उता जाऊ भनी अलमलमा परिन् । उनलाई केही गर्गहना र मर्मसला किन्नु थियो । सहरमा भूकम्पले पीडित मानिसका लागि चन्दा उठाइदै थियो । उनले ककसको घर भत्किएको भनेर चासो लिइन् र सकेको चन्दा प्रदान गरिन् ।A.उपसर्ग: उपकार (उप + कार), अनुकरणीय (अनु + करणीय)प्रत्यय: स्वाभिमानी (स्व + अभिमान + ई), सत्यता (सत्य + ता)समस्त शब्द: पानबुट्टे → पानका बुट्टे भएकोविग्रह पदावली: भूकम्पले पीडित मानिस → भूकम्पपीडितद्वित्व शब्द: ककस (क + कस), घरघर (घर + घर)
- Q.८. कोष्ठकमा दिइएका धातु र सङ्केतका सहायताले खाली ठाउँ भर्नुहोस् :क. अचेल मेरो साथी धेरै मेहनती । (हु : अज्ञात भूत)ख. हामी वीरताका कथा (सुन्: अपूर्ण वर्तमान)ग. साथीहरू धान रोप्न ........। (जाः पूर्ण भविष्यत्)घ. हाम्रो गाउँले पनि विकासमा कोल्टे ...... (फेर्ः पूर्ण भूत)A.अचेल मेरो साथी धेरै मेहनती थियो ।हामी वीरताका कथा सुनिरहेका छौँ ।साथीहरू धान रोप्न जानेछन् ।हाम्रो गाउँले पनि विकासमा कोल्टे फेरिसकेको थियो ।
- Q.९. इच्छार्थक क्रियापदको प्रयोग गर्दै आफ्नो एसईई परीक्षाको विषयमा चार वाक्य लेख्नुहोस् ।A.
- म एसईईमा राम्रो अंक ल्याउन चाहन्छु ।
- म प्रश्नपत्र सजिलै हल गर्न सकूँ भन्ने मेरो इच्छा छ ।
- सबै साथीहरू पनि पास हों भन्ने मेरो चाहना छ ।
- अभिभावक र शिक्षकहरू पनि हाम्रो सफलतामा खुशी होऊन् भन्ने चाहन्छु ।
- Q.१०. कोष्ठकमा दिइएका सङ्केतका आधारमा वाक्य परिवर्तन गर्नुहोस् :क. नायकले सिनेमामा राम्रो भूमिका निभाए । (स्त्रीलिङ्ग)ख. हामीले धेरै पढ्नु छ । हामीले समाजका लागि केही गर्नु छ । ( वाक्य संश्लेषण)ग. म आज मज्जाले नाच्छु । (भाववाच्य)घ. बहिनी फुटबल खेल्छे । (प्रेरणार्थक)A.नायिकाले सिनेमामा राम्रो भूमिका निभाइन् ।हामीले धेरै पढेर समाजका लागि केही गर्नुपर्छ ।आज म मज्जाले नाचिन्छु ।बहिनीलाई फुटबल खेलाइयो ।
- Q.११. दिइएको अनुच्छेद पढी उत्तर लेख्नुहोस् :प्राचीन ऋषिमुनिहरूले अनेकौं सभ्यता, संस्कृति, पूर्वीय दर्शन र ज्ञानको ज्योति संसारभर फिंजाए र मेरो देशको शिक्षालाई आलोकित गरे । राजा जनकको दरबारमा याज्ञवल्क्य, गार्गी, मैत्रेयी जस्ता विद्धान् र विदुषीहरूले शास्त्रार्थ गरेर जीवन र जगत्का यथार्थ र रहस्यका पाटा उजागर गरे । ज्ञानको तिर्खाले आकुलव्याकुल भएर घरपरिवार त्यागेका सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गरे । फाल्गुनन्दले किराँत समुदायमा आफ्नो संस्कृतिको उत्थान र जगेर्ना गर्न प्रेरणा दिने अनि समाजमा चेतना र जागरण फैलाउने मुन्धुम जस्तो ग्रन्थ रचना गरे। यसरी मेरो देशको शिक्षाको संवर्धनमा परापूर्व कालदेखि विभिन्न ऋषिमहर्षि र विद्धान्ले विशिष्ट योगदान दिएका छन् । ज्ञानको मूलस्रोतका रुपमा रहेको र श्रुति परम्परामा आधारित अपौरुषेय रचना मानिने चारवेदको शिक्षासमेत मेरो देशको शिक्षाको गौरवमय मुहान हो । वेदमा निहित ज्ञान र शिक्षालाई विभिन्न ऋषिमुनिद्धारा कैयौं उपनिषद् र सयौं ग्रन्थमा व्याख्या गरिएको मेरो देशको शिक्षाले विश्वलाई नै प्रज्वलित पारेको छ ।प्रश्नहरू:अ. अनुच्छेदको पहिलो वाक्यबाट उद्देश्य र विधेय पहिचान गरी लेख्नुहोस् ।आ. ज्ञानको तिर्खाले आकुलव्याकुल भएर घरपरिवार त्यागेका सिद्धार्थ गौतमले वुद्धत्व प्राप्त गरे । यस वाक्यमा कर्म कारक कुन हो ?इ. उनले अठार पुराणको रचना गरे । यस वाक्यलाई अकरणमा बदल्नुहोस् ।ई. राजा जनकको दरबारमा याज्ञवल्क्य, गार्गी, मैत्रेयी जस्ता विद्वान् विदुषीले शास्वार्थ वाक्य विश्लेषण गर्नुहोस् ।A.उद्देश्य (कर्ता): प्राचीन ऋषिमुनिहरूविधेय: अनेकौं सभ्यता, संस्कृति, पूर्वीय दर्शन र ज्ञानको ज्योति संसारभर फिंजाए र मेरो देशको शिक्षालाई आलोकित गरेकर्म कारक = बुद्धत्वअठार पुराणको रचना उनीद्वारा गरिएन ।कर्ता: याज्ञवल्क्य, गार्गी, मैत्रेयी जस्ता विद्वान् विदुषीक्रिया: शास्त्रार्थ गरेकर्म: शास्त्रस्थान कारक: राजा जनकको दरबारमा
- Q.१२. दिइएको गद्यांग पढी सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस् :नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवम् बहुसांस्कृतिक विशेषतायुक्त मुलुक हो । पछिल्लो राष्ट्रिय जनगणना (२०७८) अनुसार १४२ जातजातिको बसोबास रहेको मुलुकमा यी जातजातिद्धारा बोलिने १२४ मातृभाषा र मानिदै आएका दस ओटा धर्म उत्तिकै महत्वपूर्व छन् । यी सम्पूर्ण जातजातिद्धारा पालन गरिदै आएको देशको सांस्कृतिक विविधताको जगेर्ना गर्दै समानता एव सहअस्तित्वका आधारमा विभिन्न जातजाति र समुदायको भाषा, लिपि, संस्कृति, कला र सम्पदाको संरक्षण एवं विकास गर्ने राज्यको संविधानप्रदत्त नीति नै रहेको छ। सनातन हिन्दु धर्मावलम्बीको आधिक्यता रहेको भए पनि नेपालको संविधानले धर्मनिरपेक्ष राष्ट्रका रुपमा सबै धर्म, सम्प्रदाय एवं जातजातिको समान अस्तित्व स्वीकार गरेको छ । यसै अनुरुप सनातनदेखि चलिआएका आफ्ना धार्मिक तथा सांस्कृतिक परम्परालाई सबैसामु परिचित गराउन केही वर्षयता विशेष महत्व दिन थालिएको छ । यस्ता चाडपर्व सीमित स्थान वा क्षेत्रविशेषमा मात्र नमनाएर देशव्यापी मनाउन थाल्नुले एकअर्काको धर्म र संस्कृतिसँग घुलमिल तथा परिचित हुने अवसर सुखद पक्ष हो ।प्रश्नहरू:क. नेपाल कस्तो मुलुक हो ?ख. राज्यको संविधानप्रदत्त नीति कस्तो रहेको छ ?ग. नेपालले कसरी समान अस्तित्वको स्वीकार गरेको छ ?घ. कसरी एकअर्काको धर्म र संस्कृतिसँग घुलमिल तथा परिचित हुने अवसर प्राप्त भएको छ ?ङ. जगेर्ना र धर्मनिरपेक्ष शब्दको अर्थ लेख्नुहोस् ।A.नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त मुलुक हो।राज्यको नीति विविध सांस्कृतिक सम्पदाको संरक्षण, विकास र समानता तथा सहअस्तित्वमा आधारित छ।नेपालको संविधानले धर्मनिरपेक्ष राष्ट्रका रूपमा सबै धर्म, सम्प्रदाय र जातजातिको समान अस्तित्व स्वीकार गरेको छ।पहिले क्षेत्रीय रूपमा मात्र मनाइने चाडपर्वलाई देशव्यापी रूपमा मनाउन थालेपछि एकअर्काको धर्म र संस्कृतिसँग घुलमिल र परिचित हुने अवसर प्राप्त भएको छ।जगेर्ना = संरक्षण, बचाइ राख्ने कामधर्मनिरपेक्ष = कुनै पनि धर्म विशेषमा आधारित नभएको अवस्था
- Q.१३. कुनै एक प्रश्नको उत्तर दिनुहोस् :क. दिइएका बुँदाका आधारमा छोटो कथा तयार पारी शीर्षकसमेत लेख्नुहोस् :एकादेशमा दुई टाउका भएका भारुण्ड नामधारी एउटा अनौठो चरा हुनु....... दुवै टाउका एउटै शरीरमा मिलेर बस्तु........ सँगै खानु, हिँडनु एक दिन चारो खोज्न जाँदा एउटा टाउकाले अति राम्रो र स्वादिलो फल भेट्नु.. फल धेरै मिठो भएको हुनाले अर्को टाउकोलाई नदिई एक्लै खान थाल्नु. अर्को टाउकाले किन मलाई नदिई खाएको भनी गुनासो गर्नु....... हेर साथी ! तिमीले खाए पनि मैले खाए पनि आखिरमा एउटै पेटमा जाने त हो नि भनी अर्को टाउकाले लोभ्याई लोभ्याई खानु........ यसले गर्दा दोस्रो टाउकोको सारै चित्त दुख्नु उसले कुनै दिन मौका मिलाएर बदला लिने वा सोच्नु....... अर्को कुनै दिन चारो खोज्न निस्कँदा दोस्रो टाउकाले विष भेट ....उसले विष खान सुरु गर्नु.......अर्को टाउकाले विष नखाऊ भनेर रोक्न खोज्नु....... तिम्रो र मेरो एउटै शरीर भए पनि मिठो खाने बेलामा तिमीले मलाई लोभ्याई लोभ्याई एक्लै खाएकोले मलाई तिमीसित बाँच्ने रहर छैन भन्नु बदलाको भावले प्रेरित भएर उसले फटाफट विष खानु........दुवै चरा मर्नु.............ख. कुलत शीर्षकमा एउटा संवाद तयार पार्नुहोस् ।A.शीर्षक : भारुण्ड पंक्षीको विनाशएउटा अनौठो भारुण्ड नामको दुई टाउके चरा थियो। एउटै शरीर भएकाले सँगै हिँड्थे, खान्थे र रमाउँथे। एक दिन एउटा टाउकाले स्वादिलो फल भेट्यो र अर्को टाउकालाई नदिई एक्लै खान थाल्यो। यसले अर्काे टाउकाको मन दुख्यो। बदला लिने सोच राख्दै अर्को टाउकाले विष खायो। एउटै शरीर भएकाले दुवै मरे। यसरी लोभ र स्वार्थले विनाश ल्याउँछ भन्ने शिक्षा दिन्छ।अर्जुन : सागर, तिमीलाई केही दिनदेखि अलि उदास देख्दैछु, के भयो?सागर : के बताउँ, साथी! म खराब साथमा परेँ। साथीहरूले चुरोट खान थालेपछि म पनि शुरु गरेँ।अर्जुन : अँ… यो त ठूलो कुलत हो। स्वास्थ्यका लागि त ठ्याक्कै विष नै हो।सागर : सुरुमा रमाइलो लाग्थ्यो, तर अहिले बानी परेपछि छोड्नै गाह्रो भएको छ।अर्जुन : कुलत कहिल्यै फाइदाजनक हुँदैन। यसले तिम्रो स्वास्थ्य, पढाइ र भविष्य सबै नष्ट गर्न सक्छ।सागर : हो, म पनि महसुस गरिरहेको छु। तर छाड्ने तरिका भेट्दिनँ।अर्जुन : आत्मबल जुटाऊ। परिवारसँग कुरा गर, पढाइमा ध्यान देऊ, खेलकुदमा समय खर्च गर। कुलत छोड्न सके जीवन फेरि रमाइलो हुन्छ।सागर : तिम्रो सुझाव पक्कै मान्छु। म आजैदेखि प्रयास सुरु गर्छु।अर्जुन : यसो गर्दा तिमी मात्र होइन, अरूलाई पनि प्रेरणा मिल्छ।
- Q.१४. कुनै एक प्रश्नको उत्तर दिनुहोस् :क. विद्यालय तहका अनिवार्य विषयका पाठ्यपुस्तक उपलब्ध गराइदिन अनुरोध गर्दै मित्र बुक्स एन्ड इस्टेस्नरी सेन्टर भक्तपुरका तर्फबाट जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमी भक्तपुरलाई लेख्ने पत्रको नमुना तयार पार्नुहोस् ।ख. तपाईंका भाइको व्रतबन्धका उपलक्ष्यमा आफन्त र साथीभाइलाई वितरण गर्नका लागि आवश्यक पर्ने निमन्त्रणापत्रको नमुना तयार पार्नुहोस् ।A.मित्र बुक्स एन्ड स्टेस्नरी सेन्टरभक्तपुरमिति : ………जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमी, भक्तपुरविषय : पाठ्यपुस्तक उपलब्ध गराइदिन अनुरोधमहोदय,हाम्रो पुस्तकालयमा विद्यालय तहका अनिवार्य विषयका पाठ्यपुस्तकहरू अत्यधिक माग भए पनि अभाव भइरहेको छ। यसै कारण विद्यार्थीहरूलाई असुविधा भएको छ। तसर्थ कृपया सम्बन्धित पाठ्यपुस्तकहरू चाँडो भन्दा चाँडो उपलब्ध गराइदिनुहुन हार्दिक अनुरोध गर्दछौं।भवदीयमित्र बुक्स एन्ड स्टेस्नरी सेन्टरभक्तपुरहार्दिक निमन्त्रणप्रिय आत्मीयजनहरू,हाम्रो प्रिय छोरो/भाइ [नाम] को व्रतबन्धको शुभ अवसरमा तपाईंलाई हार्दिक निमन्त्रण गर्दछौं। यस पावन अवसरमा तपाईंको सान्निध्य र आशीर्वादको अपेक्षा गर्दछौं।मिति : 2081 साल असोज १५ गते, सोमबारसमय : बिहान १०:०० बजेस्थान : हाम्रो निवास, [ठेगाना लेख्नुहोस्]तपाईंको उपस्थितिले समारोहलाई अझै मंगलमय र अर्थपूर्ण बनाउनेछ भन्ने विश्वास लिएका छौं।सप्रेम,[तपाईंको नाम/परिवारको नाम]
- Q.१५. दिइएको अनुच्छेदबाट चारओटा बुँदा टिपी एक तृतीयांशमा सारांश लेख्नुहोस् :मानिसले पाउनुपर्ने मानवीय अधिकार नै सबैभन्दा ठूलो कुरा हो । यो अधिकार मान्छेको स्वतन्त्रता र न्यायसँग एउटै सिक्काको दुई पाटा झै गाँसिएर रहेको हुन्छ । समाजका सबै वर्ग र समुदायका मानिसले न्यायको अनुभव गर्नुपर्छ र समान अधिकार पाउनुपर्छ । विश्वेश्वरप्रसाद कोइराला भन्छन्, “राष्ट्र र राष्ट्रियताको मजबुत जग बसाल्न हरेक वर्गका मानिसले अन्यायको अनुभूति गर्ने अवस्था आउनुहुँदैन । यसबाट मानिसका लागि अधिकार नै ठूलो हो भन्ने पुष्टि हुन्छ । नेल्न मन्डेला अधिकार र स्वतन्त्रताका लागि २७ वर्षसम्म कठोर काराबास किन बसे ? अधिकार प्राप्तिका लागि सफलता पैसाले होइन स्वतन्त्रताले मात्र मिल्छ भन्ने नेल्सन मन्डेलाको विचार छ । स्वतन्त्रतालाई आत्माको अक्सिजन मान्ने मोसे डायन होउन् वा मानिसका आवश्यकता पूरा गर्न चाहिने शक्तिलाई अधिकार मान्ने गार्नर होउन् यी सबैका भनाइले मानिसका न्यूनतम आवश्यकता पूरा गर्न अधिकार नै चाहिन्छ भन्ने पुष्टि गर्दछन् ।A.बुँदाहरू :
- मानवीय अधिकार सबैभन्दा ठूलो कुरा हो।
- अधिकार स्वतन्त्रता र न्यायसँग गाँसिएको हुन्छ।
- अधिकार प्राप्तिका लागि नेल्सन मण्डेला जस्ता नेताले ठूलो त्याग गरेका छन्।
- स्वतन्त्रता र अधिकार मानिसका न्यूनतम आवश्यकता पूरा गर्न आवश्यक हुन्छ।
सारांश (१/३):मानव जीवनमा सबैभन्दा महत्वपूर्ण कुरा मानवीय अधिकार हो। यो स्वतन्त्रता र न्यायसँग गहिरो सम्बन्ध राख्छ। हरेक वर्गले समान अधिकार पाउनुपर्छ भन्ने विचारले नेल्सन मण्डेला जस्ता नेताले अधिकार प्राप्तिका लागि ठूलो त्याग गरेका छन्। अधिकार र स्वतन्त्रता नै मानिसको न्यूनतम आवश्यकता पूरा गर्ने आधार हो भन्ने तथ्य पुष्टि हुन्छ। - Q.१६. कुनै दुई प्रश्नको उत्तर दिनुहोस्ःक. दिइएको कथांश पढी सोधिएका प्रश्नको छोटो उत्तर दिनुहोस् :कृष्ण राय धेरै झगडामा मध्यस्थकर्ता भएका थिए । यो बडो गर्वको कुरा हो, गाउँले तिनीमाथि नै विश्वास गरी तिनलाई झगडामा मध्यस्थकर्ता तुल्याउँथे । यसैले पनि तिनको गाउँमा धेरै सम्मान थियो । तर निश्चय नै यो कामले तिनलाई धेरैको मन नपरेको बनायो होला । एक दिनको घटना उदाहरणस्वरुप तिनको सामुन्ने आउन थाल्यो । गोविन्द पण्डित त गोरे जमदारको खेतको झगडा धेरै दिनदेखि चलिआएको थियो, तर त्यस दिनको जस्तो कुटामारी कहिल्यै भएको थिएन । कृष्ण राय सदाको जस्तै मध्यस्थकर्ता भए र बानीले प्रेरित भए झै ती झगडियालाई झगडाको दुष्यपरिणाम बुझाउनउ थाले । हेर गोविन्द पष्ति, हेर गोरे जमदार, झगडा गरेर के लाभ, आपसमा मिल खाऊ र ईश्वरको भजन गर । यति उपदेशमै तिनीहरू झगडा गर्न छोड्ने भए तिनीहरू कहिल्यै पनि झगडा गर्ने थिएनन् । तिनीहरू मिल्न मानेनन् र बिचरा मध्यस्थकर्तालाई कर लागेर गोरे जमदारको पक्षमा न्याय दिनुपर्यो । यस झगडामा मध्यस्थकर्ता भएर तिनले निश्चय नै गोविन्द पण्डितलाई आफ्नो शत्रु बनाए होलान् । फेरि एउटा मास्टर र कैयाँको झगडामा न्याय कैयाँको पक्षमा हुँदा मास्टरले रिसाएर भनेको थियो, “हेर्नुहोस् कृष्ण रायजी, फैसलालाई त म आफ्नो शिरमा राख्छु तर कैयाँ कैंयाँ नै हुन् काम लाग्ने छैनन्।” एउटा झगडामा सबभन्दा निर्दोष काम हो, त्यो झगडाको मध्यस्थकर्ता हुनु तर कुनै पनि मध्यस्थ दुवै पक्षको समर्थक हुन सक्दैन । मध्यस्थकर्ताले एउटा न एउटताको शत्रु हुनैपर्छ, कृष्ण्ण रायले बिउँझे झै यो ज्ञान आर्जन गरे ।प्रश्नहरू :अ. खेतको विषयलाई लिएर को - को बिच झगडा परेको थियो ?आ. कृष्ण रायले गोविन्द पण्डितमाथि किन शङ्का गरे ?इ. कृष्ण रायले गर्व गर्ने कुरा के थियो ?ई. मध्यस्थकर्ता दुवै पक्षको समर्थक हुन सक्दैन । भन्नुको तात्पर्य के हो ?ख. दिएको जीवनीको अंश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :चिकित्साका निरोधात्मक, प्रवर्धनात्मक र उपचारात्मक पद्धति छन् । रोग नियन्त्रणका लागि रोग लाग्नुपूर्व नै प्रदान गरिने पोषण कार्यक्रम, स्वास्थ्य शिक्षा, वातावरणीय सरसफाइ कार्यक्रम जस्ता सेवा प्रवर्धनात्मक स्वास्थ्य सेवा हुन् । रोग लागेपछि निको पार्नका लागि प्रदान गरिने स्वास्थ्य सेवालाई उपाचारात्मक स्वास्थ्य सेवा भनिन्छ । उपचारात्मक स्वास्थ्य सेवाका पनि आधुनिक चिकित्सा विज्ञान र आयुर्वेद चिकित्सा पद्धतिबाहेकका होमियोप्याथी, प्राकृतिक चिकित्सा, योग चिकित्सा, मनोचिकित्सा, अकुप्रेसर, युनानी चिकित्सा जस्ता अनकौं उपचार पद्धति पनि रहेको छन् । तीमध्ये एलोप्याथिक, आयुर्वेदिक, होमियोप्याथिक र युनानी गरी चार चिकित्सा पद्धति प्रचलित छन् । युनानी चिकित्सा पद्धति अरबमा प्रचलित प्राचिकन चिकित्सा पद्धति हो । अरब मूलका मानिस र इरानीद्धारा ११ औं शताब्दीतिर यो पद्धति भारतमा प्रचलनमा ल्याइएको थियो । भारतमा ब्रिटिस शासनका समयमा एलोप्याथिक प्रणाली सुरु भएपछि युनानी प्रणालीको औषधीय शिक्षा, अनुसन्धान र अभ्यास प्रक्रियामा कमी आयो । होमियोप्याथिक शब्दको अर्थ सदृश रोग चिकित्सा भन्ने बुझिन्छ । यसअनुसार औषधीय पदार्थ एउटा स्वस्थ मानिसमा प्रयोग गर्नाले जुन प्रकारको रोगको लक्षण उत्पन्न हुन्छ त्यस्तै प्रकारका लक्षण भएका रोगीलाई त्यही औषधी सेवन गराउनाले आरोग्य प्रदान गर्छ भन्ने मान्यता छ । यो सिद्धान्त समानताले समानताको उपचार को मान्यतामा आधारित छ ।प्रश्नहरूअ. निबन्धांशमा चिकित्सा विज्ञानका कुन कुन शाखाको चर्चा गरिएको छ ?आ. प्रवर्धनात्मक उपचार पद्धति कस्तो हुन्छ ?इ. उपचारात्मक स्वास्थ्य सेवामा कुन कुन पद्धति पर्छन् ?ई. तपाईंलाई कुन उपचार पद्धति मन पर्छ, किन ?ग. दिइएको गद्यांश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :मानव वेदनाको जीवन्त चित्रण भएका कला सिर्जनामा पिकासोले आफ्नो सम्पूर्ण जीवन समर्पण गरे । उनले कलामार्फत बन्दुक भन्दा कलम र कुची बलियो हुन्छ भन्ने दसी प्रस्तुत गरे र कलामार्फत युद्धलाई खरो रुपमा व्यङ्ग्य गरे । त्यसैले त नाजीहरूले पिकासोलाई जर्मनीमा चित्र प्रदर्शन गर्न दिएनन् । उनले भिखारीका, जेलमा थुनिएका, दुःख पाएका, हेपिएका र सीमान्तीकृत मान्छेका साथै गम्भीर मानसिक समस्या भएका व्यक्तिका चित्रसमेत बनाए । उनले महिलाका मार्मिक र प्रेमिल चित्र पनि बनाए । उनी केबल मान्छेको हृदयमा करुणा, दया, माया, स्नेह, आक्रोशका भाव सलबलाउँथे र हेर्दाहेर्दै ती चित्रमा नै हराउँथे । उनका कलामा त्यस्तो जादु भएर नै उनका कला आजसम्म पनि अनमोल भएका छन् र संसारका सबैभन्दा महँगा चित्रका रुपमा उत्तिकै बेजोड छन् । आज पिकासोको कलाकृति संसारभरिका विख्यात कला सङ्ग्रहालयमा फेला पार्न सकिन्छ । सानो छँदा आमाले भनेको कुरा सम्झदै एकपटक पिकासोले भनेका छन, मेरी आमाले भन्नुभएको थियो “यदि तिमी सिपाही बन्यौ भने जनरल हुने छौ, धर्मगुरु बन्यौ भने पोप हुने छौं तर म आमाले भन्नुभएका मान्छेजत्तिकै लगनशील भए र पिकासो बनें । उनले भने झै हरेक बालबालिकामा विशिष्ट सिर्जना शक्ति र प्रतिभा हुन्छ, उचित अवसर र लगनशील भएका जीवनलाई सार्थक बनाएर संसारलाई चहकिलो ज्योति छर्न सक्छ ।प्रश्नहरूअ. पिकासोले आफ्नो सम्पूर्ण जीवन केमा समर्पण गरे ?आ. किन नाजीहरूले पिकासोलाई जर्मनीमा चित्र प्रदर्शनी गर्न दिएनन् ?इ. पिकासोका चित्र हेर्ने मानिसका हृदयमा कस्ता भाव सलबलाउँथे ?ई. कसरी पिकासो महान कलाकार बन्न पुगे ?A.खेतको विषयलाई लिएर गोविन्द पण्डित र गोरे जमदारबीच झगडा परेको थियो।गोविन्द पण्डितमाथि कृष्ण रायले शङ्का गरे किनभने उनले न्याय गोरे जमदारको पक्षमा दिनुपरेको थियो।कृष्ण रायले गर्व गर्ने कुरा भनेको गाउँलेले आफूलाई झगडामा मध्यस्थकर्ताको रूपमा विश्वास गर्नु थियो।मध्यस्थकर्ता दुवै पक्षको समर्थक हुन सक्दैन भन्नुको तात्पर्य भनेको उसलाई एकातिरको पक्ष लिनै पर्छ, जसले गर्दा अर्को पक्ष असन्तुष्ट भएर शत्रु बन्ने सम्भावना हुन्छ।निबन्धांशमा चिकित्सा विज्ञानका निरोधात्मक, प्रवर्धनात्मक र उपचारात्मक शाखाको चर्चा गरिएको छ।प्रवर्धनात्मक उपचार पद्धति भनेको रोग लाग्न नदिन अग्रिम रूपमा गरिने पोषण कार्यक्रम, स्वास्थ्य शिक्षा, सरसफाइ जस्ता उपायहरू हुन्।उपचारात्मक स्वास्थ्य सेवामा एलोप्याथी, आयुर्वेद, होमियोप्याथी, युनानी, प्राकृतिक चिकित्सा, योग, मनोचिकित्सा, अकुप्रेसर जस्ता पद्धति पर्छन्।मलाई आयुर्वेदिक उपचार पद्धति मन पर्छ किनभने यसले प्राकृतिक जडीबुटी प्रयोग गरेर उपचार गर्छ र शरीरलाई दीर्घकालीन रूपमा स्वस्थ राख्न सहयोग पुर्याउँछ।पिकासोले आफ्नो सम्पूर्ण जीवन कला सिर्जनामा समर्पण गरे।नाजीहरूले पिकासोलाई चित्र प्रदर्शनी गर्न दिएनन् किनभने उनले युद्धलाई व्यङ्ग्य गर्ने चित्र बनाएका थिए।पिकासोका चित्र हेर्ने मानिसका हृदयमा करुणा, दया, माया, स्नेह र आक्रोशका भाव सलबलाउँथे।पिकासो लगनशील, सिर्जनशील र कला प्रती समर्पित भएकाले उनी महान कलाकार बन्न पुगे।
- Q.१७. दिइएको प्रश्नको तार्किक उत्तर लेख्नुहोस् :के अरुलाई झुलाएर, पर्खाएर आफू ठूलो पल्टिनु ठिक हो त ? 'पख्नोस्' शीर्षकको निबन्धका आधारमा उचित तर्कसहित पुष्टि गर्नुहोस् ।A.अरुलाई पर्खाएर वा झुलाएर आफू ठूलो देखिनु कहिल्यै उचित हुँदैन। यसले आफ्नो व्यक्तिगत स्तर र इज्जत बढाउँदैन, बरु अरूको दृष्टिमा अनादर बढ्छ। समय सबैका लागि महत्त्वपूर्ण हुन्छ। कसैलाई अनावश्यक पर्खाएर वा झुकाएर राख्नु आत्मकेन्द्रितता र अहंकारको चिन्ह हो। निबन्ध ‘पख्नोस्’ ले देखाएझैँ, अरूलाई पर्खाउन लगाएर ठूला देखिन खोज्ने मानिस वास्तवमै साना हुन्छन्। समयको मूल्य बुझ्ने, सबैलाई बराबरी सम्मान गर्ने र अर्काको असुविधा नहुने गरी व्यवहार गर्ने मानिस मात्र सच्चा ठूलो व्यक्तित्व हुन्। त्यसैले अरूलाई पर्खाएर वा झुलाएर आफूलाई ठूलो देखाउने प्रवृत्ति गलत र निन्दनीय हो।
- Q.१८. कुनै एक उद्धरणको व्याख्या गर्नुहोस् :क. ईर्ष्याद्धेष हटाएर जो छर्छन् प्रेम सौरभ तिनै मान्छेहरू बन्छन विश्वका निम्ति गौरव ।ख. जीवनमा सानो घटनाले पनि अथाह खुसी दिन सक्दो रहेछ ।A.यो पंक्तिले देखाउँछ कि मान्छेको जीवनमा ईर्ष्या, द्वेष, रिस र घृणा छोडेर प्रेम, सद्भाव र सहयोगको भावना फैलाउने व्यक्तिहरू नै समाज र राष्ट्रका लागि गौरव बन्छन्। प्रेमले एकता ल्याउँछ भने द्वेषले टुटाउँछ। प्रेम छर्ने मान्छे समाजमा आदरणीय हुन्छन् र उनीहरूकै योगदानले विश्व उज्यालो हुन्छ।यो उद्धरणले सन्देश दिन्छ कि जीवनमा सानो देखिने घटना वा कुराले पनि ठूलो खुशी दिन सक्छ। सानो सहयोग, माया, सद्भाव वा सामान्य उपलब्धि पनि जीवनलाई अर्थपूर्ण बनाउन पर्याप्त हुन्छ। त्यसैले ठूलो उपलब्धिको खोजीमा मात्र लाग्ने होइन, सानोतिनो घटनाबाट खुसी लिन सक्ने बानी जीवनलाई समृद्ध बनाउँछ।
- Q.१९. कुनै एक प्रश्नको समीक्षात्मक उत्तर दिनुहोस् :क. दिइएको एकाङ्कीको अंश पढी सोधिएको प्रश्नको समीक्षात्मक उत्तर लेख्नुहोस् ।एक गाँस खानाको निम्ति नोकरी गर्नुपरे आफ्नै घरमा आफ्नै दाजुभाइहरूको गरौंला । जति पसिना बहाउनुपरे पनि आफ्नै घरबारीमा बहाऔंला । एक गेडा मकै भए पनि आफ्नै माटामा उब्जाउँला । यसरी सबैको हेलाहाँसो भएर म त बस्दिनँ यहाँ । साराले आफ्नै देशमा काम पाएका छन, हामीले यसरी विदेशमा लत्येर बस्नुपर्छ र ?प्रश्न:घरको माया एकाङ्कीमा व्यक्त भएको देशभक्तिपूर्ण भावनालाई विवेचना गर्नुहोस् ।ख. दिइएको कथांश पढी सोधिएको प्रश्नको समीक्षात्मक उत्तर लेख्नुहोस् :भाइका कुरा सुनेर मुरलीधरले बर्र आँसु झारे । मुरलीधर रोएको देखेर श्रीधरका जहान, छोराछोरी पनि रुन लागे । एकछिनपछि मुरलीधरले भाइका निधार, छाती, हात, गोडा सबै अङ्ग छामे । उनको शारीरिक गति देखेर मुरलीधरको हृदयमा दुःखको कोलाहल मच्चियो । केही वेरपछि छातीमा भक्कानु पारेर आँसु झार्दै भने, "विसेक हुन्छ बा हरेस नखाऊ ! बाले आफ्नो जीवनमा अनन्य पुण्य गर्नुभएको छ । उहाँको त्यस महान् तपस्याका प्रभावले हाम्रो अनिष्ट कदापि हुने छैन् । बरु अब यहाँका वैद्यको भर गरेर बस्नुभएन । तिमीलाई देशतिर औषधी गराउन लैजान्छु । "प्रश्न:कर्तव्य कथाका पात्र मुरलीधरको चरित्रले मानवीय पक्षको कस्तो चित्र प्रस्तुत गरेको छ ? विवेचना गर्नुहोस् ।A.‘घरको माया’ एकाङ्कीले आफ्नो देशप्रति प्रेम, माया र लगाव व्यक्त गरेको छ। पात्रले विदेशमा गएर अपमानित भएर बस्नुभन्दा आफ्नै देशमा श्रम गरेर बस्नु बढी गौरवमय हुने विचार प्रस्तुत गर्छन्। आफ्नै खेतबारीमा पसिना बगाएर जीवनयापन गर्नु आत्मसम्मानको कुरा हो भन्ने भाव यसमा छ। यसले देशभक्ति र श्रमको सम्मानलाई उच्च स्थान दिएको छ। विदेशमा परनिर्भर भएर बस्नुभन्दा स्वदेशमा सानो काम गरेर भए पनि आत्मगौरवका साथ बस्नु जीवनको असली सफलता हो भन्ने गहिरो सन्देश एकाङ्कीले दिन्छ।मुरलीधर भावुक, परिवारप्रेमी र कर्तव्यनिष्ठ पात्रका रूपमा प्रस्तुत हुन्छन्। भाइको पीडामा उनले आँसु झारेका छन्, जसले उनको मानवीय संवेदनशीलता प्रकट गर्छ। उनले रोगीलाई विदेशमा होइन, आफ्नै देशमा उपचार गर्न लैजाने विचार राखे, जसले देशप्रेम र व्यवहारिकता देखाउँछ। मुरलीधर पात्रले दुःखमा पनि धैर्य र कर्तव्य पूरा गर्ने दृढ निश्चय गरेको देखिन्छ। यसले मान्छेमा हुनु पर्ने दया, करुणा र जिम्मेवारीको गुणलाई उजागर गरेको छ।
- Q.२०. कुनै एक शीर्षकमा कम्तीमा १५० शब्दसम्मको निबन्ध लेख्नुहोस् :क. देशप्रति मेरो जिम्मेवारीख. कृषिको विकास : समृद्धिको आधारग. सामाजिक सञ्जालको सदुपयोगA.देश हाम्रा लागि आमा समान हुन्छ। जसरी आमा हामीलाई जन्म दिन्छिन् र हुर्काउँछिन्, त्यसरी नै देशले हामीलाई जीवनयापनका लागि वातावरण, पहिचान र अवसर दिन्छ। त्यसैले हरेक नागरिकको कर्तव्य हुन्छ कि देशप्रति जिम्मेवारीपूर्वक आचरण गर्ने।मेरो जिम्मेवारी भनेको सर्वप्रथम राष्ट्रप्रति इमानदार हुनु हो। इमानदार नागरिकले कर तिर्छ, नियम पालना गर्छ र सामाजिक सद्भाव कायम गर्छ। शिक्षा हासिल गरेर राष्ट्रलाई आवश्यक सीप र ज्ञानमा योगदान दिनु पनि मेरो कर्तव्य हो। स्वदेशमै बसेर उत्पादनशील काम गर्नु, बेरोजगारी घटाउनु, भ्रष्टाचार र अन्यायको विरोध गर्नु पनि ठूलो जिम्मेवारी हो।देशलाई माया गर्नु भनेको केवल नारा लगाउनु मात्र होइन, व्यवहारमा देखाउनु हो। सडकमा फोहोर नफ्याँक्नु, वातावरण संरक्षण गर्नु, आफ्नै संस्कृतिको सम्मान गर्नु र राष्ट्रहितलाई पहिलो प्राथमिकता दिनु नै देशप्रेम हो।त्यसैले, मेरो देशप्रति जिम्मेवारी भनेको आफ्नो सीप, श्रम र ज्ञान प्रयोग गरेर राष्ट्रलाई समृद्ध बनाउन योगदान गर्नु हो। जब हरेक नागरिकले आफ्नो जिम्मेवारी पूरा गर्छ, तब मात्र हाम्रो देश सचमुच समृद्ध र गौरवमय बन्न सक्छ।कृषि कुनै देशको अर्थतन्त्रको मूल आधार हो। हाम्रो देशमा अधिकांश मानिस कृषि पेशामा संलग्न छन्। कृषिको विकासले मात्र गाउँघर समृद्ध हुन्छ र राष्ट्र आर्थिक रूपमा बलियो बन्छ। आधुनिक प्रविधि, उन्नत बीउ, सिंचाइ प्रणाली, मल–पोषण र कृषि शिक्षा जस्ता उपायले कृषकलाई उत्पादन बढाउन सहयोग गर्छ।यदि कृषकले सही तरिकाले खेती गर्छन् भने अन्न, फलफूल, तरकारी र दुग्धजन्य उत्पादन पर्याप्त हुन्छ। यसले न केवल किसानलाई आम्दानी दिन्छ, तर देशमा खाद्य सुरक्षालाई पनि सुनिश्चित गर्छ। कृषि उद्योगसँग जोडिएका रोजगार, प्रक्रिया उद्योग र निर्यातका अवसरले पनि राष्ट्रलाई समृद्ध बनाउँछन्।सरकारको भूमिका पनि महत्वपूर्ण छ। कृषकलाई आवश्यक सहयोग, ऋण, प्रशिक्षण र बजार उपलब्ध गराउनु कृषिको विकासमा योगदान पुर्याउँछ। त्यसैले कृषिको विकासलाई राष्ट्रको समृद्धिको आधार मान्दै हरेक नागरिकले यसको महत्व बुझ्नुपर्छ र कृषकसँग सहकार्य गर्नुपर्छ।सामाजिक सञ्जाल आजको जीवनमा अत्यन्तै प्रभावशाली माध्यम बनेको छ। फेसबुक, ट्वीटर, इन्स्टाग्राम जस्ता प्लेटफर्मले जानकारी आदान–प्रदान, शिक्षा, समाचार र मनोरञ्जन सजिलै उपलब्ध गराउँछन्। सही प्रयोग गर्दा सामाजिक सञ्जालले ज्ञान, नयाँ सीप र जनचेतना फैलाउन सहयोग पुर्याउँछ।तर यसको दुरुपयोगले नकारात्मक प्रभाव पनि पार्न सक्छ। गलत सूचना, अफवाह, गोपनीयता उल्लङ्घन, समयको ह्रास र मानसिक तनाव जस्ता समस्याहरू देखिन्छन्। त्यसैले हरेक व्यक्तिले सामाजिक सञ्जाललाई जिम्मेवारीपूर्वक र सकारात्मक उद्देश्यका लागि प्रयोग गर्नुपर्छ।सामाजिक सञ्जालमार्फत शिक्षा, स्वास्थ्य, सामाजिक जागरण, प्राकृतिक प्रकोप सूचना र राष्ट्रिय अभियानहरूको प्रचार गर्न सकिन्छ। यस्ता माध्यमलाई सदुपयोग गर्दा समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ। अन्ततः, सामाजिक सञ्जालको सदुपयोगले व्यक्तिको ज्ञान, क्षमता र सामाजिक उत्तरदायित्वमा वृद्धि गर्छ।
Practice Without Boundaries.
Premium gives you full access, zero ads, and unlimited custom paper generation. Study your way, every day.